Life · Wisdom · Reflection

पचास कटेपछि सोच्ने तरिका बदल्नुपर्छ

ND Lama June 2026
पचास कटेपछि सोच्ने तरिका बदल्नुपर्छ

लौ, पचास वर्ष काटेका साथीहरूसँग मेरो एउटा विचार सेयर गर्न मन लाग्यो।

मेरो एकजना साथी हुनुहुन्छ। उहाँलाई बङ्गुर पाल्ने ठूलो उत्साह छ। टाढा–टाढा ठाउँमा गएर पनि बङ्गुर पाल्ने सोचमा हुनुहुन्छ। उमेरचाहिँ पचास कटिसकेको छ।

अर्का एकजना साथीको बुवा हुनुहुन्छ। उहाँले भैँसी तीनचोटि बेचिसक्नुभयो, फेरि नयाँ भैँसी किन्नुभएको छ। उहाँ पनि अझै भैँसी पाल्ने मोहमा हुनुहुन्छ।

मेरो आफ्नै घरमा पनि हेर्दा, मेरी श्रीमतीले बाख्रा पालेकी छिन्। बाख्राको मोह, बङ्गुरको मोह, भैँसीको मोह — यी सबै गाउँघरको जीवनसँग गाँसिएका कुरा हुन्। माया लाग्छ, रमाइलो पनि लाग्छ।

तर एउटा कुरा हामीले अब सोच्नुपर्छ।

पचास वर्ष कटेपछि हाम्रो शरीर पहिलाजस्तो हुँदैन। विशेष गरेर गाउँघरमा काम गरेर हुर्किएका हामीलाई अझै पनि लाग्छ — "म त पहिले यस्तो गर्थें, त्यस्तो गर्थें, यो पनि सक्थें, त्यो पनि सक्थें।"

लाग्नु स्वाभाविक हो। मलाई पनि लाग्छ।

तर यथार्थ के हो भने, अब शरीरले पहिलाजस्तो साथ दिँदैन। म आफैँ पनि अब धेरै रूख चढ्नु हुँदैन भन्ने सोच्न थालेको छु। रूख चढ्दा रमाइलो लाग्छ, पुरानो बानी सम्झिन्छु। तर हात चिप्लियो भने? खुट्टा चिप्लियो भने? त्यसपछि चोट लाग्यो भने त्यसको मूल्य ठूलो हुन्छ।

पहिले हल्का लड्दा पनि उठेर हिँडिन्थ्यो। अहिले सानो दुर्घटना पनि ठूलो समस्या बन्न सक्छ। हड्डी, जोर्नी, ढाड, घुँडा — यी सबै पहिलाजस्तो बलियो हुँदैनन्।

त्यसैले प्रिय साथीहरू, पचास कटेपछि खाने कुरामा पनि होसियार हुनुपर्छ। गर्ने काममा पनि होसियार हुनुपर्छ। आफूलाई अलि बढी सुरक्षित राख्नुपर्छ।

यसको अर्थ निराश भएर बस्ने होइन। कामै नगर्ने भन्ने होइन। तर काम गर्ने तरिका बदल्नुपर्छ। शरीरको उमेरअनुसार जिम्मेवारी, काम र जीवनशैली मिलाउनुपर्छ।

पहिले सजिलै तह लगाइने भैँसी अहिले सम्हाल्न गाह्रो हुन सक्छ। पहिले सजिलै बोक्ने भारी अहिले ढाडमा असर पार्न सक्छ। पहिले रातभरि जागेर काम गर्दा केही नहुने शरीर अब त्यही कामले थकान, रिस, तनाव र रोग ल्याउन सक्छ।

म आफैँले पनि अहिले केही कुरा अनुभव गर्दैछु। पहिले धेरै भेटघाट, धेरै यात्रा, धेरै निम्ता, धेरै फोन, धेरै सामाजिक कार्यक्रम रमाइलो लाग्थ्यो। अहिले ती सबै कुरामा एउटा सीमा चाहिने रहेछ भन्ने लाग्न थालेको छ।

कसैले बेलुका फोन गरेर "तपाईंको किताब राम्रो लाग्यो" भन्नुहुन्छ। उहाँको भावना राम्रो हो। उहाँले हौसला दिन खोज्नुभएको हो। तर कहिलेकाहीँ शरीर र मन यस्तो अवस्थामा हुन्छ कि राम्रो कुरा सुन्न पनि थकान लाग्दो रहेछ।

