pooripodकतिपय मानिसहरूले इसाइ मतलाई पैसाको आरोप लगाउँछन्। “गरीबलाई बेचेर” जस्ता लान्छानाहरू लगाउँछन्। के गरीव पनि बेच्ने चीज हो र? के गरीब iPod जस्तै सबैले खोजी खोजी किन्ने रहर लाग्दो बस्तु हो र? गरीबलाई किनेर कहाँ बेच्न जाने? गरीबलाई कसले किन्ला र? वास्तव मै भन्ने हो भने गरीबलाई किन्ने बस्तुसँग दाज्न मिल्दैन। यो विचार आफैमा नीच छ तर पनि मैले माने कि गरीब बेच्ने चीज हो, र गरीवलाई कसैले किन्छ। अब भन्नुहोस्, अब गरीबलाई कहाँ बेच्न जाने? के विकसित मुलुकहरूले  गरीब तथा अशिक्षितहरूलाई किन्छ र? विकसित मुलुकहरूले त, कि पढेलेखेको बुद्धिजीविहरू किन्छन् कि काम गर्ने सक्ने बलीया पाखुरा भएकाहरूलाई किन्छन्। गरीबलाई कसले किन्छ? गरीबलाई वास्ता गरेको त केवल मानवताको नाताले हो। आज पनि हिटलर र चाल्स डार्विन जिउँदै भएको भए गरीबहरूलाई स्वहा पार्थे। तर खुशीको कुरा मानिसले अझै मानवता विर्सेको छैन र ती दुईजना व्यक्तिहरू पनि हाम्रो माझमा छैनन्। त्यसैले नै विकसित मुलुकहरूले गरीब मुलुकहरूलाई हेर्न पनि छोडेका छैनन्। गौरवको गीत मात्र गाएर बसेर हाम्रा सडकहरू बनेका हुन् र? हाम्रा असपतालहरू खोलिएका हुन् र? के तपाईले नेपालका प्रारम्भिक स्कुल, असपताल, सडकहरू कसले बनाएका हुन् भनी अध्ययन गर्नुभएको छ?

गरीबको काँध चढ्नु र गरीबलाई काँध हाल्नु दुइफरक कुरा हुन्। काँध चढ्नु भनेको गरीबको पक्षमा बोलेर आफू सुःखमा पुग्नु अनि काँध हाल्नुभनेको गरीबको दुःखहरू बाँडी चुडी लिनु। के मानवताको हिसावले विकसित मुलुकहरूले आफ्नो जनताको करबाट विकासोन्मुख मुलुकलाई दान दिएको, तपाईलाई किनबेच जस्तो लाग्छ? के हाम्रा वरीपरी भोका नाँगा भएका गरीवहरूलाई बेच्ने साँधन जस्तो लाग्छ? उनीहरूको सहयोग प्रति तपाईमा अलिकति पनि कृतज्ञता उब्जिदैन?  के तपाईलाई, उनीहरूले हाम्रो दुःखहरूमा काँध हालेको जस्तो लाग्दैन? हामीले लिने विभिन्न रोग विरूद्धका खोप र क्यापसुलहरू जुटाउन ती विकसीत देशले अरबौको दान प्रदान गरी रहेका छन् के ती देश र जनतासँग पैसाको बोट भएर सहयोग गरेका हुन् र? के अफ्रिकाको गरीबी तथा एड्स टोनी ब्लेयरलाई काम लाग्ने भएर ती कुराहरू उनमुलनकोलागि आफ्नो पसीना र पैसा खर्च गरेका हुन्? के रूआन्डाको गरीबहरूलाई रिक वारेनले सहायता गरेको उनीहरूको काँध चढ्नलाई हो र? के विकसित मुलुकका चर्चहरूले पाटन असपताल, हरियो खर्क असपताल, आँपपिपल अस्पताल, आनन्दवन अस्पताल, टिम अस्पताल (अरू धेरै) खोलेको गरीबको काँधमा काँध हाल्नलाई होइन र?

