|

सफल जीवनका सात बानीहरू — The 7 Habits of Highly Effective People

The 7 Habits of Highly Effective People — सरल नेपालीमा।

नेपाली

सात बानीको यात्रा: अरूमा निर्भर → आफ्नो जिम्मेवारी लिने → अरूसँग मिलेर अगाडि बढ्ने। बानी १–३ निजी विजय, बानी ४–६ सार्वजनिक विजय, बानी ७ नवीकरण।

हामी सबै राम्रो जीवन जिउन चाहन्छौँ। तर राम्रो जीवन केवल धेरै पढेर, धेरै पैसा कमाएर वा अरूभन्दा अगाडि पुगेर मात्र बन्दैन।

हाम्रो जीवनको दिशा धेरै हदसम्म यसले निर्धारण गर्छ— हामी समस्यालाई कसरी हेर्छौँ? कसरी निर्णय गर्छौँ? आफ्‍नो समय कसरी प्रयोग गर्छौँ? अरूसँग कसरी व्यवहार गर्छौँ? र आफैलाई कसरी निरन्तर विकास गर्छौँ?

Stephen R. Covey को प्रसिद्ध पुस्तक The 7 Habits of Highly Effective People ले यिनै कुरालाई सातवटा बानीमार्फत बुझाउँछ। मैले विद्यालयमा विद्यार्थी र शिक्षकलाई सिकाउँदा यी सात बानीलाई सरल नेपाली शब्दमा बुझाउने प्रयास गरेको छु।

सात बानीको यात्रा

यी सात बानी केवल सातवटा छुट्टाछुट्टै सुझाव होइनन्। तिनले मानिसलाई एउटा यात्रामा लैजान्छन्— अरूमा निर्भर → आफ्‍नो जिम्मेवारी लिने → अरूसँग मिलेर अगाडि बढ्ने।

Dependence → Independence → Interdependence

Habit 1–3: आफूलाई चलाउन सिक्‍ने — Private Victory

पहिले आफ्‍नो सोच, निर्णय, लक्ष्य, समय र व्यवहारको जिम्मेवारी लिन सिक्‍ने।

Habit 4–6: अरूसँग मिलेर जिउन सिक्‍ने — Public Victory

त्यसपछि अरूलाई बुझ्‍ने, दुवैको भलो खोज्‍ने र मिलेर अझ राम्रो परिणाम निकाल्‍न सिक्‍ने।

Habit 7: जीवनमा निरन्तर धार लगाउने — Renewal

शरीर, हृदय/भावना, दिमाग र आत्मालाई नियमित रूपमा बलियो बनाउँदै जाने।

यसलाई सरल भाषामा यसरी सम्झन सकिन्छ— पहिले आफूलाई चलाउन सिक्‍ने। त्यसपछि अरूसँग मिलेर यात्रा गर्न सिक्‍ने। अनि यात्रामा आफैलाई निरन्तर तयार राख्‍ने।

सात बानीको यात्रा: बानी १–३ निजी विजय, बानी ४–६ सार्वजनिक विजय, बानी ७ नवीकरण; अरूमा निर्भर → आफ्नो जिम्मेवारी → अरूसँग मिलेर।

१. उपाय खोज्‍ने (Be Proactive)

समस्या आयो भनेर अरूलाई दोष दिने, रिसाउने वा हार मान्‍ने होइन। बरु आफैलाई सोध्‍ने—“अब म के गर्न सक्छु?”

Reactive मानिस भन्छ—“उसले गर्दा यस्तो भयो।” Proactive मानिस भन्छ—“जे भयो भयो, अब मेरो हातमा के छ?”

यसको अर्थ सबै कुरा हाम्रो नियन्त्रणमा हुन्छ भन्‍ने होइन। तर आफ्‍नो प्रतिक्रिया र अर्को कदमको जिम्मेवारी लिन सकिन्छ।

दैनिक उदाहरणHomework नगरेको विद्यार्थीले—“Teacher ले राम्रोसँग सिकाउनुभएन” भन्‍नुको सट्टा, “अब बुझ्‍न म के गर्न सक्छु?” भनेर सोच्‍न सक्छ।

सरल प्रश्न: म उपाय खोज्दै छु कि बहाना खोज्दै छु?

