सोच अनुसारको स्वाद, स्वाद अनुसारको चेहरा, चेहरा अनुसारको व्यहोरा, व्यहोरा अनुसारको जीवन। तपाई र मेरो सोचले हाम्रो जीवनको उचाएको निर्धारन गर्छ। उकाली सोच राखे आकास पुगिन्छ, उच्च सोच छ भने हाम्रो व्यवहार पनि उच्च नै हुन्छ। हामीले आफूलाई दोस्रो दर्जाको नागरिक ठानेमा भने हाम्रो व्यवहार पनि दोस्रो दर्जा कै हुन्छ। उकाली सोच राखे आकास पुगिन्छ, ओराली सोच राखे पातल पुगिन्छ। तपाईको सोच कस्तो छ?
आजकाल धेरै सुन्नमा आउदछ कि “इसाइहरूलाई दोस्रो दर्जाको नागरिक सरह व्यवहार गरिन्छ”। जुन कति इसाइ मित्रहरूको आवाज हुन भने, “इसाइहरूले हिन्दु तथा बुद्धिस्ट मित्रहरूलाई सैतान भन्ने गरिएको छ” भनी कति गैह्र इसाइहरूले पनि आवाज उठाइ राख्नुभएको छ। यी सोचहरूलाई कसरी मनन गर्ने? के इसाइहरूलाई साँच्चै नै दोस्रो दर्जाको नागरिक सरह बनाइए कै हो त? के इसाइहरूले हिन्दु तथा बुद्धिस्ट मित्रहरूलाई सैतान भन्दै हिडे कै हुन् त? यसको वास्तविक समस्या के हो? के यो बहुमतको वास्तविकता हो या केही सिमित राजनीतिज्ञहरूको चर्तीकला हो? अथवा केही उदन्दतामात्र हो? दोस्रो दर्जाको नागरिक भनेको के हो? कसलाई दोस्रो दर्जाको नागरिक भनिन्छ?
अमेरिका जस्तो स्वतन्त्र देसमा पनि कति धेरै अफ्रिकी मुलकाहरूले आफूलाई दोस्रो दर्जाको संज्ञा दिएर जिएको देखिन्छ। त्यसरी नै नेपालमा पनि कति धेरै इसाइहरूले आफूलाई दोस्रो दर्जाको स्थान दिइएको देखिन्छ। यो सयस्यालाई वनको समस्या नभएर वा बाहिरको समस्या नभएर यसको वास्तविकतालाई मनको समस्याको रूपमा लिन सकिन्छ। वनको काडाको घोचाइ क्षनिक हुन्छ भने मनको काडाको घोचाइ दीर्घकालीन हुन्छ। यो घोचाइले कति पटक स्व निर्मित जेलमा जिउनतिर बाध्य गराउँछ र अनौठो चस्मा पहिर्याउनतिर डोराउँछ। उक्त समूहले विचार गर्न थाल्छ कि सुविधा लिन पाए पहिलो दर्जाको नागरिक र जिम्मेवारी लिन परे अन्याय भएको र आफूलाई दोस्रो नागरिक भएको देख्छन्। यो सोचले हामी इसाइहरूलाई दुइ गलतबाटोतिर डोर्उदछ। पहिलोः यसले हामीलाई बाइबलीय धरातल विर्सेर कम्जोर मानसिकतामा जिउँदे बनाउँदछ। अथवा संसारमा बसेर स्वर्ग खोज्ने बनाउँछ। बाइबलले भन्दछ कि “तिमीहरू संसारका होइनौ, त्यसैले संसारले तिमीहरूलाई माया गर्दैनन्”। दोस्रोः हामी देसको नागरिक भएकाले कति इसाइहरूकोलागि अनुचित माग वा आवश्यकताहरू पनि छन्। राज्यसँग ती मागहरू राख्दा इसाइ चरित्र, बाइबली मुल्यमान्यताभन्दा पनि राजनैतिक खेल बढ्न थाल्छ र मन्डलीहरूले क्रूसको सक्तिभन्दा पनि सिँहदरवारको सक्तितिर बदी ध्यान दिन थाल्छ।
मेरो गाउँमा कति जनाले इसाइहरूको विरोध गर्नुहुन्थ्यो र हुन्छ पनि। त्यतिमात्र नभएर कति समूहले आएर हाम्रो गाउँको चर्च पनि जलाएका थिएँ। कति चर्चका युवाहरूले कुटिएका थिएँ। तथापि एकदुइजना उटपटाङको असभ्ताको दोस साह्रा गाउँबासीमाथि लगाएको भए हामी इसाइहरू बेइमानी बन्ने थियौँ। यी दिनहरूमा आएर कति नेतृत्वका इसाइहरूको व्यवहार पनि त्यस्तै देखिन थालेको छ तर केही असभ्य व्यक्तिको दुस प्रयासको दोस साह्रा नेपाली तथा राज्यलाई दिनु हामी इसाइको बेइमानी हुन जान्छ।
