कानले काग लग्यो – ए होइन होइन – कागले कान लग्यो

कानले काग लग्यो – ए होइन होइन – कागले कान लग्यो भन्दा दौडनेहरूको जमातमा उहाँ जस्ता तथ्यलाई ठम्याउने व्यक्ति पनि हुनुहुन्छ, “म एक हिन्दू ब्राहमण हुँ । म आफ्नो धर्मप्रति वफादार छु तर सही र गलत छुट्याउन सक्छु । अन्जु पन्तले केही गल्ती गरेकी छैनन् । धन्न सहनसिल रहिछिन् अन्जु पन्त । आफ्नो गल्ती नभएको ठाउँमा नै आँफै सानो बनेर नगरेको गल्तिको समेत सार्वजनिक रुपमा माफ मगिन् । एउटा अल्पसंख्यक धर्म, वर्ण र जातको मान्छेले यो देशमा खुलेर आफुले चाहेको जस्तो रुपमा जिउन पाउँदैन भने हामी एक्काइसौ शाताव्दीको, लोकतान्त्रिक र धर्मनिरपेक्ष राष्ट्र भन्नु धिक्कार छ । जय मातृभुमी नेपाल।” साभारः
http://www.tatonews.com/?p=11036

-बिनोद बिकास सिम्खडा

धर्मको बिषयमा खासै बोल्ने, लेख्ने मान्छे त होइन म । म कसैले धर्मिक प्रसँग उठाउन खोज्यो भने कहिले म कम्युनिष्ट त , कहिले नस्तिक भनेर धर्मिक प्रसँगबाट अलग्गिने खालको मान्छे तर दुई दिनदेखी एउटा गायिकाले हिन्दूत्वको भाव भएको गीत गाउन नमानेको कुरालाई लिएर सामाजिक सन्जाल तातेको देखेर मनमा धेरै कुरा खेल्यो । सामाजिक सन्जालमा त्यो गायिकलाई धेरैले गाली गरेको देखेर उनको गल्ती कहाँ छ भनेर खोज्न लागे ।

प्रसंग धर्म परिवर्तन गरेर इशाइ धर्म अनुसरण गरेकी गायीका अन्जु पन्तको हो । उनले आफू क्रिश्चियन भएको र हिन्दुसँग सम्न्धित शब्द उच्चारण गर्न नसक्ने बताएकी हुन् । ‘दुर्गा माताको आर्शिवादले, सोचे झै पुग्दै जाओस्’बोलको गीत अञ्जुले नगाई फर्केकी हुन् । अब यो गीत देवी घर्तीमगरको आवाजमा रेकडिङ हुँदैछ । यसै बिषयलाई लिएर नेपाली सामाजिक सन्जाल धेरै तातेको छ ।

एक जना सज्जनले फेसबुकमा लेखे । धर्म कै कारण हो भने सारुख खान, अमिर खान, सलमान खान आदि कलाकारहरुले हिन्दु विषय जोडिएका चलचित्रमा खेल्नु नपर्ने हो, धर्म कै कारण भन्ने हो भने अमिताभ बच्चन, अजय देवगण, अक्षय कुमार आदी हिन्दुहरुले ‘मुस्लिम’ रोलमा खेल्नु नपर्ने हो । आखिर किन उनिहरु त्यसो गरिहेका छैनन्  ? उनले अगाड थपे, ‘तर पैसामा आफ्नो धर्मलाई छोडि अर्काको धर्ममा बेचिने अन्जु पन्तजस्तो घमन्डिलाई के थाहा कि कलाकारको कुनै जात रधर्म हुदैन ?’ यी मित्रलाई अन्जु पन्तले सोझै अर्को धर्ममा बेचिएको दावी गरे । र, यसमा मैले कमेन्ट गरेर होइन यसो भन्न मिल्दैन। यो त व्यक्तिगत स्वतन्त्रताको कुरा हो, आफुलाई इक्षा नलागेको कुरा नगर्नु कुनै गल्ती होइन। अन्जु पन्तलाई आफुले के गर्छु भन्न पाउने अधिकार छ । यहाँ तिललाई पहाड बनाउने कोशीस भयो । मलाई एउटा अर्का मित्रले यस्तो जवाफ फर्काए, ‘ब्याक्तिगत कुरो हो भने म यो गाना गाउँन्न भन्दा हुने कुरालाई किन धर्मको बिषयको कुरा निकाल्नु पयो ?’ मित्र गालीगैलजमा नै उत्रन थाले । र, मैले पढेको कुनै खवरहरुमा पनि अन्जु पन्तले त्यसो भनेको भेटिन ।

तर एउटा ब्यक्तिको नैसर्गिक अधिकारमा अरुले प्रश्न गर्दा असह्य भयो ।अनी, मैले कुरा कानुनी कानुनि सन्दर्भ उठाएँ । धर्म ब्यक्तिगत कुरा हो । नेपालको संविधान र ‘युएन ह्युमन राईट डिक्लरेसन’ले दिएको स्वतन्त्रताको कुरा गरेँ । भनेँ, ‘उनले अर्को धर्मलाई नराम्रो भनेकी छैनन, खाली यो मेरो धर्मको गीत होइन, अर्को धर्मको गीत गाउँन्न भनेकी हुन् । यसमा उनको कसरी गल्ति भयो ?’यति कुरा गरेपछि मलाई त उल्टै ‘यो त गैरहिन्दू पो रहेछ पो’ भन्न थाले । त्यसपछि मैले प्रतिकृया दिन नै छाडेँ ।