गरीबी त हाम्रो साझा समस्या हो। गरीबी समाजको रोग हो। गरीबी समाजको शत्रु हो। यसको उनमुलन हाम्रो उद्देश्य हो। गरीबी नभएकोभए हाम्रो बुवाहरूले आफ्नो भवीस्यको कर्णधारलाई दिइनु पर्ने अमुल्य समय साउदा गरेर अरवी मुलुक र दक्षिण कोरियामा विताउनु पर्दैन थियो। अनि गरीबी उनमुलनमा आज सबैभन्दा बढी सक्रिय भएर उभिएको संस्था चर्च हो। अनि चर्चले पुराएका योगदानलाई किनबेच भनी बुझ्नुहुन्छ?  बलिया पाखुराहरू गुफामा र डाँडाको टुप्पा महल बनाइ तपस्या गरी बस्नुको सट्टा खनजोत गर्नमा, बाटो पुल बनाउनमा लगाए पो गरीबी हट्छ। लिङ्गको पूजा छोडेर आफ्नो सृष्टिकर्तालाई पूजा गरे पो हाम्रो दिमाग सप्रिन्छ। गरीबी उनमुलनमा हामी पछाडि पर्नु एउटा सत्यचाहिँ हाम्रो जस्तो कुन्ठित मानसिकता होइन र? जे पनि पैसासँग दाज्ने। अनि गरीबीले हाम्रो जीवनमा ल्याएका असरहरूलाई बोक्सा र बोक्सीका नामले न्वारण गर्ने? हामी अलि बढी नै मुर्ख भएनौ र?

हजुर, हाम्रो अघि हामीसँग धेरै छनौटहरू छैन कि हामीले आफैलाई मिठो बनाउन सक्छौं, कि तितो। तितो बन्न निहु (नकारात्मक कुरामा मन लगाउनु) खोज्नुपर्छ। मिठो हुन घिऊँ (सकारात्मक कुरामा मन लगाउनु) खोज्नुपर्छ। हामी अब घिऊँ खोज्न तिर लागौँ, निहुँ खोज्न तिर होइन। हाम्रो विगत हाम्रो भवीस्य होइन। हामी विगतका तिक्तताहरूको दास भएर बस्नु पनि पर्दैन। तपाई र ममा भलो विचार पलाओस् र जगतलाई भलो देख्न सकौँ। यहाँहरूको दिन सुभ रहोस्।



  1. बाइबलले भन्छ, “तर ख्रीष्‍टलाई प्रभु मानेर तिम्रो हृदयमा उहाँको श्रद्धा गर। तिमीहरूमा भएका आशाको विषय कसैले सोधपूछ गरे त्‍यसको जवाफ दिन सधैँ तत्‍पर बस, तर त्‍यो काम नम्रता र श्रद्धासाथ गर।” १ पत्रुस ३:१५। यस छोटो लेखको उद्देश्य जवाफ दिनु मात्र नभएर एकले अरूलाई आफ्नो विश्वास जोगाउने कुरामा तालिम दिनलाई पनि हो। यस लेखमा अरूको प्रतिक्रियाहरू यहाँ पढ्न सक्नुहुनेछ। हुन्छ हामी हाम्रो आफ्नो विश्वासको वचावट मूर्ख नबनौँ। सिक्दै रहौँ। यी साइटहरूमा जानलाई माथिको लिङ्क पूरै कपी गर्नुहोस् र तपाईको ब्राउजरको एड्रेस बारमा पेस्ट गर्नुपर्छ। साथै तपाईको व्यक्तिगत सुझाव दिइदिनुहुन पनि अनुरोध गरिन्छ।
    १. http://www.nepalichristians.com/profiles/blogs/ipod#.UfUeuW3lcTI
    २. https://www.facebook.com/notes/nepali-christianss-fan-page/%E0%A4%95%E0%A5%87-%E0%A4%97%E0%A4%B0%E0%A5%80%E0%A4%AC-ipod-%E0%A4%B9%E0%A5%8B-%E0%A4%B0-%E0%A4%B8%E0%A4%AC%E0%A5%88%E0%A4%B2%E0%A5%87-%E0%A4%95%E0%A4%BF%E0%A4%A8%E0%A5%8D%E0%A4%A8%E0%A5%87-/572373286134704
    ३. http://nepalchurch.com/4555/is-poor-ipod/

