समझदार मानिसको बुद्धिले त्यसलाई सही बाटो दिन्छ। हितोपदेश १४:८
आज धेरै मानिसहरूले धेरै असल कामहरू सुरु गर्छन् तर सन्तोसजनक अन्त गर्न चुक्छन् किनकि ती असल कार्यमा आउने बाधाहरूको बारेमा तिनीहरूले विचार नै गर्दैनन्। तर बाइबलले भन्छ समझदार मानिसले निरन्तर अघि हेर्छ र सही बाटो देख्छ।
त्यसैले प्रियहरू, आउने दश वर्षमा परमेश्वरले तपाईको जीवनमा के गरेको चाहनुहुन्छ र त्यसको लागि तपाईलाई के के कुराले बाधा दिनेछ सो पत्ता लगाउनुहोस्। यदि हामीले त्यसो गरेमा त्यसले हामीलाई परमेश्वरको इच्छामा पुग्नलाई सहायता गर्नेछ।

विशेष गरेर हाम्रो जीवनमा चार किसिमका बाधाहरू आउँछन् ती बाधाहरू
१. सांस्कृतिक् अलमल
२. शंकाको आवाज
३. छोटो बाटो लिने परीक्षा
४. सोचेभन्दा निराशापूर्ण तरीकाले काम लम्बिनु
यदि हामीले नोआको जीवनलाई नियालेर हेर्ने हो भने उनको जीवनमा पनि यी चारवटै बाधाहरू भएको पाउँछौ। नोआ ती बाधाहरूमा विजयी भएर आए र हामीले पनि ती बाधाहरूमा कसरी विजयी भएर आउने भन्ने कुरा नोआको जीवनबाट सिक्न सक्छौं।

परमेश्वरले तपाईको लागि आउने दश वर्ष भित्रमा के के गर्ने भनेर एउटा दर्शन दिनुभएको छ या दिनुहुनेछ, जुन नोआलाई दिएको जस्तो जहाजै बनाउने दर्शन नहुन सक्छ। तर ती दर्शनहरू हातमा पार्न तपाईले पनि नोआले जस्तै ती चारै किसिमका बाधाहरूको सामना गर्नु पर्नेछ। हामी कोही पनि यस्ता किसिमका परीक्षाहरूबाट स्वतन्त्र छैनौ।

बाइबलले भन्छ हामी ती बाधाहरूको विषयमा बुद्धिमान र होसियार हुनुपर्छ। यदि हामी ती कुराहरुमा होसियार भयौ भने ती बाधाहरू हाम्रो जीवनमा आउदा हामी सामना गर्न तयार भइसकेको हुन्छौ। बाइबलले भन्छ मुर्खले मात्र ती कुराहरुको लागि होसियारी अप्नाउँदैन र मूर्खको मूर्खता धोखा हो।

आज तपाईले आउने दश वर्षको लागि केही निश्चित लक्ष्यहरू निर्धारण गर्न परमेश्वरसँग सहायता माग्नुहोस् र ती आउने बाधाहरूमा विजयी भएर आउन परमेश्वरसँग पुकार्नुहोस्।

Leave a Reply