“कुशल व्यवसायी बन्‍नकोलागि विशेष ज्ञान तथा सीप आर्जन गर्नु वा हासील गर्ने कार्य वा प्रक्रियालाई शिक्षा भनिन्छ।” शिक्षालाई ठूलो धनको रुपमा लिइन्छ। शिक्षा मानिसलाई सभ्य र प्रभावसाली बनाउने एउटा तरीका अर्थात माध्यम हो।

सामन्यतया स्कुल, क्याम्पस जस्ता निकायहरूलाई शिक्षाको प्रमुख बाहकको रुपमा लिइन्छ। हाम्रो जीवनमा शिक्षाको महत्वपूर्ण भूमिका रहन्छ। जसरी सफल जीवनकोलागि हाम्रो जीवनमा शिक्षाको महन्वपूर्ण भूमीका रहन्छ त्यसरी पास्टर तथा अगुवाहरूको जीवनमा बाइबलीय

शिक्षाको त्यती नै महत्व पूर्ण भूमिका रहन्छ। बाइबली शिक्षा प्रदान गर्ने बाहकको रुपमा मण्डली, बाइबल स्कुल तथा कलेजहरूले प्रमुख भूमिका खेलेको हुन्छ। यी निकायहरूले शिक्षा प्रदान गर्ने साधनको रुपमा कक्षा कोठाको पठन पाठन, पत्राचार, रेडियो, टि. भि. तथा अनलाइन जस्ता बिधिहरू अप्नाउँदछन्। यी बाहेक अर्को एउटा अति प्रभावसाली शैक्षिक तरीका पनि प्रतिपादन भएको छ। जसको विषयमा धेरै मानिस अनभिज्ञ छनः जसलाई थिओलोजीकल एजुकेसन बाइ एक्सटेन्सन (टी ई ई) अर्थात विस्तारद्वार परमेश्वरशास्त्रको अध्ययन भनिन्छ। टी ई ई मण्डली अगुवा निर्माण गर्ने उत्तम उपाय हो किनकि यो विधिमा अगुवाहरूले आफ्नो समय तथा अनुकुलता अनुरुप एउटा भरपर्दो समूह बनाउँदछ र सिकेका पाठहरू व्यवहार लगाउँदछ। यो अध्ययन सुलथ मुल्यमा उपलब्ध हुनुका साथै यो एउटा निरन्तर चलीरहने प्रक्रिया हो।

पास्टर तया अगुवाहरू हजारौ वर्षसम्म परमपरागत विधिबाट आफूलाई निर्माण गर्दै आएका छन् भने टी ई ई अगुवा निर्माणको एउटा नयाँ शिक्षा प्रणाली हो। सन १९४० को दशकमा ग्वाटेमालाका मानिसहरूलाई मिसनरीहरूले सुसमाचार प्रचार गरे। यसको फलस्वरुप धेरै मानिसहरूले प्रभु येशूलाई आफ्नो मुक्तिदाता र प्रभु भनी ग्रहण गरे। धेरै मानिसहरू प्रभुमा आएकोले त्यहाँ बाइबल जानेका अगुवाहरूको खाँचो भयो त्यसैले करीब २०० जना जति मानिस अगुवा तालिममा पठाए। पच्‍चीस वर्षपछि तालिममा पठाएका ती २०० जना अगुवाहरू कहाँ के गरीरहेकका छन भनी एउटा सर्वेक्षण गरे। तिनीहरू मध्ये जम्मा बीसजनाले पास्टरको काम गरेको, त्यसमा पनि अठारजना शहरमा भएको र वास्तविक ठाउँमा दुईजना मात्र फर्केको सर्वेक्षणले देखायो। त्यसैले ती मिसनरीहरूले बाइबल तालिमको नयाँ तरीका खोजी गर्न थाले। अगुवा निर्माण गर्ने एउटा उपायको रुपमा मण्डली मण्डलीमा दुइ दुइ हप्ताको तालिम दिन थाले। यसरी दुई हप्ताको तालिमबाट दुई वर्ष भित्रै २०० जना जति अगुवाहरू निर्माण गर्न सफल बने। यो तरीका प्रभावकारी भए तापनि मिसीनरीहरूकोलागि यो धेरै नै चुनौति पूर्ण कामको रुपमा रहयो। त्यसैले उनीहरूले निरन्तर रुपमा बाइबल तालिम दिने उत्तम उपायको खोजी कार्य जारी राखे र अन्तमा तिनीहरू समूहमा अध्ययन गर्ने विधि सबैभन्दा उत्तम हुन सक्छ भनी निस्कर्षमा पुगे। समूहमा अध्ययन गर्ने श्रोत तथा साधनको निर्माण भयो, साथै उक्त अध्ययन बिधिलाई टी ई ई अर्थात थिओलोजिकल एजुकेसन बाइ एक्टेन्सन नामाकरण गरे। यो नयाँ विधि धेरैले मन परायो र हाल आएर (२०११) करीब १३० भन्दा बढी देशहरूमा संचालन भइरहेको छ। विभिन्‍न भाषामा अनुवाद गर्ने क्रम जारी छ। नेपालमा सन १९९९ मे २५ तारीखको दिन टी ई ईको आधिकारीक सुरुवात भयो। सन १९९५ देखि १९९९ सम्म ४ वर्ष नेपाली भाषामा श्रोत तथा साधन निर्माण गर्न समय लागेको थियो। नेपालमा टि ई ई लाई आइटीन नामले चिनिन्छ। करीब बाह्र वर्षको छोटो अवधिमा नै देशको चौवन्‍नवटा जिल्‍लामा पुग्न सफल आइटीनको १६०० भन्दा बढी मानिसले आइटीनबाट बाइबलीय ज्ञान हासील गरीरहेका छन्। स्थानिय मण्डली बलियो बनाउने क्रममा आइटीन अति नै क्रियासिल छ।

