पास्टरहरूकोलागि १० वटा ठूला ज्ञानका शब्दहरू

प्रिय पास्टरहरू,

म पनि तपाईहरूमध्ये एक हुँ। मैले ३९ वर्षसम्म स्थानिय मण्डलीमा सेवा गर्दै आएको छु र विगत २९ वर्षदेखि एउटै चर्चमा सेवा गर्दै आएको छु। जवान अवस्थामा नै सेवामा लागेको भएतापनि परमेश्वरले मलाई सबै समय सुरक्षित राख्नुभयो।

विगत केही हप्तादेखि मैले महसुस गर्दै आएको छु कि तपाईहरूलाई एउटा पत्र लेख्नुपर्छ। फलस्वरूम आज म यो पत्र तपाईहरूकोलागि लेख्दै छु। यी कुराहरू स्थानिय मण्डलीका पास्टर तथा अगुवाको जीवन तथा उनीहरूको सेवा कार्यसँग सम्बन्धित छन्। कृपया यी कुराहरूलाई ध्यानमा राख्नुहोस् र यी कुराहरूलाई परमेश्वरको चरणमा अर्पण गर्नुहोस्, र उहाँको इच्छा अनुसार तपाईको मण्डलीमा आवश्यक भएअनुसार व्यवहारमा उतार्नुहोस्।

पहिलो कुरो, तपाईको हरेक दिन येशूबाट सुरू गर्नुहोस्। सबेरै उठ्नुहोस् र आफ्नो दिन परमेश्वरबाट सुरू गर्नुहोस्। यदि सबेरै उठ्न सक्नुभएन भने पनि तपाईको दिन कमसेकम परमेश्वरबाट सुरुवात गर्नुहोस्। हो, जे पहिलो हो, त्यसलाई पहिलो स्थान दिनुहोस्। यदि हामीले हाम्रो दिन येशूबाट सुरू गर्दैनौ भने हामीले उहाँका मानिसहरूलाई डोर्याउने अवसरलाई सदुपयोग गर्नकोसट्टा दुरूपयोग गर्न पुग्दछौ। कृपया आफ्नो दिन परमेश्वरबाट शुरू गर्नुहोस्। यदि त्यसो गर्नुभएन भने तपाई जीवनदेखि हार्नुहुन्छ र सेवा कार्य तपाईकोलागि मामुली कुरा बन्नेछ।

दोस्रो कुरो, परमेश्वरको शक्तिमा तपाईको विश्वासलाई नवीकरण गर्नुहोस्। परमेश्वर सर्वशक्तिमान हुनुहुन्छ। उहाँले जोसँग पनि जुनसुकै कुरा, जुनसुकै सयममा, जहापनि गर्न सक्नुहुन्छ। महान काम उहाँले तपाईद्वारा, तपाईको चर्चद्वारा पनि गर्न सक्नुहुन्छ। परमेश्वरले के गर्न सक्नुहुन्छ र के गर्न सक्नुहुन्न भनी उहाँको कार्यलाई दुइभागमा विभाजन गर्न इन्कार गर्नुहोस्। वरू उहाँले तपाईसँग र तपाईद्वारा के गर्न चाहँनुहुन्छ सो स्वीकार गर्नुहोस्। तपाईको चर्चमा परमेश्वरको शक्ति प्रचार गर्न थाल्नुहोस्। तपाईका मानिसहरूले पनि यही कुरालाई फेरी विश्वास गर्नु आवश्यक हुन्छ।

तेस्रो कुरो, तपाईको चर्चको आराधानामा प्रार्थनालाई फेरी ताजा बनाउनुहोस्। स्वर्गमा बस्नुहुने सर्वशक्तिमान परमेश्वर उहाँका मानिसहरूको वीचमा सर्वशक्तिमान तरिकाले प्रस्तुत हुन दिनुहोस्। “मलाई आशिष दिनुहोस्” भन्ने मानसिकताभन्दा माथि उठ्नुहोस्।  तपाईले दृढतापूर्वक निश्चितयताकासाथ प्रार्थना गरेको तपाईका विश्वासीहरूले देख्नुपर्छ। तपाईका मानिसहरूलाई सँगै प्रार्थनामा लाग्न अनुरोध गर्नुहोस्। कतिपटक नम्रताकासाथ आफ्नो घुडामा खडा भएर प्रार्थना गर्न अनुरोध गर्नुहोस्। अमेरिकामा र विश्वमा फेरि जागृतिकोलागि प्रार्थना गर्नुहोस्। परमेश्वरको हरेक महान कामको अघि प्रार्थनाहरू चढाइएका हुन्छन्।

चौथो कुरो, मण्डलीमा फेरी सुसमाचारलाई महत्व दिनुहोस्। हराएकाहरूलाई सुसमाचार पुराउनकोलागि सुसमाचार सुनाउनुहोस् र कसैले ख्रीष्टमा वप्तिस्मा लिएमा उत्सव मनाउनुहोस्। तपाईका समुदायमा सुसमाचार नपुगेका ठाउँहरू  पहिचान गर्नुहोस्। ती ठाउँहरूमा सुसमाचार पुराउने योजना बनाउनुहोस्। आफू बसेको शहर तथा गाउँको अवस्था अध्ययन गर्नुहोस् र ती ठाउँहरू कसरी ख्रीष्टमा जित्ने भनी योजना बनाउनुहोस्। ताकि तपाईले सुसमाचार सुनाउने काममा निरन्तरता दिनुहुनेछ।

