समाजका धमिराहरूलाई चिनी राखौँ

HinduBudhhist1धार्मिक आस्थाहरूकोबारेमा सिक्न पाउनु बालबालिकाको नैसर्गिक अधिकार हुन्। मेरो छोराछोरीलाई इसाइ आस्थाका साथसाथै हिन्दु धर्म, बुद्ध धर्म, ग्रीक धर्म जस्ता अन्य आस्थाहरूकोबारेमा अध्ययन गराइ रहेको छु। हिन्दु धर्म तथा बुद्ध धर्मकोबारेमा सिकाउने बालबलिका केन्द्रिन पुस्तकहरू नपाएर दुःख पाइ रहेको छु। तपाईसँग छ भने मलाई चाहिँएको छ।

मैले ४ कक्षा रामायण अध्ययन गरेको थिएँ, त्यतीखेर म बुद्ध धर्म मान्ने सानो केटो थिएँ। रामायण तथा महाभारत पढाएर मेरो अधिकार हनन गरेको जस्तो न त्यो बेला महसुस गरियो न अहिले लागेको छ। महेन्द्र संस्कृत विश्वविद्यालयमा आवेदन दिन नपाइने कुरा सुन्दा नरमाइलो मानेको थिएँ।

धार्मिक आस्था सिकाउनु, बालबालिकालाई स्वच्छ रूपले प्रश्न सोध्ने, तर्क गर्ने, चिन्तन मनन गर्ने अधिकार दिइनु कुनै पनि हालतमा अपराध हुन सक्दैन। इसाइ भएर रामायाण, महाभारत पढ्नुहुन्न, हिन्दुभएर बाइबल छुनुहुन्न भन्ने विचार कुण्ठित विचार हुन्। धर्म व्यक्तिको स्वइच्छाले छान्ने छानेर लिने कुरा हुन्। यसलाई लाद्ने काम या एकोहोरो बनाउने काम कुनै समूहले गर्नु हुन्न। लादिएको विश्वासलाई आस्था भन्न मिल्दैन, त्यो त तानाशाही विचार हो।

विज्ञान धर्म मानेर स्कुलमा साना साना बालबलिकाहरूलाई कण्डमकोबारेमा सिकाउन मिल्ने तर नैतिकताको बारेमा सिकाउन नमिल्ने? कण्डमको बारेमा सिकाउनु बालअधिकार ठान्ने धर्मको बारेमा सिकाउनु वालअधिकार हनन भएको ठान्ने समूह समाजका धमिराहरू हुन्।

Similar Posts

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.