कतिपय प्रतिकृया पढ्दा त लाग्थ्यो कि देश हिन्दू कट्टरतावादतिर लम्किरहेछ । र, यो त्यही देश हो जहाँ धर्मलाई अफिम मान्ने कम्युनिष्टहरुको बहुलता छ । सबै कम्युनिष्ट पार्टिको शंख्या मिलाउने हो भने साम्यवादीहरुको स्पस्ट बहुमत छ यो देशमा ।त्यसमाथि हाम्रो देश कानूनी रुपमा धर्म निरपेक्ष्य हो । र, उसो त धर्म निरपेक्ष्य राष्ट्र भएपनी बहुसंख्यक हिन्दूको सम्मन गर्दै गाई काट्न नपाईने कानून विद्यमान छ । कानूनी रुपमै यस्तो हुँदाहुँदै पनि मान्छेहरु किन बुझिरहेका छैनन् ? कि कट्टरतातर्फ लम्रिहेका छन् ?

अर्का मित्रले आफ्नो फेसबुक मार्फत अप्सनहरु दिएर जनादेश लिन खोजे । ‘हिन्दुवादी शब्द भन्दै गित गाउन अस्विकार र हिन्दु धर्म सम्बन्धी कुनै गीत गाउन मेरो धर्मले दिदैन भन्ने गायिका अन्जु पन्त लाई के गर्नु पर्ला ?’
१. कडा भन्दा कडा कारवाही गर्नु पर्छ ।
२. ठिकै छ त्यो उनको मौलिक अधिकार हो ।
३. अन्जु पन्तलाई बहिस्कार गरौ ।
४. तपाइको कुनै अप्सन लेखेर दवाव गरौ ।

यसको प्रतिकृयामा धेरैले ‘अन्जु पन्तलाई बहिस्कार’ गर्नु पर्ने पो उल्लेख गरे । र, एकजना मित्रले अन्जु पन्तलाई देश निकाला गर्नुपर्ने सम्म लेख्न भ्याए । र, मलाई उत्तर दिन मन लाग्यो, ‘यो बिषयमा अन्जु पन्तलाई भन्दा अरुलाई बोल्ने अधिकार छैन ।’

हामीले बुझ्नुपर्ने कुरा के छ भने यो विषय अन्जु पन्तको नित्तान्त  व्यक्तिगत हो । उनलाई आफुलाई सही लागेको कुरा गर्ने र गलत लगेको कुरा नगर्ने पुर्ण अधिकार छ । उनी एउटा यस्तो देशको नागरिक हुन् जुन देशमा लोकतान्त्रिक गणतन्त्र छ । उनलाई उनको देशले धर्म छान्ने अधिकार दिएको छ । उनले स्पस्ट रुपमा ‘यो अरु धर्मको भाव भएको भजन रहेछ । म यो गाउन्न’ भन्दा किन यतिबिघ्न होहल्ला ? उनको इक्षाको किन हाम्रो धर्मले कदर गर्न नसकेको ?, के हामी नेपाली हिन्दूहरुममा त्यति पनि सहीष्णुता बाँकी छैन ? हिजो देश अधिकारिक रुपमा ‘हिन्दू राष्ट्र’बाट ‘धर्म निरपेक्ष्य’ राष्ट्र बनाउँदा सहर्स स्विकारेर विश्वलाई हाम्रो सहिष्णुताको उदाहरण दिएका थियौँ । र, आज एउटा कलाकारले अर्को धर्मको गीत गाउन्न भन्दा किन यसलाई उछालियो ? यस्ता कुराले नै धार्मिक र साम्प्रदायिक दंगा भड्काउन सक्छ । र, एउटा भारतिय कलाकारले ‘म हनिमुनमा नेपाल जान्न भन्दा’ त त्यत्रो दंगा मच्चिउको घट्ना अझैपनि हाम्रो दिमागमा ताजै छ ।

अब यहि कुरालाई लिएर अन्जु पन्तलाई शुलीमा चढाउनु गलत छ । यस्तो नहोस् । म एक हिन्दू ब्राहमण हुँ । म आफ्नो धर्मप्रति वफादार छु तर सही र गलत छुट्याउन सक्छु । अन्जु पन्तले केही गल्ती गरेकी छैनन् । धन्न सहनसिल रहिछिन् अन्जु पन्त । आफ्नो गल्ती नभएको ठाउँमा नै आँफै सानो बनेर नगरेको गल्तिको समेत सार्वजनिक रुपमा माफ मगिन् । एउटा अल्पसंख्यक धर्म, वर्ण र जातको मान्छेले यो देशमा खुलेर आफुले चाहेको जस्तो रुपमा जिउन पाउँदैन भने हामी एक्काइसौ शाताव्दीको, लोकतान्त्रिक र धर्मनिरपेक्ष राष्ट्र भन्नु धिक्कार छ । जय मातृभुमी  नेपाल।

(लेखक सिम्खडा बेलायतवासी नेपाली हुन ।)

Similar Posts

  • |

    भावी पीडिलाई के छोड्दै हुनुहुन्छ?

