तपाई कतै विधिले किच्चिक्क हुनुभएको त छैन?

विधिदासले (विधिको दास) जीवनको आनन्दपूर्ण सेवालाई तहसनहस पार्दछ। विधिदास यति विनासकारी हुन्छ कि यसले हामीलाई तिते करेली नै बनाउँछ। यसले जीवनका आनन्दहरू सबै खोसेर लैजान्छ। हामीले अरूको सेवा गर्दा जुन आनन्द महसुस गर्छौ, त्यसको स्वाद नै थाहा नपाउने गरी बोधो बनाइ दिन्छ। वास्तवमा विधिदासलाई सेवा वा मिनिस्ट्रिलाई सखाप पार्ने सलह नै मान्न सकिन्छ।
विधिदास भनेको के हो? यसको उत्त्पत्ति कसरी हुन्छ? यसको सुरुवात जब ख्रीष्ट र हाम्रो व्यक्तिगत सम्बन्धलाई नियम र कर्म काण्डमा परिणत गर्दछौ तब हुन्छ। यो एउटा नजानिदो पासो हो, जब हामी यसको दास बन्छौ तब हाम्रो ध्यान परमेश्वरले हाम्रो जीवनमा गर्नुभएको महान कामबाट विस्तारै हाम्रो आफ्नो कामतिर सर्छ र परमेश्वरले हाम्रो जीवन गर्नुभएका कामहरूलाई विर्सन थाल्छ।
फिलिप्पी ३ अध्यायमा पावल आफैले कसरी विधिको पालन गरेको र उनी कसरी असफल बने ती कुरा उल्लेख गरिएको छ। यस क्रममा उनले हामीलाई पाँचवटा बुँदाहरू औलाइ दिएको देखिन्छ। उनका यी बुँदाहरूले आज पनि हामी धेरैलाई सिकार बनाएका छन्। उनले दिएका पाँचवटा वुंदाहरू निम्न छन्।
१. विधिदास भनेको हाम्रो भरोसा धार्मिक कर्मकाण्डमा राख्नुः पावल भन्छ, यहूदी नियम अनुसार “आठौ दिनमा मेरो खतना भएको हो” (फिलिप्पी ३:५क)। आज इसाइले भन्न सक्छ, “मैले वप्तिस्मा लिएको छु”, “म निरन्तर चर्च जान्छु”, “मैले प्रभुभोज खान्छु”। यी सबै कुराहरू असल कुराहरू हुन् तर यी कुराहरू गर्दैमा तपाईले परमेश्वरको निगाह कमाउन सक्नुहुन्न।
२. विधिदास भनेको हाम्रो भरोसा आफ्नो जातमा राख्नुः पावल भन्छ, “म इस्राएल जातिको वेन्यामिन कुलको हुँ” (फिलिप्पी ३:५ख) म विशेष वंशावली पो हुँ। अनि योचाहिँ आज कतिले “मेरो पनि परमेश्वरसँग सम्बन्ध छ किनकि मेरो काका मिशिनरी हुनुहुन्छ”, अथवा मेरो आमा ख्रीष्टियन हुनुहुन्थ्यो भन्नु जस्तै हो। यसरी कसैको उद्वार हुँदैन। प्रत्येकले आफ्नो उद्वारकोलागि येशूलाई पछ्याउने निर्णय गर्नुपर्छ।
३. विधिदास भनेको हाम्रो भरोसा धर्ममा राख्नुः पावल भन्छ, “म हिब्रूको पनि हिब्रू” (फिलिप्पी ३:५ग) कति इसाइले “तपाईको परमेश्वरसँगको सम्बन्ध कस्तो छ?” भनी सोधे यसरी उत्तर दिन सक्छ। “म पेन्टीकोस्टल हुँ”, “म व्याप्टिस्ट हुँ”, “म एल्सादाइ हुँ”। तर हामी स्वर्ग पुग्दा परमेश्वरले हामीलाई हाम्रो सम्प्रादाय सोध्नुहुन्न। बरू हामीले उहाँको पुत्र येशूलाई कसरी प्रतिक्रिया जनायौँ त्यो सोध्नुहुन्छ। “के तिमीले मेरो पुत्र येशूलाई आफ्नो प्रभु बनायौँ?” भनेर सोध्नुहुन्छ।
४. विधिदास भनेको हाम्रो भरोसा नियमहरूमा राख्नुः पावल भन्छ, “व्यवस्थाको विषयमा हो भने एक फरिसी” (३:५घ)। त्यो समयमा फरिसीहरू आत्मिकी बाहुनहरू थिएँ। उनीहरूले दशआज्ञालाई ६१३मा बदलेका थिएँ। उनीहरूकोलागि दश आज्ञा प्रयाप्त भएन, दशले मात्र पुगेन। उनीहरूले विश्राम दिनमा पारिएको अण्डा खान्न थिएँ कारण कुखुराले आराम गर्ने दिनमा अण्डा पार्ने “काम” गरे। उनीहरूलाई विश्राम दिनमा लामखुटेले टोक्यो भने कन्याउँदैन थिए किनकि कन्याउनु उनीहरूकोलागि काम थियो। पावलले आफ्नो फरिसीको पृष्ठभूमी देखाएर भन्दै हुनुहुन्थ्यो, “के तिमीहरू नियम वा विधिको कुरा गर्छौ? मैले ती सबै विधिहरू पालन गरेको हुँ”।