हाम्रो जस्तो विकासोन्मुख मुलुकहरूमा परमपरागत बाइबल अध्यापन संघ संस्थाका साथसाथै नयाँ अध्ययन विधिको थालनी गर्नु अध्यन्तै जरुरी छ, किनकि यी देशका मानिसहरूले शिक्षा आर्जनमा विशेष बाधाहरू खेप्नु परीरहेकको अवस्था छ। ती बिशेष बाधाहरूलाई चिन्तन मनन गरेर बनाएको यो नया बिधि मण्डली निर्माणको अति उपयोगी साहयकको रुपमा लिन सकिन्छ। किनकि आइटीनले परमपरागत बाइबल अध्यापन संघ संस्थाहरूले दिन नसकेको सुविधा प्रदान गर्दछ। चर्को खर्चका कारणले पनि धेरै मानिसहरू बाइबल स्कुल जान सक्दैनन्। परमपरागत बाइबल स्कुलकोलागि अर्को चुनौति भनेको समय हो। बाइबल अध्ययनकोलागि तीन वर्ष, चार वर्ष घर छोड्नु हाम्रो जस्तो कृषि पेशा अप्नाएको मुलुकमा धेरै गाह्रो हुन्छ। धेरै मानिसहरूमा बाइबल स्कुल जाने उत्कट इच्छा हुँदाहुँदै पनि उनीले त्यो अवसरलाई गुमाउनु पर्ने हुन्छ। आइटीनले सुलभ तरीकाले आफ्नो समय अनुकुल बाइबल अध्ययन गर्ने मौका प्रदान गर्दछ भने परमपरागत बाइबल अध्यापन संस्थामा दुई देखि चार वर्षसम्म अध्ययन गर्नु पर्ने हुन्छ।

आइटीन परमपरागत बाइबल अध्ययनको तुलनामा धेरै प्रभावकारी हुनुको अर्को कारण यसको लचक्ता हो। यो अध्ययन विधिमा विद्यार्थीले आफ्नो गतिमा आफ्नै ठाउँ आइटीनका पाठ्यक्रमहरू अध्ययन गर्न पाउँछन्। तल दिएको चित्र क र ख ले यो कुरा प्रस्ट देखाउँछ।

