अमेरिका तथा क्यानाडाका चर्चहरू

पास्टर अगुवा भनेको स्थानिय मन्डलीको सेवा तथा सुरक्षाकोलागि हो। त्यसैले स्थानिय मन्डलीले बाइबलीय योग्यताहरू जाचबुझ गरी अगुवाको खोजी गर्नु जरूरी हुन्छ र मन्डलीका विस्वासीहरू मध्ये २/३ ले समूहले मन पराएपछिमात्र पास्टर वा एल्डरको रूपमा नियुक्ति गरिनुपर्छ। यो छोटो लेखमा BNCA तथा BNM जस्ता भेलाहरूमा पास्टर तथा एल्डरको नियुक्ति गर्नु अबायबलीय हुनको कारन तथा अमेरिका तथा क्यानाडामा मन्डलीहरू फुट्नुका केही कारन तथा केही उपायाहरू प्रस्तुत गर्न चाहँन्छु।

BNCA तथा BNM जस्ता भेलाहरूमा पास्टर अगुवाको परिचय दिनु तथा प्रार्थना गर्नु उचित छ। तापनि ती भेलाहरूमा पास्टर तथा एल्डरको अभिसेक गर्नुचाहिँ बाइबलीय मान्न सकिदैन। यसरी सम्मेलनहरूमा पास्टर तथा अगुवाको नियुक्ति गर्नु भनेको नेपालको प्रधानमन्त्रीले देल्हीमा गएर सफथ ग्रहन गर्नु जस्तै हुन जान्छ। अग्रजहरूले पास्टर तथा एल्डर नियुक्तिमा बाइबलीय योग्यता खोजेर स्थानीय मन्डलीहरूमा पास्टर अगुवाहरूको अभिसेक गरेमा मन्डली टुक्रिने क्रम घट्नुकासाथै पास्टर अगुवाहरूमा छिटो परिपक्वता आउने सम्भावना राम्रो देखिन्छ। साथै अबाइलिय अभ्यासमा आफू सुरक्षित हुनुका साथै स्थानिय मन्डलीहरूकोलागि ठूलो हित हुनेछ। प्रेरित पावलले एल्डरहरू अभिसेक गर्नुहुँदा कहिले पनि सभामा बोलाएर अभिसेक गर्नु भएन। आजका अगुवाहरूले मन्डली साँच्चैको मजबुद बन्दै गएको देख्न चाहँने हो भने तलका निम्न निम्न कुराहरूमा होसियारीहरू अप्नाउनु पर्ने देखिन्छः विसेस गरेर वर्तमान अवस्थाका मन्डली फुट्नुमा पास्टर अगुवा नियुक्तिमा बाइबल विधि नअप्नाउनु, अगुवाहरूले आफ्नो जिम्मेवारी नबुझ्नु, नेपालका मन्डलीहरूको आफ्नो राज्य बढाउने सपना बोक्नु, विस्वासीहरू तथा अगुवाहरूको अपरिपक्वता जस्ता कुराहरूले विसेस असर परेको देखिन्छ।

केही कारनहरूः यदि तपाईले अमेरिका तथा क्यानडाको मन्डलीहरूलाई माया गर्नुहुन्छ भने पहिलो कुराः बाइबलीय विधि अप्नाएर एल्डर तथा अगुवाहरूको नियुक्ति गर्नुपर्ने देखिन्छ। दोस्रो कुराः अमेरिका तथा क्यानाडा पास्टर अगुवाहरूलाई मन्डलीमा सेवा गर्ने अवसरलाई गम्भिर भएर लिनु पर्ने देखिन्छ। तेस्रो कुराः नेपाल तथा भारतका पास्टर अगुवाहरूले अमेरिका तथा क्यानडाका मन्डलीहरूमा रिमोट कन्ट्रोल गर्नुको साटो प्रार्थनासाथ अमेरिका तथा क्यानडाका अन्य मन्डलीहरूसँग मिलेर सेवा गर्ने स्वतन्त्रता प्रदान गर्नु पर्ने देखिन्छ। चौथो कुराः नेपाली मन्डलीहरूले फरिसी विचारधारालाई त्यागेर आफैलाई बाइबल अनुसार नम्र बनाउनु पर्ने देखिन्छ।