५. विधिदास भनेको हाम्रो भरोसा प्रतिस्ठामा राख्नुः अन्तमा, पावलले भन्छ, “जोशको हिसावमा, धार्मिकताको हिसावमा … निष्खोट ठहरिएको हुँ” अर्को अर्थमा पावलले भन्दैछ कि म सुपरस्टार विधिदास हुँ। आज हामीले निम्न कुराहरूमा घमण्ड गर्न सक्छौँ। मेरो चर्चमा यती धेरै विश्वासी छ, हामी यति लामो प्रार्थना गर्छौ, गएको हप्ता हामीले यति धेरैजना प्रभुमा डोर्यायौ, हाम्रो चर्चमा उपवास प्रार्थना हुन्छ। तर निचोड यही को कि यी कुराहरू गरेर परमेश्वर हामी प्रति अझ धेरै प्रसन्न पार्न सकिन्न।
यी कुराहरू आफैमा कुनै गलत छैन तर समस्या कहाँ आउँछ भने जब हामीले विचार गर्न थाल्छौ कि यी कुराहरू पूरा गरेपछि परमेश्वरले मलाई बढी नम्बर, अंक दिनुहुन्छ वास्तवमा यी कुराहरू गरेर तपाईले बढी अंक पाउनुहुन्न। उहाँले हामीलाई कुनै सर्त विना प्रेम गर्नुहुन्छ। यदि तपाईले यी माथिका बुंदाहरूमा भरोसा राख्न थाल्नुभयो भने तपाईले आफ्नो आनन्द गुमाउनुहुन्छ र तपाईको सेवा ढलपिलन थाल्छ। तपाईले उदासी जीवन जिउँनुहुन्छ।
विधिदास विरुद्धको खोपचाहिँ अनुग्रह हो। अनुग्रह भनेको मैले परमेश्वरको प्रेमलाई कमाउनु पर्दैन, हामीले प्रेमिलो मुहार कमाउनु पर्दैन। परमेश्वर हामी प्रति सधै प्रसन्न हुनुहुन्छ। यसलाई बुझेर परमेश्वरमा भरोसा राखिएको जीवन जिउँनु हो। के हामी यसको योग्य भएर हो? होइन, हामी त दण्डको योग्य थियौँ। के त्यसो भए हामीले विधि र धर्मकर्म गरेकोले हो? होइन। हाम्रो धर्मकर्म त थोत्रो थाङ्ना जस्तै हो। हामी प्रति परमेश्वर प्रसन्न हुनुको एउटै कारणचाहिँ हामीहरू ख्रीष्टको रगतको धामिकर्तामा पुरिएका छौँ।
हामीहरूको सेवामा एउटा मुख्य समस्याचाहिँ हाम्रो ध्यान परमेश्वरले के गर्नुभयोबाट हामीले परमेश्वरकोलागि के गर्यौमा सर्नु हो। यो एकदमै खतरा हुन्छ, अति भयानक खतरा। परमेश्वरको प्रेमलाई घडबड गराउने तपाईसँग कुनै पनि मन्त्र छैन। तपाईले सेवाबाट पाउने उपलब्धीचाहिँ आनन्द हो। तर सेवाहरू परमेश्वरबाट थप मन्जुरी पाउनलाई गर्नुहुन्न। किनकि तपाईलाई उहाँले बचाउनुभएको, तपाईको कामको आधारमा होइन। तपाईलाई उहाँले आफ्नो बनाउनुभएको त तपाईको खातिर ख्रीष्टले गर्नुभएको कार्य कारणले हो। यसलाई भनिन्छ अनुग्रह। यो सित्तैको वरदान हो।
ख्रीष्टियन जीवन भनेको धार्मिक विधि र नियमहरू पालन गर्नु होइन तर परमेश्वरसँग सम्बन्धमा जिउनु हो। धर्म हाम्रो काममा आधारित हुन्छ तर इसाइ जीवन ख्रीष्ट येशूमा आधारित हुन्छ। अर्कोतिर सेवाको काम सक्यो भनेर कहिले पनि नसोच्नुहोस्। तपाईले जिउँनुको मजा वा आनन्द सबै गुमाउनुहुनेछ। सेवामा कठोर वा रूखो व्यक्तिभन्दा उदास वा दुःख लाग्दो कुरा अरू केही पनि हुँदैन।

Similar Posts

  • |

    भावी पीडिलाई के छोड्दै हुनुहुन्छ?

