आत्माका फलहरू र वरदानहरू

बरदानहरू हलो कोदालो हुन भने आत्माका फलहरू मंसिरको धान। हलो कोदालो धान फल्ने खेत खन्न र जोत्नलाई हो। यसलाई सजाएर राख्नु र यसको बारेमा धाक लगाएर बस्नु हलो कोदालोको सही सदुपयोग अवस्य होइन। धान रोपी सकेको खेतमा गएर जोत्ने र खन्ने गरियो भने हलो कोदालोको दुरूपयोग भएको भन्नु पर्छ।

कोरिन्थीको मन्डलीमा सबै मानिसले दानप्रदानको बारेमा ठूलो चर्चा गर्दथे र “हामी मध्ये को ठूलो?” भनी होडबाजी नै चलेको थियो। त्यतीमात्र नभएर उनीहरूले अन्यभाषालाई स्वर्गदूतको भाषा, अनि अरू पनि थुप्रै नाम दिएर बाउठिएका इसाइहरू बनेको थिए। ती व्यक्तिहरूलाई पावलले सम्झाउनु पर्‌यो। पावल भन्छ, “भाइ हो, अब आत्‍मिक वरदानको विषयमा तिमीहरू अजान रहो भन्‍ने मेरो इच्‍छा छैन।” (१ कोरिन्थी १२:१)। पावलले किन यो उक्तिबाट सुरू गरे होलान? जब की कोरिन्थीमा ती मानिसहरूलाई आफैमा दानप्रदानले भरीभराउ भएको दावी गरी रहेका थिए। कारन तीनिहरूले वरदानहरूलाई गलत तरिकाले बुझेका थिए। उनीहरूकोलागि अरू व्यक्तिभन्दा आफ्नो दान बरदान प्यारो तथा महत्वपूर्न भइ सकेको थियो। अनि पावलले आग्रह गर्नु पर्‍यो कि “प्रेमलाई तिमीहरूको लक्ष्य बनाओ” (१ कोरिन्थी १४:१)।

गएको मार्च ८ शनिबारको दिन नेपाल इसाइ मन्डली गोंगबुमा आइटीनका १८८ जना विद्यार्थीहरूको (सबै विद्यार्थीहरू नेइमका हुन्) दीक्षान्त समारोहमा भाग लिन जाँदा पास्टर वर्नबासले भन्नुभयो, “हामी वरदानलाई जोड दिन्छौँ, तर त्यो त हामी भित्र छिर्ने गेटमात्र हो। भित्र हामी बाइबललाई जोड दिन्छौँ। हामी बाइबलमा फर्कन चाहँन्छौँ।” आफू हुर्केको चर्च ज्ञानेस्वर चर्च, जसले आत्माको नयाँ काम भनी आत्माका वरदानहरूलाई जोड दिएर आजभन्दा १७, १८ अघि सन २००० तिर आत्मिकी सेवाहरू गर्नुहुन्थ्यो। पास्टर रोबर्ट कार्थकसँग नेपाल फर्केपछि अहिलेसम्म मेरो प्रत्यक्ष भेट नभए पनि पास्टर सामुएल कार्थक लगायत धेरै अरू अगुवाहरूसँग मेरो भेट भयो। उहाँहरूले ती अभ्यासहरूलाई परिमार्जन गरेको देखिनु, मानिसहरूको जीवन एक अर्काको प्रेममा बढेको देखिनु कति आनन्दको कुरा!

अहिले यहाँ नेपालमा आएर फाइफ फोल्ड मिनिस्ट्रीज र एपोस्टोलिक मिनिस्ट्रीजलाई जोड दिने समूहसँग पनि मिलेर सिक्दै र सकेको सहयोग पुराउँदै आइरहेको छु। नाम प्रयोग गराइमा उहाँहरूसँग मेरो विमति भए पनि उहाँहरूको १ कोरिन्थी १२,१३,१४ को सिक्षा र व्याख्या बाइबलीय छ। उहाँहरूसँगको संगत, आफ्नो व्यक्तिगत अनुभव, र केही मन्डलीका विस्वासीहरूको जीवनको अवलोकनमा के देखियो भने– धेरै मानिसहरू प्रेममा काक्रा झै हर्लक्क बढेका छन्। उहाँहरूको जीवनमा आत्माका फलहरू लट्टरम्म फलेका छन्। अर्कोतिर कतिजना वरदानमा बाउठिएको र अन्यभाषा अरठिएकाहरू पनि देखियो।

तपाई ख्रीष्टका सन्तान हुनुहुन्छ भने तपाई ख्रीष्टमा मेरो दाइभाई तथा दिदीबहिनी हुनुहुन्छ। म तपाईलाई प्रेम गर्छु। अनि म व्यवस्थित इस्वरसास्त्रको विद्यार्थी तथा एउटा सिक्षक पनि हुँ। मेरो आँखाले पहिलो कुराः कुनै विषय वा सीर्सकमा आजको सन्दर्भमा पूरै बाइबलले के सिकाउँदै छ भनी खोजी गर्दछ। जस्तैः गर्भपतनको विषयमा आज हामीलाई पूरै बाइबलले के सिकाउँदै छ? अन्यभाषाको विषयमा पूरै बाइबलले आज हामीलाई के सिकाउँछ?

मेरो आँखोले खोज्ने दोस्रो कुराः हाम्रो बाइबलीय सिक्षामा क. मन्डली सम्प्रादया सिक्षा, ख. आफ्नो धार्मिक अनुभव, तथा ग. आफ्नो दर्सनले असर पुराएको त छैन? भनी खोजी गर्दछ।

बाइबलीय सिक्षामा असर पुराउने खराब जगहरूः

क. मन्डली परम्परा वा सम्प्रदायिक सिक्षा (व्याप्टिस्ट, पेन्टीकोस्टल) – जस्तैः तपाईले व्यवस्थित सास्त्रमा व्याप्टिस्ट सिक्षाले राज्य गर्न दिनुभयो भने तपाइको व्यवस्थित सास्त्र (Systematic Theology) को जग व्याप्टिस्ट सिक्षाको कम्जोर जग बन्न जान्छ।

ख. आफ्नो धार्मिक अनुभव (हिन्दु, बुद्धिस्ट, साथै इसाइ व्यक्तिगत अनुभव)। जस्तैः तपाई पहिला धामी हुनुहुन्छ भने इसाइ भएर पनि तपाईले त्यही अनुभवमा इस्वरसास्त्रलाई हेर्नुहुन्छ।

ग. तपाईको दर्सन। जस्तैः तपाईले सुकरातको दर्सन अध्ययन गर्नुभयो भने व्यवस्थित इस्वरसास्त्र पनि त्यही आँखाले हेर्नुहुन्छ।

म आत्माका वरदानहरूलाई विस्वास गर्दछु यद्यपि कति नेपाली मन्डलीहरूले ती वरदानहरूको प्रयोग गराइमा सुधार ल्याउनु पर्ने आवस्यकता महसुस गरेको छु। यो छोटो प्रयासले तपाईलाई विरोध गरेको भान होइन प्रेममा बढ्न, आफ्ना बरदानहरू अरूको सेवामा प्रयोग गर्न, ख्रीष्टमा बढ्न टेवा पुगेको होस्। धन्यवाद।

Leave a Reply