. पास्टर तथा एल्डरहरूको नियुक्तिमा बाइबलीय कदमहरू पालन गर्नुपर्छ। बाइबलले अगुवा नियुक्तिको विषयमा यसरी भन्छ, “कसैमाथि हात राख्‍ने काममा हतार नगर। कुनै मानिसको पापमा सहभागी नहोऊ। आफूलाई पवित्र राख।” १ तिमोथी ५:२२। कतै तपाई मन्डली फुटाउने पापमा सहभागी भइरहनुभएको त छैन? अहिले पास्टर अगुवा बन्ने कुरा एउटा खेल जस्तो भएको छ। यसलाई मन्डली तथा अगुवाहरूले गम्भीर भएर सोची स्थानिय मन्डलीले नियुक्त हुन लागेको पास्टर वा एल्डरको बाइबलीय योग्यता जाचबुझ गरी अगुवाको खोजी गर्नुपर्छ र विस्वासीहरू मध्ये २/३ ले मन पराएपछिमात्र पास्टर वा एल्डरको रूपमा नियुक्ति गरिनुपर्छ। काँचो अगुवाहरू तथा सजिले पास्टर बन्न पाउने प्रविधिले आज धेरै मन्डली साह्रै कम्जोर बनी रहेका छन्। जुन मन्डलीकोलागि दुःखत कुरा हुन्।

. पास्टर तथा एल्डरको जिम्मेवारीलाई गम्भीर भएर लिनु पर्ने देखिन्छ। एक दिन सबै अगुवाहरूले परमेश्वरको अगुवाहरूले परमेश्वरको अघि लेखा बुझाउनुपर्छ। के तपाईले आफैलाई पास्टरको एल्डरको सेवामा तयार गर्नु हुँदा यसको गम्भीरतालाई बुझ्नुभएको छ? बाइबलले भन्छ, “तिमीहरूका अगुवाहरूको आज्ञापालन गर, र तिनीहरूका अधीनमा बस। किनकि लेखा दिनुपर्छ भन्‍ने कुरा जानेर नै तिनीहरूले तिमीहरूका प्राणको हेरचाह गर्छन्‌। यो काम तिनीहरूले आनन्‍दसाथ गरून्‌। दु:ख मानेर होइन, नत्रता त्‍यसबाट तिमीहरूलाई कुनै लाभ हुँदैन।” हिब्रू १३:१७। पास्टर तथा एल्डर बन्न खोज्ने व्यक्ति साथै अभिसेक गर्ने व्यक्तिले यो कुरालाई मनन गर्नु पर्ने देखिन्छ।

. अमेरिका तथा क्यानाडामा नेपाली मन्डलीहरू फुट्नुमा नेपाल तथा भारतका मन्डलीहरूको ठूलो हात रहेको देखिन्छ। विसेस गरेर नेपाली मन्डलीहरूले यी मुलुकहरूमा आफ्नो साखा मन्डली स्थापना गर्ने सपनाद्वारा ग्रसित सल्लाह तथा डुलुवा पास्टरहरूको असावधान सुझावले अमेरिका र क्यानडाका धेरै मन्डलीहरू फुटेको देखिन्छ।  नेपाल तथा भारतका नेपाली मन्डलीहरूले अमेरिका तथा क्यानडाका मन्डलीहरूमा रिमोट कन्ट्रोल गर्नुको साटो रिमोट कन्ट्रोल पनि साथमा दिएर पठाउनु मन्डलीकोलागि धेरै हितकारी हुन्छ। विसेस गरेर अमेरिका तथा क्यानाडामा धेरै विस्वासीहरू नेपालको विभिन्न मन्डलीमा हुर्केर आएकाहरू छन्। ती विस्वासीहरू यहाँको बसाइ सराइको क्रममा कुनै सहरमा सँगै बसोबास गर्न पुग्छन र मिलेर संगति स्थापना हुदछ। ती विस्वासीहरूको नेपाल तथा भारतका मन्डलीसँग निरन्तर सम्बन्ध कायम रहेको हुन्छ। त्यतिमात्र नभएर अमेरिका तथा क्यानडामा मन्डली स्थापना गर्ने सपना बुन्दछ, जुन असल हो।  आफ्नो नेपाल तथा भारतका स्थानिय मन्डली तथा अगुवाहरूसँग निरन्तर सम्बन्ध राख्ने कुनै निर्नयमा सल्लाह दिने तथा दिने गरिन्छ। यस्तो सम्बन्धहरू धेरै पटक राम्रो सल्लाह हुन सक्छ। यद्यपि, कति पटक अवस्था नबुझी दिएको सल्लाहले मन्डलीमा फुट समेत हुन पुग्दछ।  कुनै अमेरिकाको मन्डलीलाई नेपालका २,३ मन्डलीहरूले हाम्रो चर्च भनी दावी गर्ने, एउटै चर्चमा नेपालका २,३ वटा मन्डलीहरूले छुट्टाछुट्टै पास्टर अभिसेक गर्ने जस्ता अस्वस्थ अभ्यासहरू देखिन्छ। अमेरिका तथा क्यानडाको मानिसहरूको बसाइ तथा सेवा गर्ने सैली नेपालभन्दा धेरै फरक भएकोले यी व्यक्तिहरूलाई टाढाबाट चलाउन खोज्नु पहिलो कुराः बाइबलीय छैन भने दोस्रो कुराः यहाँका मन्डलीहरूको हितभन्दा पनि हानिकारक सावित भएको देखिन्छ। त्यसैले नेपाल तथा भारतका मन्डलीहरूले नेपाल मुलुकबाट टाढारहेका मन्डलीहरूमा रिमोट कन्ट्रोल गर्नुको सट्टा परमेश्वरको मन्डलीहरू परमेश्वरको वचनमा हुर्कोस् र परमेश्वरको महिमा होस् भनी स्वतन्त्र छोड्नु पर्ने देखिन्छ। यसो गर्नु हाम्रो परिपक्वता हुन जान्छ।