    सन १८०० को दशकमा दुइजना समकालीन मानिसहरू न्यूयोर्क शहर बसेका थिए। ती दुईमा एकजनाले परमेश्वरमा विश्वास नगर्नुका साथै छाडा यौन जीवनलाई अंगाले। उनले कुनै निती र नियम विनाको जीवन जिए। तर दोस्रोले अनुसासित तथा नमूनाको जीवन जिएका थिए। त्यो व्यक्ति पछि पास्टर बने। उनले आफ्नो जीवनकालमा कयौ पुस्तकहरू लेखे र धेरै मानिसहरूलाई सुसमाचार प्रचार गरे।…

  • | | |

    From Monopoly to Modernity: Rethinking Degree Recognition in Nepal

    By Dr. ND Lama 1. A Gate Locked by Paper In Nepal, anyone who studies abroad or through alternative systems such as GED or online universities must first pass through a bureaucratic gate: the equivalency certificate issued by Tribhuvan University (TU).Without it, even qualified graduates cannot apply for government jobs, pursue higher education, or receive…

  • | |

    के गरीब iPod हो र सबैले किन्ने?

    कतिपय मानिसहरूले इसाइ मतलाई पैसाको आरोप लगाउँछन्। “गरीबलाई बेचेर” जस्ता लान्छानाहरू लगाउँछन्। के गरीव पनि बेच्ने चीज हो र? के गरीब iPod जस्तै सबैले खोजी खोजी किन्ने रहर लाग्दो बस्तु हो र? गरीबलाई किनेर कहाँ बेच्न जाने? गरीबलाई कसले किन्ला र? वास्तव मै भन्ने हो भने गरीबलाई किन्ने बस्तुसँग दाज्न मिल्दैन। यो विचार आफैमा नीच…

  • | |

    बाँधेको हात्ती

    परीक्षा र नियमले बाँधिएको नेपालको शिक्षा बाँधेको हात्ती एउटा विचारोत्तेजक पुस्तक हो जसले नेपालको शिक्षा प्रणालीमा रहेको परीक्षा–केन्द्रित सोच, कठोर नियम, र नियन्त्रणको संस्कृतिलाई प्रश्न गर्छ। यो पुस्तकले देखाउँछ कि कसरी ठूलो क्षमता भएका विद्यार्थी, शिक्षक र विद्यालयहरू—सानो “डोरी” जस्तै परीक्षा र नियमले बाँधिएका छन्। जीवनका लागि सुरु भएको शिक्षा कसरी अंक, प्रमाणपत्र र नियन्त्रणको…

  • | |

    Building a Christian Study Center: A Practical Alternative to Establishing a University

    Building a Christian Study Center: A Practical Alternative to Establishing a University
    Establishing a university is a resource-intensive endeavor, often unattainable due to constraints like time, finances, and human capital. However, creating a Christian study center offers a practical and impactful alternative. This model provides accredited teacher education programs through strategic partnerships with organizations such as ECEC Nepal, EQUIP (KISC), TeachBeyond, ITEEN, and DAI.

    The study center can draw from ITEEN’s pilot undergraduate program and DAI’s Master’s in Organizational Leadership as templates, offering accessible and flexible education that integrates Christian principles. By focusing on teacher education, leadership development, and early childhood education, the study center equips educators to influence their communities with credibility and a strong Christian worldview.

    This approach balances practicality with vision, meeting immediate educational needs while investing in the development of future leaders. Through collaboration, tailored curricula, and globally recognized accreditation, the study center becomes a hub for transformative education, uniting faith and learning to make a lasting impact.

  • |

    Interrelationship between Integrated Curriculum and Thematic Approach from ECDE to Grade Three in Nepal

    by Singi Lhomi AbstractThis article examines the interrelationship between integrated curriculum and the thematic approach in Nepal’s early childhood and primary education (ECDE to Grade Three). Grounded in constructivist theory, the study argues that blending multiple subject areas under a unified theme fosters holistic learning by nurturing cognitive, social, and creative skills. Employing a qualitative…

2 Comments

  1. While you make a good case ND yet an insight into the obedience to the moral laws should have been included as an example of faith that is complimented by works and works that are the result of faith. I am sure a guy like you must be aware of the difference between the ceremonial mosaic laws and the TC moral laws…..nevertheless the article is good but further fine tuning is required I guess….now don’t label me as judgmental immediately hai hahaha.

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.