विरोध जनाउनुका साथै मन्डली जलाए तापनि त्यही गाऊँमा केही सामाजिक काम गर्न परे, गाउलेहरूले इसाइहरूलाई नेतृत्व गरी दिन अनुरोध गर्दछन्। बाटो निर्मान, स्कुल सन्चालन समिति इत्यादिका अध्यक्ष, सचीव बनी दिन गाउँलेहरूले अनुरोध गर्दछ।
भरखरैको स्थानिय चुनावमा धेरै इसाइहरू विजयी हुनु, राजनैतिक दलहरूले इसाइहरूबाट प्रतिनिति खोजी खोजी सामेल गर्न खोज्नु, विभिन्न खाले इसाई दल खडा गर्न पाउनु जस्ता कुराहरूले पनि इसाइलाई दोस्रो दर्जाको नागरिकको रूपमा प्रमानित गर्दैन। अर्कोतिर यदि तपाईले समाजमा सम्मान खोज्नु भएको हो भने अरूको पनि सम्मान गर्न सिक्नु पर्दछ। बाइबलले भन्दछ, “मानिसहरूले तिमीहरूसँग जस्‍तो व्‍यवहार गरून्‌ भन्‍ने तिमीहरू चाहन्‍छौ, तिमीहरूले पनि तिनीहरूसँग त्‍यस्‍तै व्‍यवहार गर, किनभने यही नै व्‍यवस्‍था र अगमवक्ताका शिक्षाको सारांश हो।” मत्ती ७:१२। हामी इसाइहरूले पहिला अरूको कदर गर्न सिक्नु पर्यो। इसाइ भएर हाम्रा बुद्धिस्ट तथा हिन्दु मित्रहरूलाई सैतान भन्दै हुनुहुन्छ भने तपाईले ससासर परमेश्वरको वचन उलङ्घन गर्दै हुनुहुन्छ। मानिस जातिलाई परमेश्वरले आफ्नो प्रतिरूपमा बनाउनुभयो। कति मानिसहरूको सैतानको जस्तो व्यवहार अवस्य पनि हुन सक्छ तापनि मानिसलाई सैतान भनी नामाकरन गर्ने छुट बाइबलले हामीलाई दिदैन।
त्यसरी नै यो संसारमा बसेर संसारमा नै स्वर्ग खोज्दै हुनुहुन्छ भने त्यो पनि बाइबल अनुसार गलत हुन जान्छ। बाइबलले भन्छ, “यदि तिमीहरू यस संसारका हुँदा हौ त संसारले तिमीहरूलाई आफन्‍त ठानी माया गर्नेथियो। तर तिमीहरू यस संसारका होइनौ। तिमीहरूलाई संसारबाट मैले चुनें, यसैकारण संसारले तिमीहरूलाई घृणा गर्दछ।” यूहन्‍ना १५:१९। संसारकोमात्र नभएर परमेश्वरको सन्तानले पनि तपाईलाई माया गर्छ भन्ने ग्यारेन्टी छैन किनकि हामी अझै संसारमा छौ। यही वास्तविकताले गर्दा नै हामीलाई स्वर्ग चाहिँएको हो। हामीले उत्कटरूपमा स्वर्गको चाहँना गर्छौ र स्वर्गको आसामा जिउँछौँ। जुन दिन तपाई र मैले येशूलाई आफ्नो जीवनको मालिक बनायौँ त्यो दिनमा हाम्रो विगतका दोसहरू मेटिए, स्वर्गमा हाम्रो घर पक्का भयो र आज हामीले जिउँने आशा पायौँ। बाइबलले भन्छ, “जतिले उहाँलाई ग्रहण गरे र उहाँको नाउँमाथि विश्‍वास गरे, उहाँले तिनीहरूलाई परमेश्‍वरका सन्‍तान हुने अधिकार दिनुभयो।” यूहन्‍ना १:१२। हाम्रो धर्मकर्मको कारन होइन तर येशूलाई हाम्रो मनमा परमेश्वर भनी विस्वास गरेको कारन र उहाँलाई हाम्रो मुक्तिकोलागि प्रभु मानी लिएको कारनले हामीले परमेश्वरको सन्तान हुने अधिकार पायौँ। अब