त्यसैले हरेक कुराको सीमा चाहिन्छ।

यात्राको पनि सीमा। भेटघाटको पनि सीमा। फोनको पनि सीमा। कामको पनि सीमा। पशुपालनको पनि सीमा। खानपिनको पनि सीमा।

हामीले अब आफूलाई सम्मान गर्न सिक्नुपर्छ।

किनभने हामी स्वस्थ भयौँ भने मात्र परिवारलाई काम लाग्छौँ, समाजलाई काम लाग्छौँ, आफ्ना अधुरा काम पूरा गर्न सक्छौँ। तर हामी आफैँ घाइते भयौँ, बिरामी भयौँ, थलिएर बस्यौँ भने सबै काम रोकिन्छ।

म अहिले धेरै यात्रा गर्न मन पराउँदिनँ। धेरै भेटघाटमा पनि जान मन लाग्दैन। किनभने मेरो आफ्नै कामहरू छन्। चारवटा किताब अझै प्रुफरिडिङमा छन्। ती प्रकाशनका लागि तयार पार्नुछ। अरूको काममा धेरै अल्झिँदा आफ्नो मुख्य काम छुटिरहेको छ।

त्यसैले पचास कटेपछि हामीले प्रश्न गर्नुपर्छ:

"म अझै के गर्न सक्छु?" मात्र होइन, "म के नगर्नु राम्रो हुन्छ?" पनि सोध्नुपर्छ।

जीवन सकिएको होइन। तर जीवनको शैली बदल्ने समय आएको हो।

अब जोशसँगै होस चाहिन्छ। मेहनतसँगै सीमा चाहिन्छ। सपना सँगै शरीरको ख्याल चाहिन्छ।

प्रिय साथीहरू, पचास कटेपछि आफूलाई कम नआँकौँ। तर आफूलाई अत्याचार पनि नगरौँ। शरीरलाई सम्मान गरौँ, समयलाई सम्मान गरौँ, र आफ्नो बाँकी जीवनलाई अझ बुद्धिमानीपूर्वक चलाऔँ।

