यदि तपाई बुद्धिमान बन्न चाहँनुहुन्छ भने हामीले प्रत्येक दिन परमेश्वरको वचन पढ्नु पर्छ। हितोपदेश २:६ ले भन्छ, किनभने परमप्रभुले बुद्धि दिनुहुन्‍छ, र उहाँको मुखबाट ज्ञान र समझशक्तिका कुराहरू निस्‍कन्‍छन्‌।

यो तपाईले टिभी हेरेर पाउनु हुन्न। यो तपाईले इन्टरनेटबाट पाउनु हुन्न। रेडियो तथा पत्रिकाबाट पनि पाउनु हुन्न। बुद्धिका कुराहरू परमेश्वरबाट आउँछ।

बाइबलले हितोपदेश १४:१५मा यसरी भन्छ, बेवकूफ मानिसले जुनसुकै कुरा पत्‍याउँछ, तर समझदार मानिसले आफ्‍ना पाइलाहरू सतर्कसाथ चाल्‍छ। कि तपाईले गुदी खानुहुन्छ कि तपाईले बोक्रा खानुहुन्छ। तपाईले जे खानुहुन्छ त्यो बाहिर पनि निस्कन्छ। तपाई बुद्धिमान बन्न चाहँनुहुन्छ भने तपाईले परमेश्वर सत्यवचनबाट खानुपर्छ। फोहोर खानु हुँदैन।

तपाईको दिमाग तपाईले तीनवटा कुराहरूले भर्न सक्नुहुन्छ। तपाईले आफ्नो गिदी बीसले भर्न सक्नुहुन्छ। तपाईले आफ्नो दिमाग भुसले भर्न सक्नुहुन्छ। तपाईले आफ्नो दिमाग खुराकले भर्न सक्नुहुन्छ।

बीसले तपाईको शरीरको कार्य प्रणालीलाई भत्काउँछ। यो तपाईकोलागि हानीकारक छ। यसले तपाईलाई दिनदिनै मन्द बनाउँछ। जस्तैः अस्लील तसवीर हेर्नु, शंका गर्नु।

परमेश्वरले आफ्नो हृदय जोगाउन आज्ञा दिनुहुन्छ। हितोपदेश ४:२३ले भन्छ, सबै कुराभन्‍दा बढी, आफ्‍नो हृदयलाई सुरक्षित राख्, किनभने त्‍यो सारा जीवनको मूल हो।

 

बुद्धिमान मानिसहरूले आफ्नो गिदीलाई जोगाउन सिक्छ। उनीहरूले मुक्तिको हेलमेट लगाउँछ। जे मनमा आयो त्यले गिदी भर्दैन। उनीहरूले आफ्नो गिदीबाट बीसलाई बाहिर राख्छ।

तर निर्बुद्धिले आफ्नो दिमाग बीसले भर्न दिन्छ र आफ्नो जीवन वर्वाद हुन दिन्छ। जब दिमागमा बीसले भरिन्छ तब तपाईलाई फुलले पनि घोच्छ। मैले दिमाग बीसले भरेकाहरूको थुप्रै तमासा देखेको छु। फुले पनि घोच्नेहरूले केही कुरा पनि पचाउन सक्दैन। उनीहरू घरपटीसँग, छिमेकीसँग, छोराछोरीसँग, जीवनसँगीसँग जहिले पनि झगडा गरी रहेका हुन्छ।

दिमाग बीसले भरिएको कसरी जान्ने?

  • सानोतिनो कुराले तपाईलाई रीस उठाउँछ – जस्तैः घरपटीले त्यहाँ पार्क नगर्नु, सफा राख्नु
  • तर्क जित्नुपर्छ – गाडी एक्सीडेन्टमा श्रीमानले भन्छ २ जना घाइते, श्रीमतिले भन्छ ३ जना घाइते
  • तपाईको श्रीमतिले कोही पुरूससँग बोलेको देखेमा तपाईलाई संका लाग्छ
  • तपाईको श्रीमतिले कोही आइमाइ देखेमा शंका लाग्छ – मेरो फेसबुक मेसेजमा थुप्रै वार्तालाप छ। मैले संकाले लंका लगाएको देखेको छु। त्यो तपाईको समस्या हो।

भुस खानाले न राम्रो गर्छ न तागद दिन्छ। यसले तागत दिँदैन। तपाईले टिभीमा हेर्ने धेरै जस्तो कुरा त्यस्तै हुन्छ। त्यसले नराम्रो पनि गर्दैन, तागत पनि दिदैन तपाईलाई भुलाउने काम गर्छ। यसलाई भनिन्छ थुपार्ने। तर यसको एउटा समस्याचाहिँ पुरिन्छौँ र हामीलाई आत्मिकी भोग लाग्दैन। दिनभरी टिभी हेरेर बस्यो भने तपाईसँग तागत पनि छैन भोग पनि छैन।

 

दिमाग भुसले भरिएको कसरी जान्ने?

  • तपाईलाई बाइबल पढ्ने, प्रार्थना गर्ने कुरा भए पनि ठीकै छ, नभए नि ठिकै छ जस्तो लाग्छ भने।
  • सँगति गएको र नगएको खासै फरक लाग्दैन भने

खुराक खानाले तपाईलाई तागत दिन्छ। यसले तपाईलाई अझ ज्ञानी बनाउँछ। यसले आफ्नो सम्बन्धमा ज्ञानी बनाउँछ। यसले तपाईको वैवाहिक सम्बन्धमा ज्ञानी बनाउँछ। यसले बालवच्चा हुर्काउन, व्यावसाय गर्नमा, विवाहमा, र जीवनको सबै क्षेत्रमा।

 

खुराक खोज्ने पहिलो स्थानचाहिँ परमेश्वरको वचन बाइबल हो। जति धेरै तपाईले बाइबलको सत्यवाट आफ्नो दिगी भर्न सिक्नुहुन्छ तपाई त्यती नै ज्ञानी बन्दै जानुहुन्छ।

दिमाग बीसले भरिएको कसरी जान्ने?

  • बाइबल पढ्ने कुरा, प्रार्थना गर्ने कुरा, संगतिको कुरा तपाईलाई एकदमै महत्वपूर्न लाग्छ भने
  • पहुना आउँदा, कुनै मौका पारेर सँगतिमा, प्रार्थनामा जोड दिनुहुन्छ भने

बुद्धिमान बनौँ र आफ्नो खोपडीलाई जोगाउऔँ – बाइबलीय सत्यले हाम्रो गिदी भरौँ, गन्हाउने सोच होइन बनाउने सोच बोकौँ।

प्रार्थना गरौ

तपाईले कस्तो खालको विसादी खाना वा भुस खाना खाइ रहनुभएको छ?

अब के गर्न चाहँनुहुन्छ?

 

Leave a Reply