teecollcomnp

चित्र क मा तिरहरूले बाइबल कलेज तिर देखाएको छ, जसले परम्परागत बाइबल कलेजको चित्रण गर्छ। विद्यार्थी निस्चित समयकोलागि आफूलाई पुग्ने खर्च जोहो गरेर बाइबल अध्ययनकोलागि जानु पर्छ। चित्र ख ले आइटीनको चित्रण गर्छ र यसमा तिरहरू बाहिर विद्यार्थी तिर फर्केको छ। यसको मतलब बाइबल कलेज विद्यार्थी कहाँ पुग्नु हो। आइटीनले विद्यार्थीहरूलाई आफ्नो समयमा, आफ्नो ठाउँमा आफ्नो गतिमा बाइबलीय ज्ञान हासिल गर्ने अवसर प्रदान गर्दछ। परमपरागत बाइबल कलेजमा भर्ना हुन केही अध्ययन तह पूरा गरी सकेको हुनु आवश्यक हुन्छ। जस्तै एस एल सी वा आइ ए अध्ययन सकेको व्यक्तिलाई मात्र बाइबल स्कुलमा भर्ना लिन्छ। परमेश्वरको वचन हाम्रो चरित्र निर्माणको लागि हो र यो अध्ययन सबैकोलागि उतिकै आवश्यक छ। तर हाम्रो जस्तो मुलुकमा शैक्षिक योग्यताको अभावमा धेरै मानिसहरूको इच्छा भएर पनि बाइबल कलेज अध्ययन असम्भव बनेको अवस्था छ।

ख्रीष्टियन शिक्षाको अन्तिम लक्ष्य भनेको मानिसहरूलाई ख्रीष्टको तरित्रमा निर्माण गर्नु र अरूहरूलाई पनि ख्रीष्टको चरित्रमा हुर्काउन सक्ने बनाउँनु हो। परमपरागत बाइबल स्कुलमा विद्यार्थी व्यक्तिगतरुपमा भर्ना हुन्छन् भने आइटीनमा विद्यार्थीहरू सामूहिक रुपमा भर्ना हुन्छन्। यसरी विद्यार्थीहरू समूहमा भर्ना हुनेभएकोले उनीहरू आफ्नो समूह प्रति उत्तरदायी हुन्छन् र नबुझेका कुराहरू समूहमा प्रश्ट हुनुका साथै सिकेको कुरा व्यवहारमा लगाउने अवसर पाउँछन्। सबै शिकारुहरू हप्तामा एकपटक एकै ठाउँमा भेला हुन्छन र आफूले व्यक्तिगत अध्ययनबाट सिकेका कुरा समूहमा बाड्छन्। समूहको अगुवाले शिक्षक पुस्तिकाबाट समूहलाई अध्ययनमा डोर्‍याउँछ। शिक्षक पुस्तिकामा समूह कसरी चलाउँने, कस्ता प्रश्नहरू सोध्ने,जस्ता कुरा राम्ररी खुलाएको हुनाले समूहको अगुवाले सामूहिक भेला प्रभावकारी रुपमा चलाउन सक्छ। व्यक्तिगत अध्ययन र सामूहिक भेला सिकेको कुरा व्यवहारमा लगाउनु पर्नेहुन्छ। आइटीनका अध्ययनहरू “फलामले फलामलाई काट्छ” सिद्धान्तमा आधारित छन्। विद्यार्थीहरूले समूहमा बाइबल अध्ययन गर्छ र एकअर्कालाई परिवर्तन गर्दछन्। विद्यार्थीहरू एक अर्कालाई उत्साह दिँदै ख्रीष्टको चरित्रमा हुर्कन्छन्। प्रायजसो आइटीनको समूहमा ५ देखि १० जना सदस्यहरू हुन्छन्।

tee-method-npपास्टर तथा अगुवा निर्माणको एउटा राम्रो नमूना प्रस्तुत दुइवटा लामो काठ र धेरै खुड्किलाहरू भएको भर्‍याङले प्रस्ट पार्छ। जसरी एउटा लामो काठ वा बीचको खुड्किलाहरू भएन भने भर्‍याङ अपुरो हुन्छ त्यसरी नै सिकेको कुरा व्यवहारमा लागु भएन भने शिकाइ अधुरो रहन्छ। आइटीनले पास्टर तथा अगुवाहरूलाई सिकेका नयाँ ज्ञानहरूलाई व्यवहारमा प्रयोग गर्न लगाउँछन्। व्यवहार परिवर्तन आइटीनको मुख्य उद्देश्य हो। त्यसैले गर्दा नै परमपरागत बाइबल अध्ययनको शिक्षाको तुलनामा धेरै गुणस्तरीय र दीगो मान्‍न सकिन्छ।