२. लक्ष्य बोक्‍ने (Begin with the End in Mind)

कहाँ पुग्‍ने हो थाहा नभई हिँड्दा जुनसुकै बाटो ठीक जस्तो लाग्छ। त्यसैले कुनै काम सुरु गर्नुअघि सोच्‍नुपर्छ—“अन्त्यमा म कहाँ पुग्‍न चाहन्छु?”

विद्यार्थीले पनि आफैलाई सोध्‍न सक्छ—“म कस्तो मानिस बन्‍न चाहन्छु?” “म के सिक्‍न चाहन्छु?” “यो वर्षको अन्त्यसम्म कहाँ पुग्‍न चाहन्छु?” “मेरो जीवन कुन दिशातिर जाँदै छ?”

लक्ष्य भनेको परीक्षा पास गर्ने कुरा मात्र होइन। कस्तो मानिस बन्‍ने भन्‍ने कुरा पनि लक्ष्य हो।

दैनिक उदाहरण“म English राम्रो बोल्‍न चाहन्छु” भन्‍ने लक्ष्य छ भने आजदेखि त्यसका लागि अभ्यास सुरु गर्नुपर्छ।

सरल प्रश्न: मैले आफ्‍नो लक्ष्य बोकेको छु कि दिन जता लग्यो त्यतै हिँडिरहेको छु?

३. लक्ष्यअनुसार जिउने (Put First Things First)

लक्ष्य हुनु मात्र पर्याप्त हुँदैन। हाम्रो समय, मेहनत र दैनिक निर्णय पनि त्यही लक्ष्यसँग मिल्‍नुपर्छ।

परीक्षामा राम्रो गर्ने लक्ष्य छ तर पढाइभन्दा मोबाइलमा धेरै समय बित्छ भने लक्ष्य एउटा दिशामा छ, जीवन अर्को दिशामा।

यस बानीको सरल अर्थ हो—पहिला महत्त्वपूर्ण काम गर्ने। जरुरी देखिने सबै कुरा महत्त्वपूर्ण हुँदैनन्। र महत्त्वपूर्ण सबै कुरा तत्काल जरुरी देखिँदैनन्।

दैनिक उदाहरणभोलि परीक्षा छ भने पहिले revision गर्ने, त्यसपछि मात्र entertainment हेर्ने।

सरल प्रश्न: आज मैले गरेको कामले मलाई मेरो लक्ष्यतिर लैजाँदै छ कि टाढा?

पहिला तीन बानीले हामीलाई आफ्‍नो जीवन सम्हाल्‍न सिकाउँछन्। अब प्रश्न आउँछ—आफूलाई सम्हाल्‍न सिकेपछि अरूसँग कसरी जिउने? त्यसका लागि अर्को तीन बानी आउँछन्।

४. जित्‍ने, जिताउने (Think Win-Win)

जीवनको हरेक सम्बन्ध प्रतियोगिता होइन। “म जितेँ भने तिमी हार्नुपर्छ” भन्‍ने सोचले लामो समयसम्म राम्रो सम्बन्ध बनाउन सक्दैन।

Win-Win को अर्थ हो—“मलाई पनि राम्रो होस्, तिमीलाई पनि राम्रो होस्।” यसको अर्थ हरेक अवस्थामा सबैले चाहेको कुरा पाउँछन् भन्‍ने होइन। बरु सकेसम्म दुवै पक्षको हित हुने समाधान खोज्‍ने सोच हो।

दैनिक उदाहरणदुई विद्यार्थी एउटै सामग्री प्रयोग गर्न चाहन्छन् भने झगडा गर्नुको सट्टा समय बाँडेर प्रयोग गर्न सक्छन्।

सरल प्रश्न: म मात्र जित्‍न खोज्दै छु कि अरूलाई पनि जिताउन खोज्दै छु?