इसाइहरूको हैसियत बाहुन, क्षेत्री, कामी, दमाइ होइन। हामी सबैजना परमेश्वरको सन्तान। परमेश्वरको नजरमा न कुनै बाहुन छ न कुनै दलित, उहाँको नजर सबै मानिस सम्मान। बाइबलले भन्छ, “अब न त यहूदी छ न ग्रीक, न कमारा छ न फुक्‍का, न त पुरुष न स्‍त्री छ, किनभने ख्रीष्‍ट येशूमा तिमीहरू सबै एउटै हौ।” गलाती ३:२८। त्यसैले इसाइ भएर पनि अझै आफ्नो मन मस्तिस्कमा “म बाहुन”, “म दलित” भन्ने सोच पाल्नुभएको छ भने तपाईले पस्चताप गर्नुहोस्। तपाई उद्वार पाएको मुक्ति नपाएको पापी हुनुहुन्छ।
देसको दोस्रो नागरिक कहिले होइन्छ? जब तपाई इसाइ भएको कारनले नागरिकता लिन पाउनु हुन्न। जब तपाईलाई नेपाल देसको कुनै सेवाको क्षेत्रमा सेवा गर्न इसाइ भएको कारन बन्देज लगाइन्छ। इसाइ भएको कारन तपाईले लोगसेवामा भिड्नबाट बन्देज लगाइन्छ तब तपाई देसको दोस्रो दर्जाको नागरिक होइन्छ। कति ठाउँमा सास्ती भोग्नु परेको अवस्था अबस्य छ तथापि यो इसाइकोमात्र सास्ती होइन।
हाम्रो पहिचान परमेश्वरको सन्तान हो। हाम्रो स्थाइ घर स्वर्ग हो। हामीले पृत्वीमा स्वर्ग खोजेर नबसौँ। अब त हामीले पवित्रआत्माको अगुवाइमा सुबुद्धि चलाउने दिन आएको छ। कुबुद्धि प्रयोग गरेर जेल जान बन्द गरौँ। जेल जान परोस् त केवल येशूको प्रेमको सन्देस प्रचार गरेको कारन जेल जान परोस्। मानिसहरूलाई प्रेम गरे कै कारन संसारका अनाकन्टार ठाउँहरूमा येशूको प्रेमको आशाको सन्देस फैलाउने हामी इसाइ, सिक्षन संस्था तथा असपतालको अन्वेसन गर्ने हामी इसाइले अब रुन्चे स्वरहरू बन्द गरौँ। “सडकमा टायर बाल्छौँ”, “आन्दोलन गर्छौँ” भन्न बन्द गरौँ। मन्डली बलियो बनाउनु छ भने हाम्रो सक्तिको केन्द्र येशूलाई हेरौँ, नेपालको सिँहदरवार तिर होइन। स्वार्थ पूर्न राजनीति गर्न बन्द गरौँ। इसाइको बुइ चढ्न बन्द गरौ बरू साह्रा इसाइको हितमा सेवा जुट्न सिकौँ। सबै कुरालाई ठेगान लगाउनु हुने येशूलाई हेरौँ। इनाम दिनु हुने परमेश्वरलाई हेरौँ। विजयी येशूलाई हेरौ, क्रूसको आसाको सन्देस लिएर दिन दिनै जुटौँ। तपाई र मेरो जीवन देखेर गैह्र इसाइहरूले येशूले चिनुन्, इसाइहरूले उत्साह पाऊन्। परमेश्वरले तपाईलाई प्रसस्त आसीस देऊन्। यसलाई पढी दिनुभएकोमा धेरै धन्यवाद। अब तपाईले निम्न कदम उठाउँनुहोस्
१. संसारमा स्वर्ग खोजेर रुन्चे गीत गाउँन बन्द गरौँ, बरू परमेश्वरलाई धन्यवाद चढाऔँ।
२. इसाइ भएर पनि अझै पनि जातियको भावनाले पिरोल्छ भने पवित्रआत्माको सक्ति माग्नुहोस् र यो बन्धनबाट स्वतन्त्र बन्नुहोस्।
३. आफ्नो मन्डलीलाई राजनीतिबाट जोगाउनुहोस्। सबैलाई सम्मान व्यवहार गरौँ।
४. इसाइ सँघसँस्थाहरूले साँच्चैकै इसाइको हितमा काम गर्न सकेको होस् र सेवा स्वार्थ तथा अंहकारबाट प्रेरित नहोस् भनी प्रार्थना गरी दिनुहोस्।
५. गैह्र इसाइहरूलाई सम्मान गर्न सिकौँ, कसैलाई पनि सैतान नभनौँ।

Leave a Reply