अगुवा तथा पास्टर निर्माणमा आइटीनका अध्ययनहरू अति नै प्रमाभकारी मान्‍न सकिन्छ किनकि यसका अध्ययनहरू हामीलाई ख्रीष्टको चरित्रमा हुर्काउन उपयोगी छन्। यसरी दैनिक रुपमा अध्ययन गर्न मिल्ने तथा व्यवहारिक, सरल तरिकाले निर्माण गरिएका छन्। परमपरागत बाइबल अध्ययनमा शिकारूले विद्यार्थीहरू तीन या चार वर्षको बाइबल अध्ययनमा गएपछि आफूलाई बाइबल विद ठान्छ तर आइटीनमा शिक्ने क्रमलाई जीवनको एउटा भागको रुपमा लिनलाई प्रेरणा दिइन्छ र सिक्ने क्रम निरन्तर चलीरहन्छ।

आइटीनको अध्ययन अति प्रभावकारी भएको कुरामा म विश्वस्त छु, तापनि हाल म यहाँ परमपरागत बाइबल कलेजमा अध्ययन गरीरहेको छु। ताकि तपाईहरूलाई मेरो आइटीनको प्रभावकारिताको तर्क बुझ्न सजिलो होस। परमपरागत बाइबल अध्ययन कतिपटक बाधक पनि हुन सक्छ। भारत तथा अन्य केही मुलुकबाट बाइबल कलेज गरेका केही मेरा साथीहरू हुनुहुन्छ। उहाँहरू नेपाल फर्कनुभएपछि, स्थानिय मण्डलीमा प्रभुको सेवा प्रभावकारी भएर लाग्न गाह्रो भएको छ किनकि उहाँहरूले अरू अगुवाहरूको (जसले बाइबल कलेजको अध्ययन गर्नु भएको छैन) आलोचना गर्नुहुन्छ। उहाँहरूले आफूलाई धेरै जानेको महसुस गर्नुहुन्छ तर मानिसहरूलाई ख्रीष्ट डोर्‍याउन चुकीरहनु भएको छ भने बाइबल कलेज नगएका अगुवा तथा पास्टरहरूले मानिसहरूलाई ख्रीष्टमा डोर्‍याइरहनुभएको छ। वास्तवमा उहाँहरूको स्थानिय मण्डलीमा अगुवा तथा पास्टरहरूले नसकेको खाली ठाउँ भर्नु पर्ने हो। कतिपटक स्थानिय इमानदार अगुवा तथा पास्टरहरू बाइबल अध्ययनबाट फर्केका व्यक्तिप्रति असहज मसुस गर्दछ। प्रवचन बाड्ने कुरामा, बाइबलको खण्ड व्याख्या गर्ने कुरामा बाइबल कलेज अध्ययन गरेका पास्टहरू धेरै राम्रो देखिन्छ तर व्यवहारिक समस्या समाधान जस्तै द्वन्द्व समाधान, मिलाप जस्ता कुराहरूमा आइटीनका विद्यार्थीहरू धेरै प्रभावकारी भएको देखिन्छ किनकि उनीहरूले सामूहिक कदम चाल्छ। समस्या आफ्नो समूहमा ल्याउँछन्, छलफल गर्छन्, प्रार्थना गर्छन् समाधान खोज्छन्।

वास्तवमा, आइटीनका कोर्षहरूले अगुवा तथा पास्टरहरूमात्र नभएर सम्पूर्ण मण्डलीलाई नै निर्माण गर्न टेवा पुर्‍याउँछ। जुन कुरा परमपरागत बाइबल कलेजमा असम्भव छ। सामूहिक रुपमा आफ्नो स्थानमा कोर्षहरू सुफत मुल्यमा उपलब्ध हुनु, आफ्नो समय अनुरुप अध्ययन गर्न पाउँनु यसको विशेष्ता मान्‍न सकिन्छ। आइटीनको लचक्ता तथा व्यवकारिक्ताको कारण धेरै मानिसले आइटीनको कोर्षहरू अध्ययन गर्न पाउँछन्। बाइबलको गहन अध्ययनले विश्वासीमा स्वभाविक रुपमा जिम्मेदारी बोध हुन्छ। फलस्वरुप सम्पूर्ण मण्डलीका सदस्यहरू निर्माण हुन्छन्। जसको कारण मण्डलीमा सेवा गर्ने हातहरू बढ्छन्, पास्टर तथा अगुवाहरूको काँधमा काँध जोड्नेहरू धेरै निस्कन्छन्।

  1. Enter your comment here…म मेरो मण्डलिमा iteen को अध्य्यन सामग्रीको उपलब्धता सहित हामी जवानमा बाइबल अध्ययन गर्न गराउन चाहन्छौ के यो सम्भव छ?mail garnus hai

Leave a Reply to Rajan bartaulaCancel reply