पाँचो कुरो, परमेश्वरको काममा आर्थिक रूपमा सहयोग गर्न तपाईका मानिसहरूलाई निरन्तर आवहान गर्नुहोस्। दशौअंश दिने कुरामा तपाई नमूना बन्नुहोस् र अरूलाई पनि दिन सिकाउनुहोस्। दिने कुरमा कुनै लाज शरम नपाल्नुहोस्। मानिसलाई उद्वार चित्तले त्यो भन्दा पनि बढी दिन अनुरोध गर्नुहोस्। सुसमाचार फैलाउन चर्चले जुन तरिकाले दिन्छ सुसमाचार पनि त्यसरी नै फैलदै जानेछ। सुसमाचारलाई विश्वभरी फैलाउन, विश्वभरी रहेका मिशनरी तथा मण्डलीलाई सहायता गर्न उद्वार भएर वलिदानी तरिकाले दिनुहोस् र दिन सिकाउनुहोस्।

छैटौ कुरो, साहसी भएर परमेश्वरको वचनमा खडा हुनुहोस्। आजको संस्कृति परमेश्वरको वचनको विरूद्धमा अघि बढी रहेका छन्। समाजसँग नडराउनुहोस् र सम्झौता पनि नगर्नुहोस्। परमेश्वरको वचनमा साहसी र निडर भएर उभिनुहोस्। यसो गर्दा कतिवटा कुराहरू तपाईको विरूद्धमा उठ्न सक्छ, यसो भएको खण्डमा पनि प्रेमसाथ ती कुराहरूलाई संचार गर्नुहोस्।

सातौ कुरो, संसारमा भएका प्रत्येक व्यक्तिलाई मुल्य दिनुहोस्। प्रत्येक व्यक्तिको जीवनको महत्व र पवित्रताको पक्षमा उभिनुहोस्। जातपात, छुवाछुत तथा कुनै पनि मानव भेतभावलाई इन्कार गर्नुहोस्। कुनै पनि हालतमा गर्भपतनको पक्ष नलिनुहोस्। मानिसको जीवन गर्भधारणदेखि लिएर मृत्यूसम्म नै उतिकै मुल्यवान र पवित्र हुन् भन्ने कुराको पक्षमा उभिनुहोस्।

आठौ कुरो, आलोचनाहरूबाट सिक्नुहोस्। आलोचनाहरू ढिलो या चाडो आउनेछन्। यसमा पक्का भए हुन्छ तर आलोजनाहरू आएमा त्यसमा टिक्ने निर्णय लिनुहोस्। कुनै पनि व्यक्ति तपाई प्रति आलोचक बनेमा तिनी प्रति तितोपन नपाल्नुहोस्। त्यस व्यक्ति प्रति रीसराग बोक्न इन्कार गर्नुहोस्। तपाईको परिधिभन्दा बाहिरको मानिसको प्रेम तथा कुरामा नअल्झिनुहोस्।

नौवौ कुरो, फराकिलो तरिकाले अगुवाइ गर्नुहोस्। आफ्नो पुस्तामामात्र प्रभावकारी भएर नबस्नुहोस्। तपाईभन्दा अघिको पुस्ता र तपाईभन्दा पछिको पुस्तासँग पनि सम्बन्ध विकास गर्नुहोस्। यदि त्यसो गरिएन भने, तपाईको अगुवाइ सिमित बन्नेछन् र तपाईको योगदानहरू पनि क्षणिक बन्नेछ। सबै पुस्तामा लगानी गर्नुहोस्। यसो गर्नु बाइबलीय कुरा हो।

दशौ कुरो, अरू मानिसको अघि नम्र हुनुहोस्। जब तपाई नम्र बन्नुहुन्छ परमेश्वरले तपाईलाई माथि उठाउनुहुनेछ। माथि उठ्ने तरिका आफूलाई नम्र बनाउनु हो। जब तपाईले आफूलाई परमेश्वरको अघि नम्र बनाउनुहुन्छ तब तपाई अरूको अघि पनि नम्र बन्न सक्नुहुनेछ। परमेश्वर घमण्डी तिर होइन तर नम्रहरूतिर खिचिनुहुन्छ। उहाँको अघि नम्र हुनेहरूलाई परमेश्वरले माथि उठाउनुहुनेछ।

आदरणीय पास्टरहरू, येशूको निम्ति जिउनुभएकोमा धेरै धन्यवाद। तपाईको जीवनमा परमेश्वरले जे गर्न बोलाउनुभएको छ सो पूरा गर्नुहोस्। आफ्नो दौडमा लागि रहनुहोस्। यो युद्धमा म पनि तपाईसँगै छु र तपाईकोलागि दिनदिनै प्रार्थना गर्दछु। यो कुरालाई तपाईले सधै सम्झनुहोस्।

Leave a Reply