  2. हिटलर र चाल्स डार्विनले कहिले गरिबलाई मारे कहाँ लेखेको छ गरिबलाई मरेको
    उनीहरुले आफ्नो दुस्मनलाई मारे न कि गरिब बास्तबमा जति सुकै कुरा बंग्याय पनि इसाईहरुले गरिबलाई किने कै हुन् नेपालमा धेरै इसाई बढ्नु को कारण यो पनि हो खान नपाएको एउटा मान्छे लाई खान खान दियो भने त्यो तत्कालै आफ्नो बन्छ हैन भने दुरदराजमा (धदिंगका लेकहरुमा गुम्बा भएको ठाउमा चर्च रखिएको छ) के तिनी हरु बुझेर आए त ?? जसलाई आफ्नो स्वस्थ र आधारभूत कुराको जनाकरि नै छैन त्यस्ताले धार्मिक कुरा बुझे भन्ने कुरा आफैमा हास्यास्पद हो !! यो सब चर्चले दिने आर्थिक प्रलोभनले गर्दा हो !! नेपालमा चर्चहरुले गर्ने डलरको खेति बारे मलाई राम्रो संग थाहा छ !! एक जना इसाई अगुवाले मलाई एक पटक यस्तो गुनासो गर्दै हुनुहुन्थ्यो : “आफु भन्दा अग्रज पास्टर वा मिसनरीहरुले हामीलाई मरेको माछा दिन्छन तर यो माछा कसरि मार्ने भन्ने सिकाउदैनन्” यसको मतलब पैसा दिन्छन तर पैसा कहाँ बाट आयो भन्ने कुरा खोल्दैनन !! यो इसाई जगतमा भएको आर्थिक अनियमिता हो अर्थात् चर्चमा पनि चरम भ्रस्टाचार हुन्छ

  3. तपाईले आफ्नो विचार व्यक्त गर्नुभएकोमा धेरै धन्यवाद। हजुर, चाल्स डार्विन र हिटलरको सिद्धान्त बलिया बलिया बाँच्छन र दुब्ला पातना मर्छन भन्ने हो। मेरो प्रतिक्रिया “हो, यदि तपाईले आफैलाई जनावारको दाजोमा राख्नुहुन्छ भने साँचो हो तर हामी त मानिस हौँ।” त्यसैले बलियाले कम्जोरको रेखदेख गरिन्छ। युथोपियन ड्रिम तथा युजेनिक्सको सिद्धान्त कम्जोर तथा गरीब मर्नुपर्छ भन्ने नै हो। अनि ती दुवै व्यक्तिले उक्त सिद्धान्तमा जीवन निर्वाह गरेका हुन्।
    अनि हजुरले उल्लेख गर्नुभएको दोस्रो उक्ति “आफु भन्दा अग्रज पास्टर वा मिसनरीहरुले हामीलाई मरेको माछा दिन्छन तर यो माछा कसरि मार्ने भन्ने सिकाउदैनन्” वास्तवमा चाइनिक उक्ति हुन् जसमा तारेको माछा खुवाउनुभन्दा माछा मार्न सिकाउनु धेरै असल हुन्छ। जसको मतलव धेरै वास्ताकासाथ पुलपुलाएर हुर्काउनुको सट्टा हामीलाई पनि जिम्मेवारी दिएर हुर्कन दिएन, हामीलाई पनि उचित तालिम दिनु पर्यो अनि जिम्मेवारी दिनु पर्यो भनेको हो। अर्कोतिर नेपाल डलर विना पनि त चल्दैन। पूरै लेख पढ्न सँगैको लिङ्कमा क्लिक गर्नुहोस्। http://lamand.com.np/dallors/