धन्यवाद।

@ndlama591

लौ, पचास वर्ष काटेका साथीहरूसँग मेरो एउटा विचार सेयर गर्न मन लाग्यो। मेरो एकजना साथी हुनुहुन्छ। उहाँलाई बङ्गुर पाल्ने ठूलो उत्साह छ। टाढा–टाढा ठाउँमा गएर पनि बङ्गुर पाल्ने सोचमा हुनुहुन्छ। उमेरचाहिँ पचास कटिसकेको छ। अर्का एकजना साथीको बुवा हुनुहुन्छ। उहाँले भैँसी तीनचोटि बेचिसक्नुभयो, फेरि नयाँ भैँसी किन्नुभएको छ। उहाँ पनि अझै भैँसी पाल्ने मोहमा हुनुहुन्छ। मेरो आफ्नै घरमा पनि हेर्दा, मेरी श्रीमतीले बाख्रा पालेकी छिन्। बाख्राको मोह, बङ्गुरको मोह, भैँसीको मोह — यी सबै गाउँघरको जीवनसँग गाँसिएका कुरा हुन्। माया लाग्छ, रमाइलो पनि लाग्छ। तर एउटा कुरा हामीले अब सोच्नुपर्छ। पचास वर्ष कटेपछि हाम्रो शरीर पहिलाजस्तो हुँदैन। विशेष गरेर गाउँघरमा काम गरेर हुर्किएका हामीलाई अझै पनि लाग्छ — "म त पहिले यस्तो गर्थें, त्यस्तो गर्थें, यो पनि सक्थें, त्यो पनि सक्थें।" लाग्नु स्वाभाविक हो। मलाई पनि लाग्छ। तर यथार्थ के हो भने, अब शरीरले पहिलाजस्तो साथ दिँदैन। म आफैँ पनि अब धेरै रूख चढ्नु हुँदैन भन्ने सोच्न थालेको छु। रूख चढ्दा रमाइलो लाग्छ, पुरानो बानी सम्झिन्छु। तर हात चिप्लियो भने? खुट्टा चिप्लियो भने? त्यसपछि चोट लाग्यो भने त्यसको मूल्य ठूलो हुन्छ। पहिले हल्का लड्दा पनि उठेर हिँडिन्थ्यो। अहिले सानो दुर्घटना पनि ठूलो समस्या बन्न सक्छ। हड्डी, जोर्नी, ढाड, घुँडा — यी सबै पहिलाजस्तो बलियो हुँदैनन्। त्यसैले प्रिय साथीहरू, पचास कटेपछि खाने कुरामा पनि होसियार हुनुपर्छ। गर्ने काममा पनि होसियार हुनुपर्छ। आफूलाई अलि बढी सुरक्षित राख्नुपर्छ। यसको अर्थ निराश भएर बस्ने होइन। कामै नगर्ने भन्ने होइन। तर काम गर्ने तरिका बदल्नुपर्छ। शरीरको उमेरअनुसार जिम्मेवारी, काम र जीवनशैली मिलाउनुपर्छ। पहिले सजिलै तह लगाइने भैँसी अहिले सम्हाल्न गाह्रो हुन सक्छ। पहिले सजिलै बोक्ने भारी अहिले ढाडमा असर पार्न सक्छ। पहिले रातभरि जागेर काम गर्दा केही नहुने शरीर अब त्यही कामले थकान, रिस, तनाव र रोग ल्याउन सक्छ। म आफैँले पनि अहिले केही कुरा अनुभव गर्दैछु। पहिले धेरै भेटघाट, धेरै यात्रा, धेरै निम्ता, धेरै फोन, धेरै सामाजिक कार्यक्रम रमाइलो लाग्थ्यो। अहिले ती सबै कुरामा एउटा सीमा चाहिने रहेछ भन्ने लाग्न थालेको छ। कसैले बेलुका फोन गरेर "तपाईंको किताब राम्रो लाग्यो" भन्नुहुन्छ। उहाँको भावना राम्रो हो। उहाँले हौसला दिन खोज्नुभएको हो। तर कहिलेकाहीँ शरीर र मन यस्तो अवस्थामा हुन्छ कि राम्रो कुरा सुन्न पनि थकान लाग्दो रहेछ। त्यसैले हरेक कुराको सीमा चाहिन्छ। यात्राको पनि सीमा। भेटघाटको पनि सीमा। फोनको पनि सीमा। कामको पनि सीमा। पशुपालनको पनि सीमा। खानपिनको पनि सीमा। हामीले अब आफूलाई सम्मान गर्न सिक्नुपर्छ। किनभने हामी स्वस्थ भयौँ भने मात्र परिवारलाई काम लाग्छौँ, समाजलाई काम लाग्छौँ, आफ्ना अधुरा काम पूरा गर्न सक्छौँ। तर हामी आफैँ घाइते भयौँ, बिरामी भयौँ, थलिएर बस्यौँ भने सबै काम रोकिन्छ। म अहिले धेरै यात्रा गर्न मन पराउँदिनँ। धेरै भेटघाटमा पनि जान मन लाग्दैन। किनभने मेरो आफ्नै कामहरू छन्। चारवटा किताब अझै प्रुफरिडिङमा छन्। ती प्रकाशनका लागि तयार पार्नुछ। अरूको काममा धेरै अल्झिँदा आफ्नो मुख्य काम छुटिरहेको छ। त्यसैले पचास कटेपछि हामीले प्रश्न गर्नुपर्छ: "म अझै के गर्न सक्छु?" मात्र होइन, "म के नगर्नु राम्रो हुन्छ?" पनि सोध्नुपर्छ। जीवन सकिएको होइन। तर जीवनको शैली बदल्ने समय आएको हो। अब जोशसँगै होस चाहिन्छ। मेहनतसँगै सीमा चाहिन्छ। सपना सँगै शरीरको ख्याल चाहिन्छ। प्रिय साथीहरू, पचास कटेपछि आफूलाई कम नआँकौँ। तर आफूलाई अत्याचार पनि नगरौँ। शरीरलाई सम्मान गरौँ, समयलाई सम्मान गरौँ, र आफ्नो बाँकी जीवनलाई अझ बुद्धिमानीपूर्वक चलाऔँ। धन्यवाद।

♬ original sound - Dr. ND Lama

Explore more

More reflections on life, wisdom, and building a purposeful existence.