५. पहिले अरूलाई बुझ्‍ने (Seek First to Understand, Then to Be Understood)

मानिसको एउटा सामान्य समस्या छ—हामी अरूको कुरा सुन्दै गर्दा पनि धेरैपटक आफ्‍नो जवाफ तयार गरिरहेका हुन्छौँ। तर राम्रो सम्बन्धको सुरुवात बोल्‍नुबाट होइन, सुन्‍नुबाट हुन्छ।

पहिले सुन्‍ने। पहिले बुझ्‍ने। त्यसपछि आफ्‍नो कुरा बुझाउने। यसको अर्थ आफूले बोल्‍नै नहुने होइन। पहिले अर्को व्यक्तिको दृष्टिकोण बुझेर त्यसपछि आफ्‍नो कुरा स्पष्ट रूपमा राख्‍ने हो।

दैनिक उदाहरणसाथी रिसाएको छ भने तुरुन्त आफ्‍नो बचाउ गर्नुको सट्टा—“तिमीलाई के कुराले दुःख लाग्यो?” भनेर पहिले बुझ्‍ने प्रयास गर्न सकिन्छ।

सरल प्रश्न: म साँच्चै सुनिरहेको छु कि बोल्‍ने पालो मात्र पर्खिरहेको छु?

६. मिलेर काम गर्ने (Synergize)

सबै मानिस एउटै किसिमका हुँदैनन्। कसैलाई राम्रो बोल्‍न आउँछ। कसैलाई राम्रो लेख्‍न आउँछ। कसैलाई योजना बनाउन आउँछ। कसैलाई काम पूरा गर्न राम्रो आउँछ।

फरक हुनु कमजोरी मात्र होइन। ठीकसँग प्रयोग गर्न सकियो भने फरकपन शक्ति बन्‍न सक्छ। तिमीमा एउटा क्षमता छ, ममा अर्को। हामी सही तरिकाले मिल्यौँ भने एक्लै गर्न सक्नेभन्दा राम्रो परिणाम आउन सक्छ।

दैनिक उदाहरणGroup project मा सबैले एउटै काम गर्ने होइन। आ-आफ्‍नो बलियो पक्षअनुसार जिम्मेवारी बाँड्दा परिणाम राम्रो आउँछ।

सरल प्रश्न: म फरक मानिससँग लडिरहेको छु कि उसको फरक क्षमता प्रयोग गरेर मिलेर काम गर्दै छु?

७. जीवनमा धार लगाउने (Sharpen the Saw)

कल्पना गर्नुहोस्— एउटा मानिसले आराले लगातार काठ काटिरहेको छ। आरा बिस्तारै भुत्ते हुँदै जान्छ। तर ऊ भन्छ—“म धेरै व्यस्त छु, धार लगाउने समय छैन।” त्यसपछि उसले पहिलेभन्दा धेरै मेहनत गर्छ तर कम काठ काट्छ।

हाम्रो जीवन पनि त्यस्तै हुन सक्छ। काम, पढाइ र जिम्मेवारी मात्र थप्दै जाने तर आफैलाई बलियो बनाउने समय नदिएपछि हामी थाक्दै जान्छौँ।

त्यसैले जीवनका चार क्षेत्रलाई नियमित रूपमा बलियो बनाउनुपर्छ—

  • शरीर — Body: स्वास्थ्य, व्यायाम, राम्रो खानपान, पर्याप्त निद्रा र आराम।
  • हृदय/भावना — Heart: सम्बन्ध, प्रेम, मित्रता, सहानुभूति, क्षमा र भावनात्मक परिपक्वता।
  • दिमाग — Mind: पढाइ, सोचाइ, सिर्जनशीलता र नयाँ कुरा सिक्‍ने बानी।
  • आत्मा — Spirit: मूल्य, विश्वास, प्रार्थना, सेवा, उद्देश्य र चरित्र।

Habit 7 को महत्त्व यही हो—जीवन चलाउन मात्र होइन, आफूलाई जीवन चलाउन योग्य अवस्थामा राखिरहनु।

सरल प्रश्न: म केवल दौडिरहेको छु कि आफ्‍नो जीवनलाई धार पनि लगाउँदै छु?

सात बानी एकैचोटि सम्झौँ

  1. उपाय खोज्‍ने।
  2. लक्ष्य बोक्‍ने।
  3. लक्ष्यअनुसार जिउने।
  4. जित्‍ने, जिताउने।
  5. पहिले अरूलाई बुझ्‍ने।
  6. मिलेर काम गर्ने।
  7. जीवनमा धार लगाउने।

सरल भाषामा— आफूलाई चलाउन सिक्‍ने। अरूसँग मिलेर जिउन सिक्‍ने। अनि जीवनलाई निरन्तर धार लगाउँदै अगाडि बढ्ने।

विद्यालयमा यसको प्रयोग कसरी गर्ने?