    सन १८०० को दशकमा दुइजना समकालीन मानिसहरू न्यूयोर्क शहर बसेका थिए। ती दुईमा एकजनाले परमेश्वरमा विश्वास नगर्नुका साथै छाडा यौन जीवनलाई अंगाले। उनले कुनै निती र नियम विनाको जीवन जिए। तर दोस्रोले अनुसासित तथा नमूनाको जीवन जिएका थिए। त्यो व्यक्ति पछि पास्टर बने। उनले आफ्नो जीवनकालमा कयौ पुस्तकहरू लेखे र धेरै मानिसहरूलाई सुसमाचार प्रचार गरे।…

  • |

    आफू डलरले टिल्ल भएर अरूलाई डलरिया भन्न पनि सुहाउँछ र?

    आजभोली कति मानिसहरूले इसाइ आस्थालाई डलरको आरोप लगाउन थालिएको छ। आफ्नो धर्म पैसामा बेच्ने भनी लान्छाना लगाउन थालिएको छ। पैसामा विक्री हुने आस्था कति सस्तो आस्था है? यो आरोपले उक्त समूहको आस्थालाई कसरी उदाङ्गो बनाउँछ सो म यहाँ व्याख्या गर्न चाहन्न। किनकि उक्त आस्थामा मेरो रतीभरको विश्वास नभएपनि म उक्त आस्थामा हुने मानिसहरूको कदर गर्दछु।…

  • | |

    के गरीब iPod हो र सबैले किन्ने?

    कतिपय मानिसहरूले इसाइ मतलाई पैसाको आरोप लगाउँछन्। “गरीबलाई बेचेर” जस्ता लान्छानाहरू लगाउँछन्। के गरीव पनि बेच्ने चीज हो र? के गरीब iPod जस्तै सबैले खोजी खोजी किन्ने रहर लाग्दो बस्तु हो र? गरीबलाई किनेर कहाँ बेच्न जाने? गरीबलाई कसले किन्ला र? वास्तव मै भन्ने हो भने गरीबलाई किन्ने बस्तुसँग दाज्न मिल्दैन। यो विचार आफैमा नीच…

  • भूकम्प पीडितलाई सफा खाने पानी जुटाउन -१०० क्लोरिन जेनेरेटर

    बाटरस्टेप्स एम-१०० क्लोरिन जेनेरेटर – सजिलो, सानो, प्रभावकारी एम-१०० एउटा पानी शुद्ध पार्ने प्रणाली हो, यसले इल्क्ट्रोलाइसिसद्बारा क्लोरिन उत्पादन गर्छ। यसको लागि अलिकता खाने नून र १२ भोल्टको व्याट्री वा सोलार प्यानल भए पुग्छ।यति भए यसले ३८००० लिटर पानीलाई शुद्धपार्न चाहिने जति क्लोरिन उत्पादन गर्छ – जुन झण्डै १०,००० मानिसहरूलाई पुग्छ। पानी शुद्धिकरणको बेलामा निस्केको…

  • | |

    बाँधेको हात्ती

    परीक्षा र नियमले बाँधिएको नेपालको शिक्षा बाँधेको हात्ती एउटा विचारोत्तेजक पुस्तक हो जसले नेपालको शिक्षा प्रणालीमा रहेको परीक्षा–केन्द्रित सोच, कठोर नियम, र नियन्त्रणको संस्कृतिलाई प्रश्न गर्छ। यो पुस्तकले देखाउँछ कि कसरी ठूलो क्षमता भएका विद्यार्थी, शिक्षक र विद्यालयहरू—सानो “डोरी” जस्तै परीक्षा र नियमले बाँधिएका छन्। जीवनका लागि सुरु भएको शिक्षा कसरी अंक, प्रमाणपत्र र नियन्त्रणको…

  • | |

    Building a Christian Study Center: A Practical Alternative to Establishing a University

    Building a Christian Study Center: A Practical Alternative to Establishing a University
    Establishing a university is a resource-intensive endeavor, often unattainable due to constraints like time, finances, and human capital. However, creating a Christian study center offers a practical and impactful alternative. This model provides accredited teacher education programs through strategic partnerships with organizations such as ECEC Nepal, EQUIP (KISC), TeachBeyond, ITEEN, and DAI.

    The study center can draw from ITEEN’s pilot undergraduate program and DAI’s Master’s in Organizational Leadership as templates, offering accessible and flexible education that integrates Christian principles. By focusing on teacher education, leadership development, and early childhood education, the study center equips educators to influence their communities with credibility and a strong Christian worldview.

    This approach balances practicality with vision, meeting immediate educational needs while investing in the development of future leaders. Through collaboration, tailored curricula, and globally recognized accreditation, the study center becomes a hub for transformative education, uniting faith and learning to make a lasting impact.

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.