सन १८०० को दशकमा दुइजना समकालीन व्यक्तिहरू न्यूयोर्क शहरमा बसेका थिए। ती दुईमा एकजनाले परमेश्वरमा विश्वास गर्न इन्कार गर्छ आफू खुशी जीवन जिउँन थाल्छ। उनले छाडा यौन जीवनलाई अंगाले। उनले कुनै नीति र नियम विनाको जीवन जिए। तर दोस्रोले अनुसासित तथा नमूनाको जीवन जिउँन छाने। त्यो व्यक्ति एउटा पास्टर बने। उनले आफ्नो जीवनकालमा कयौ पुस्तकहरू लेखे र धेरै मानिसहरूलाई सुसमाचार प्रचार गरे। ती दुईजनाको मुल्य र मान्यताको कारण उनीहरूका सन्ततिहरूमा धेरै ठूलो फरक पार्यो।
“पहिलो व्यक्तिको सन्ततिहरू बढेर १०२६ पुग्यो, तीमध्ये ३०० जना दोषीहरू निस्के। २७ जना हत्याराहरू निस्के। ५९० जना लागु ‌औषत तथा मध्यपानको कुलतमा फसे। सन १९५० सम्ममा उनको सन्ततिलाई सम्हाल्न न्यूयोर्क शहरलाई १२ लाख डलर खर्च लागेको थियो।
ठीक त्यसको विपरित दोस्रो व्यक्तिको ९२९ जना सन्तति निस्के, जसमा ४०० जना सेवकहरू निस्के। ३०० जनाले विश्य युद्धमा लामोसमय योगदान पुराए। ७५ जना लेखकहरू निस्के। ८६ जना कलेजमा पढाउने प्राध्यापकहरू निस्के। १३ जना कलेजका प्रभुखहरू निस्के। ७ जना अधिकृतहरू निस्के। १ जना अमेरिकाको उप राष्ट्रपति समेत बने।
पहिलो व्यक्तिले परमेश्वरलाई इन्कार गरे। दोस्रो व्यक्तिले परमेश्वरको बाटो पछाएँ। त्यो व्यक्तिको नाम जोनाथान एडवर्ड हो। उनले आफ्नो जीवनमा र उनको भावी पीडीको जीवनमा सही मुल्य र मान्यता छोडे।”
तपाईले आफ्नो जीवनलाई फर्केर हेर्दा, तपाईले कस्तो पैतृक अथवा मातृ योगदान छोड्दै हुनुहुन्छ? भवीस्यमा गएर इतिहासकारले तपाईको विषयमा इतिहास लेखेको खण्डमा, तपाई आफ्ना सन्ततिकोलागि आशिषकोलागि सही नेतृत्व दिने व्यक्तिको रुपमा भेटिन्छ कि भेटिन्न होला? तपाईले आफ्नो भावी सन्ततीकोलागि के छोड्दै हुनुहुन्छ?
जब कुनै पनि कानूनको उलंघन गरिन्छ त्यहाँ सजाय पनि हुन्छ। मानिसको कानून उलङ्घन गरे मानिसले तोकेको सजाय भोग्नुपर्छ त्यसरी नै परमेश्वरको व्यवस्थाको उलंघन गर्नेहरूले परमेश्वरको सजाय भोग्नुपर्छ। उहाँबाट कोही भाग्न सक्दैन। पछि गएर त्यसले एकदमै ठूलो मुल्य चुकाउनु पर्ने हुन्छ। संसारमा कयौ मानिसहरूले सबै धर्म एउटै हो। पुग्ने ठाउँ एउटै हो भनी आफैलाई अन्धो बनाएर बसेका छन्। दुःखको कुरा कतिपटक चर्चमा आउनेहरूले पनि नाम ख्रीष्टयनको लिएका छन्। अनि भावी पिडीलाई आशिष होइन श्राप छोडिरहेका छन्। आज तपाईले कस्तो निर्णय लिनुभएको छ? तपाईले कस्तो संकल्प लिनुभएको छ? बाइबलले भन्छ, “तिनीहरूलाई छोडिदेओ, ती अन्‍धा अगुवाहरू हुन्‌। अन्‍धाले अन्‍धालाई डोर्‍यायो भने, ती दुवै खाल्‍डोमा पर्नेछन्‌।” मत्ती १५:१४। तपाईले कसलाई पछ्याइ राख्नुभएको छ र के छाप छोडी रहनु भएको छ? कतै तपाई अन्धा अगुवा त बन्नुभएको छैन?
-By Jason Frenn अनुवाद तथा सम्सोधनः एन डी लामा

Leave a Reply