यी सात बानी विद्यार्थीले परिभाषा कण्ठ गर्नका लागि मात्र होइनन्। यी कक्षा, घर र जीवनमा कुरा गर्ने साझा भाषा बन्‍न सक्छन्।

  • विद्यार्थीले बहाना बनाउँदा शिक्षकले सोध्‍न सक्छन्—“अहिले तिमी proactive हुँदैछौ कि reactive?”
  • विद्यार्थी धेरै कुरामा अलमलिएको छ भने—“तिम्रो लक्ष्य के हो?”
  • समय गलत ठाउँमा खर्च भइरहेको छ भने—“यो काम तिम्रो लक्ष्यसँग मिलिरहेको छ?”
  • झगडा भयो भने—“तिमी मात्र जित्‍न खोज्दैछौ कि दुवै जित्‍ने उपाय छ?”
  • कुनै विद्यार्थीले अरूको कुरा सुनेन भने—“तिमीले उसको कुरा पहिले बुझ्‍यौ?”
  • Group work बिग्रियो भने—“हामी फरक क्षमतालाई मिलाएर अझ राम्रो गर्न सक्छौँ?”

यही बेला Seven Habits किताबको सिद्धान्तबाट जीवनको भाषा बन्‍न थाल्छ।

आजैबाट सुरु गर्ने सात साना अभ्यास

  • आज कुनै समस्या आएमा — एउटा उपाय खोज्‍नुहोस्।
  • आजको दिन सुरु गर्दा — एउटा लक्ष्य सम्झनुहोस्।
  • काम धेरै भएमा — सबैभन्दा महत्त्वपूर्ण काम पहिले गर्नुहोस्।
  • कुनै असहमति हुँदा — दुवैको भलो हुने बाटो खोज्‍नुहोस्।
  • कसैले कुरा गर्दा — बीचमा नकाटी पूरा सुन्‍नुहोस्।
  • समूहमा काम गर्दा — अरूको फरक क्षमता खोज्‍नुहोस्।
  • दिनको अन्त्यमा — शरीर, हृदय, दिमाग र आत्माका लागि के गर्नुभयो भनेर सोच्‍नुहोस्।

सानो अभ्यास बारम्बार दोहोरिँदा बानी बन्छ। बानीले चरित्र बनाउँछ। र चरित्रले जीवनको दिशा बदल्‍न सक्छ।

थप अध्ययन गर्न चाहनुहुन्छ?

यो लेख Stephen R. Covey को The 7 Habits of Highly Effective People मा प्रस्तुत सिद्धान्तलाई विद्यार्थी, शिक्षक र अभिभावकले सजिलै बुझ्‍न सकून् भनेर सरल नेपाली भाषामा प्रस्तुत गरिएको हो।

मूल पुस्तक — Stephen R. Covey, The 7 Habits of Highly Effective People:

Seven Habits को आधिकारिक परिचय:

अन्तिम कुरा

Seven Habits को मुख्य शक्ति कुनै एउटा राम्रो विचारमा होइन। यसको शक्ति बारम्बार अभ्यास गरिने बानीमा छ।

पढेर मात्र जीवन बदलिँदैन। बुझ्‍नुहोस्। अभ्यास गर्नुहोस्। बानी बनाउनुहोस्। र अरूसँग मिलेर अझ राम्रो जीवन निर्माण गर्नुहोस्।

नोट: यस लेखमा प्रयोग गरिएका “उपाय खोज्‍ने,” “लक्ष्य बोक्‍ने,” “लक्ष्यअनुसार जिउने,” “जित्‍ने, जिताउने,” “पहिले अरूलाई बुझ्‍ने,” “मिलेर काम गर्ने,” र “जीवनमा धार लगाउने” भन्‍ने नेपाली अभिव्यक्तिहरू विद्यार्थी र शिक्षकलाई अवधारणा सजिलै सम्झाउन मैले प्रयोग गर्ने सरल शिक्षण भाषा हुन्। यी मूल पुस्तकका आधिकारिक नेपाली अनुवाद होइनन्।

— डा. एनडी लामा


English

The 7 Habits journey: Dependence → Independence → Interdependence. Habits 1–3 Private Victory, Habits 4–6 Public Victory, Habit 7 Renewal.