घ. आफूलाई उच्च देख्ने वा स्वधर्मी देख्ने बानी अर्थात नेपाली मन्डलीका धेरै विस्वासीहरूमा एक किसिमको फरिसीपन देखिन्छ। कति नेपाली विस्वासीहरूको गिदी चलाएर परमेश्वरको वचन अनुसार जिउनुको सट्टा “अमेरिकाका मन्डलीका दिदी बहिनीहरूले पाइन्ट लगाउछ, त्यसैले यिनीहरू संसारिक ख्रीष्टियन” भन्दै अरूलाई होच्याउने आफू राम्रो इसाइ देख्ने पापी आँखा देखिन्छ। यो विचारलाई बाइबलीय मान्न सकिदैन साथै यो विचार र येशूको पालाको फरिसीहरूको विचारमा कुनै भिन्नता छैन। बाइलले भन्छ, “स्‍वार्थ वा अहङ्कारमा केही नगर, तर नम्रतामा एउटाले अर्कालाई आफूभन्‍दा श्रेष्‍ठ ठान।” (फिलिप्पी २:३)। नेपाली विस्वासीहरूले अरूलाई असल तथा श्रेष्ठ आँखाको विकास गर्नु पर्ने देखिन्छ। परमेश्वरको चाहँना तपाई र मेरो जीवन झगडा तथा फुटको वीउ नभएर मेलमिलापको कारन बनेको चाहँनुहुन्छ। वास्तव जब हामीले मेलमिलापमा जिउन सिक्छौ, तब हामी आफैलाई परमेश्वरको सन्तान भनी प्रमानित गरी रहेका हुन्छौँ। बाइबलले भन्छ, “धन्‍य मेलमिलाप गराउनेहरू, किनभने तिनीहरू परमेश्‍वरका छोराहरू कहलाइनेछन्‌।” (मत्ती ५:९)।

हाम्रो व्यक्तिगत जीवन, मन्डली, डिनोमिनेसन तथा संस्था झगडा तथा फुटको कारन होइन तर मेलमिलापको कारन बनेको होस्। अमेरिका, क्यानाडा तथा संसारभरी मन्डलीहरूले फुटेर होइन जुटेर सेवा गर्न सकेको होस्। वास्तवमा बेमेल र झगडाको एउटा मुख्य कारन हाम्रो आफ्नो अपरिपक्वता हुन जान्छ। जसरी दाजुभाइहरू सानोमा बढी झगडा गर्छ त्यसरी नै मन्डलीमा जति धेरै अपरिपक्व विस्वासीले भरिन्छ त्यहाँ बेमेल बढी हुन्छ। जसरी एउटा बुवाले जसरी आफ्नो घरका छोराछोरी मिलेर बसेको चाहँनुहुन्छ, त्यसरी नै हामी पनि मन्डलीमा मिलेर जिएको परमेश्वर चाहँनुहुन्छ? त्यसैले तपाईको व्यक्तिगत बानी कस्तो छ? तपाई पवित्रआत्माका फलहरूद्वारा भरिनुभएको छ कि घमन्डले? तपाईको जीवन कस्तो छ? अरूलाई क्षमा दिनुहुन्छ कि फुल पनि घोच्ने अपरिपक्व जीवन जिइ राख्नुभएको छ।

Leave a Reply