    • Nepal Aama ko xoro

      जुन सुकै धर्म को पनि मूल उदेश्य सान्ति मानबता र सहयोग हो।.. मान्छे लै जुन धर्म मान्न मन लाग्छा त्यहि मान्न पाउने आधिकार छ।.. अनि नास्तिक बन्न पाउने आधिकार पनि छ।.. यसो भन्दै मा बालक र गरिबहरुलाई पैसा र माम को प्रलोभन देखाएर वा लालैफकै गरेर धर्म परिबर्तन गराउने आधिकार कोइ कसैलाई छैन।…मानबियता,छ भने सोहिर्दय ले सहयोग गर।… कुनै कुरा को बदला अर्को कुनै कुरा दिने कसरि सहयोग हुन सक्छ।.. धर्म परिबर्तन को बदलामा कसैलाई खान वा पैसा दिनु बस्तु किन्नु सरह हो ।…जुन माहा पाप हो ।

      यसो त नेपाल मा बहुसंख्यक हिन्दु धर्मबालाम्बी हरु छन् र संसारको सबैभन्दा पुरानो धर्म पनि यहि हो । अनि सबैभन्दा बैदिक,सार्थक र बैज्ञानिक पनि हिन्दु धर्म नै हो ।

      ऐले आएर विभिन्न युरोपियन देशरुमा र खासगरी क्रिच्शियन बाहुल्यता भएको बेलायत मा समेत हिन्दु भाषा भनेर चिनिने संस्कृत अनि हिन्दुहरुका महापुरण बेद ,महाभारत ,गीता जस्ता पुराण हरु को अध्यन गरैन्नछ।

      एक बेलायेती school ले saskrit लै आफ्नो अनिबार्य बिसयाको रुपमा पढाउने गरेको त हामीले केहि समय आगाडी BBC नेपाली सेवा मार्फत सुनेकै हो ।

      तेसैले मित्रहरु हामी धर्मोका नाम मा झगडा नगरोव सकिन्छा आफ्नो मौलिकता को सम्रक्षयन गरोउ ।

      जय नेपाल

  4. ओेए साथी यि बिकास का नारा क्रिस्चियन ले लगएका हुन र बिकास धर्म ले गरेको हो र तिम्रो यो अल्प ज्ञान यसरी वेबसाईट म छरपस्ट नपार त भला तिमीलाई समय ले क्रिस्चियन बनायो मलाई एस्मा कुनै गुनासो छैन तर तिमी त यती एकोहोरो भैसकेछौ कि अब तिमी संसार का सबै क्रिस्चियन भए को मात्रै देख्न चाहन्छौ। म तिमी लाई यत्ती भन्न चाहन्छु कि यो ग्रहको खुन्खार आतंककारी हिटलरको युद्ध प्रचार भन्दा नि तिमीहरुको धर्म प्रचार खतरनाक छ

    • धर्म कर्म चै सबैको एउटै हुन्छ तर तरिका र उद्देश्य भने फरक हुन्छ।ख्रिष्टियनहरू तरिका र उद्देश्य भने फरक छ,हरेकले सत्य चिन्नु पर्छ र हरेक मानिस बाँच्न पाउनुपर्छ ती ईसाई हुन् या नहुन्। जसले गर्दा अाफुले खाने एक छाक कटाएर पनि अर्कोलाई सहयोग गर्न तत्पर रहन्छ।यसरी नै जम्मा गरिएको रकमले नेपालको नेपालीहरूले पनि बाँच्नको लागि सहयोग पाईरहेको छ।र यो युरोपियन देशहरूले गरे त नेपालमा रकम रूपैयामा त पक्कै अाउदैन डलरमा नै अाउछ,किन भने त्याहा डलर चल्छ।अब हाम्रो अौकात कति रहेछ भन्ने त गएको नाकाबन्दीले नै प्रष्ट पार्यो नि त टमटर धरि पाईएन।फोकट्या बकम्फुसे तर्कको सट्टा कसैले गरेको सहयोग प्रति धन्यबादी भै सक्षम बन्न प्रयास गरौ ताकि अागामी दिनहरूमा हामी पनि अरूलाई सहयोग गर्न सकौ।

      • तपाईको टिप्पणीकोलागि धन्यवाद। हामी पनि अरूलाई सहयोग गर्न सकौँ। धन्यवाद।

    • धन्यवाद भाइ, पढी दिनुभएकोमा। साथै टिप्पणी छोडी दिनुभएकोमा।

Leave a Reply to bharatCancel reply