We all want to live a good life. But a good life is not built only by studying a lot, earning a lot of money, or getting ahead of others.

To a large extent, the direction of our life is decided by this— How do we look at a problem? How do we make decisions? How do we use our time? How do we treat others? And how do we keep developing ourselves?

Stephen R. Covey’s famous book The 7 Habits of Highly Effective People explains exactly these things through seven habits. While teaching students and teachers at school, I have tried to explain these seven habits in simple Nepali words.

The journey of the seven habits

These seven habits are not just seven separate pieces of advice. They take a person on a journey— from depending on others → to taking responsibility for yourself → to moving forward together with others.

Dependence → Independence → Interdependence

Habit 1–3: learning to run yourself — Private Victory

First, learning to take responsibility for your own thinking, decisions, goals, time, and behavior.

Habit 4–6: learning to live together with others — Public Victory

Then, learning to understand others, to seek the good of both sides, and to work together to produce even better results.

Habit 7: keeping your edge sharp throughout life — Renewal

Regularly strengthening the body, the heart/emotions, the mind, and the spirit.

In simple words, it can be remembered like this— First, learn to run yourself. Then, learn to travel together with others. And keep yourself continually ready for the journey.

The 7 Habits journey: Habits 1–3 Private Victory, Habits 4–6 Public Victory, Habit 7 Renewal; Dependence → Independence → Interdependence.

1. Find a way (Be Proactive)

When a problem comes, it is not about blaming others, getting angry, or giving up. Instead, it is about asking yourself—“Now, what can I do?”

A reactive person says—“It happened because of him.” A proactive person says—“Whatever happened, happened; now what is in my hands?”

This does not mean everything is within our control. But we can take responsibility for our own response and our next step.

A daily exampleInstead of saying “The teacher didn’t teach well,” a student who hasn’t done their homework can think, “Now, what can I do to understand it?”

A simple question: Am I looking for a way, or looking for an excuse?

2. Carry a goal (Begin with the End in Mind)

When you walk without knowing where you want to reach, any road seems right. So before starting any task, you should think—“In the end, where do I want to arrive?”

A student, too, can ask themselves—“What kind of person do I want to become?” “What do I want to learn?” “Where do I want to be by the end of this year?” “In which direction is my life heading?”

A goal is not only about passing exams. What kind of person you want to become is also a goal.

A daily exampleIf your goal is “I want to speak English well,” then you must begin practising for it starting today.

A simple question: Am I carrying my own goal, or am I just walking wherever the day takes me?

3. Live according to the goal (Put First Things First)

Having a goal is not enough by itself. Our time, effort, and daily decisions must also line up with that goal.

If your goal is to do well in exams but more of your time goes to the phone than to studying, then the goal is in one direction and life is going in another.

The simple meaning of this habit is—do the important work first. Not everything that looks urgent is important. And not everything important looks urgent right away.

A daily exampleIf there is an exam tomorrow, revise first, and only then watch entertainment.

A simple question: Is the work I did today taking me toward my goal, or away from it?

The first three habits teach us to manage our own life. Now the question arises—after learning to manage yourself, how do you live with others? For that, the next three habits come in.

4. Win, and let others win (Think Win-Win)

Every relationship in life is not a competition. The thinking that “If I win, you must lose” cannot build a good relationship over the long run.

Win-Win means—“Let it be good for me, and good for you too.” This does not mean everyone gets exactly what they want in every situation. Rather, it is the mindset of seeking, as far as possible, a solution that benefits both sides.

A daily exampleIf two students want to use the same material, instead of quarrelling they can share the time and use it by turns.

A simple question: Am I trying only to win, or trying to let others win too?

5. First understand the other person (Seek First to Understand, Then to Be Understood)

People have one common problem—even while we are listening to others, many times we are already preparing our own reply. But a good relationship begins not with speaking, but with listening.

Listen first. Understand first. Then make your own point understood. This does not mean you should not speak at all. It means first understanding the other person’s perspective, and then stating your own point clearly.

A daily exampleIf a friend is upset, instead of immediately defending yourself, you can first try to understand by asking—“What was it that hurt you?”

A simple question: Am I truly listening, or just waiting for my turn to speak?

6. Work together (Synergize)

Not all people are the same. Someone is good at speaking. Someone is good at writing. Someone is good at planning. Someone is good at getting the work done.

Being different is not only a weakness. If used rightly, difference can become a strength. You have one ability, I have another. If we combine in the right way, a better result can come than what either of us could achieve alone.

A daily exampleIn a group project, everyone need not do the same task. When responsibilities are divided according to each person’s strengths, the result turns out better.

A simple question: Am I fighting with a different person, or working together by using their different ability?

7. Sharpen your edge in life (Sharpen the Saw)

Imagine this— a man is continuously cutting wood with a saw. The saw slowly goes blunt. But he says—“I am too busy; I have no time to sharpen it.” After that he works harder than before, yet cuts less wood.

Our life can be just like that. If we keep adding only work, study, and responsibility but give no time to strengthening ourselves, we keep getting more and more tired.

That is why four areas of life should be strengthened regularly—

  • Body: health, exercise, good eating, enough sleep, and rest.
  • Heart/Emotion: relationships, love, friendship, empathy, forgiveness, and emotional maturity.
  • Mind: reading, thinking, creativity, and the habit of learning new things.
  • Spirit: values, faith, prayer, service, purpose, and character.

This is the importance of Habit 7—not only to keep life running, but to keep yourself in a condition fit to run life.

A simple question: Am I only running, or am I also sharpening my life?

Let’s remember the seven habits at once

  1. Find a way.
  2. Carry a goal.
  3. Live according to the goal.
  4. Win, and let others win.
  5. First understand the other person.
  6. Work together.
  7. Sharpen your edge in life.

In simple words— learn to run yourself. Learn to live together with others. And keep moving forward, continually sharpening your life.

How to use this in school?

These seven habits are not only for students to memorize as definitions. They can become a shared language for talking in the classroom, at home, and in life.

  • When a student makes an excuse, the teacher can ask—“Right now, are you being proactive or reactive?”
  • When a student is confused about many things—“What is your goal?”
  • When time is being spent in the wrong place—“Is this work lining up with your goal?”
  • When there is a quarrel—“Are you trying only to win, or is there a way for both to win?”
  • When a student did not listen to another—“Did you first understand what they were saying?”
  • When group work breaks down—“Can we combine our different abilities and do even better?”

It is at this point that the principles of the Seven Habits book begin to become a language for life.

Seven small practices to start today

  • If a problem comes up today — look for one way forward.
  • As you begin the day — remember one goal.
  • When there is a lot of work — do the most important task first.
  • When there is a disagreement — look for a path that is good for both.
  • When someone is speaking — listen fully without interrupting.
  • When working in a group — look for others’ different abilities.
  • At the end of the day — think about what you did for your body, heart, mind, and spirit.

When a small practice is repeated again and again, it becomes a habit. Habit builds character. And character can change the direction of life.

Want to study further?

This article presents the principles laid out in Stephen R. Covey’s The 7 Habits of Highly Effective People in simple Nepali, so that students, teachers, and parents can understand them easily.

The original book — Stephen R. Covey, The 7 Habits of Highly Effective People:

The official overview of the Seven Habits:

A final word

The main strength of the Seven Habits is not in any single good idea. Its strength lies in habits practised again and again.

Life does not change by reading alone. Understand. Practise. Build the habit. And, together with others, build an even better life.

Note: The Nepali expressions used in this article—“उपाय खोज्‍ने,” “लक्ष्य बोक्‍ने,” “लक्ष्यअनुसार जिउने,” “जित्‍ने, जिताउने,” “पहिले अरूलाई बुझ्‍ने,” “मिलेर काम गर्ने,” and “जीवनमा धार लगाउने”—are the simple teaching language I use to help students and teachers grasp the concepts easily. They are not the official Nepali translations of the original book.

— Dr. ND Lama

Originally published / मूल प्रकाशन: ndlama.com · September 12, 2026

Similar Posts

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.