dalit
दलित, अदलित सबै ख्रीष्टमा समान हुन्, हिन भावना र अहम भावना दुवैबाट स्वतन्त्र बनौँ

आदरणीय मित्रहरू, मेरो रूखोपनमा तपाईको पाकोपनकोलागि धन्यवाद। तपाईहरूले आफ्नो पाकोपन मलाई धैर्यता र संयमता अपनाएर देखाउनुभयो। विशेश गरेर कति कतिथ दलित समुदायका अगुवाहरूदेखि म चिढिएको थिए र मैले मेरो फेसबुक पोस्टमा लेखेको थिए, “”दलित” भन्दा मन दुख्ने। “कामी, दमाइ” भन्दा रीस उठ्ने। परमेश्वरको सन्तान भएर बरावर भएपछि बानी किन नसुध्रिने? हामी परमेश्वरको सन्तान भएका छौँ भने हामी सबै वरावर भएका छौँ। त्यसैले यो माथिलो जात, तल्लो जातिमा अल्झेर नबसौँ। सबैले आफ्नो जात गर्भकासाथ भन्ने क्षमता, ओहोदा बोकौँ। कामीभन्दा तपाईलाई लाज नहोस्। बरू तपाईले परमेश्वरमा आफ्नो पहिचान थाहा भएको होस्। बाहुनभन्दा “म परमेश्वरको सत्नान हुँ” भन्ने होस् हामीमा आएको होस्।”

बाइबल अनुसार हेर्ने हो भने सबै मानिस आदमबाट आएका हुन्। परमेश्वरको नजर सबै मानिस बराबर हुन्। मानिसको रगतमा उच्च र नीच हुँदैन। मेरो परिवारको सदस्य, मेरो कति हितैसी पास्टर मित्रहरू, मेरो स्टाफहरू, मेरो विद्यार्थीहरू, मेरो चर्चका सदस्यहरू थुप्रै दलित समुदायको हुनुहुन्छ। उहाँहरूप्रति मेरो अपार आदर र प्रेम छ।

कति मित्रहरूले भन्नुहुन्छ, “हेपिने र चेपिने रहर कसैको हुँदैन” त्यसैले दलितहरू सधै पीडितहरू हुन्। हो, यो विचारमा मेरो आंसिक सहमति छ। यहाँ धेरै पीडकहरू छन् र धेरै जना पीडित हुनुहुन्छ। म अहिले बसेको ठाउँमा दलितलाई घर भाडामा नपाइने हुँदा मेरो चर्चको कति सदस्यहरूले आफ्नो थर लुकाउनु भएको छ। कुकुरको पूजा गर्ने मेरो समुदायमा मानिसको अवहेलना हुन्छ। चर्चको पास्टर दलित भएकोले “म तपाईको वचन सुन्छु तर प्रभुभोज खाँदिन” भन्ने विस्वासी पनि छन्।

तापनि अहिले मैले औल्याउन खोजेकोचाहिँ हेपिनुमा पीडितको पनि केही भुमिका हुन्छ। कति दलित अगुवाहरू ख्रीष्टको सन्तान भएर पनि र आफू अगुवा भएर पनि उही सोच, उही ढंग देख्दा मेरो कन्सिरी तात्छ। कति दलित अगुवाहरूको दलित मानसिकता र व्यवहार देख्दा “हेपिने र चेपिने रहर हुँदैन” तापनि “हेपिने र चेपिने व्यवहार” अबस्य हुँन्छ। उनीहरूको चतुराइ, आफ्ना दलित समुदाय प्रति गर्ने व्यवहारमा कति कथित दलित अगुवाहरूले आफ्नो हैसियत देखाएको पाउनुहुनेछ।

अर्कोतिर मेरो कति सम्माननीय पास्टर अगुवामित्रहरू दलित समुदायबाट हुनुहुन्छ, उहाँहरूलाई सबैले सम्मान गरे कै देख्छु। उहाँहरू माथि पुग्नु भएको कारण उहाँहरूको शैली र व्यवहारले होइन र? मेरा ती मित्रहरू, ख्रीष्टमा आएर हिन भावनाहरूबाट पनि स्वतन्त्र भएर जिएको देख्छु।

यो मेरो सामाजिक सन्जालको पोस्टले तपाईको मनमा खिन्नता छाएको होस् भन्ने मेरो चाहँना छैन तर अझ यसले तपाईमा आत्मा बल मिलेको होस्। हामी समान हौँ भन्ने भावना पलाएको होस्। मेरोलागि प्रार्थना गर्नुहुने, वास्ता गर्नु हुने सबै मित्रहरूलाई मेरो हृदयदेखि धन्यवाद।

मेरो रूखोपनमा तपाईको धैर्यताकोलागि धन्यवाद। यो पोस्ट देखेर  चिन्तन मनन गरेर आफ्नो विचार व्यक्त गर्नुभयो। यसले मलाई गर्व महसुस भएको छ। तपाईहरू कसैले पनि गती छाडेर अपशब्द, गाली गलौज गर्नु भएन। यो मैले एउटा ठूलो गवाहीको रूपमा लिएको छु। किनकि अहिले अन्य बहसमा दिदी बहिनीको अघि बसेर कुरा गर्न नमिल्ने हिसावका शब्दहरूको चयण भएको देखेको छु। मेरो कति दलित समुदायका साथीहरूले स्वच्छ तरिकाले दलित शब्द सम्माननीय बनाउन सकिने कुरा एउटा निर्धकतामा व्यक्त गर्नुभयो। यसलाई मैले हौसलाको रूपमा लिएको छु। धेरैले आफ्नो दलित प्रतिको सोचमा निखार ल्याउनुभयो र कतिले लेखहरू पनि लेख्नुभयो। ती कुराहरूलाई मैले उपलब्धीको रूपमा लिएको छु। कतिलाई केही क्षणकोलागि नमिठो लागे पनि यसले हाम्रो मित्रतामा झन प्रगाढपन ल्याउनेछ भन्ने ठूलो आशा लिएको छु।

अन्तमा फेरी पनि भन्न चाहँन्छु, मेरो रूखोपन तपाईको धैर्यता र संयमताकोलागि धन्यवाद। अब हामी ख्रीष्टमा नयाँ भएका छौँ र हामी सबै परमेश्वरको परिवारको सदस्य भएका छौँ। अब हामीले हिन भावना र अहम भावनाबाट स्वतन्त्र भएर जिऔँ। परमेश्वरले तपाईलाई प्रसस्त आशिष देऊन्।

  1. हजुरको यो लेख यो भेदभाव समस्याको लागि आवाज बनिनै रहेको छ । हामी दलित भनिनेहरुमा आधा जस्तो हजुरले दर्साएको व्यवहार हरु पाइन्छ नै । त्यो हुनुमा शिक्षा पहिलो स्थानमा आउँछ, अब कत्तिमा यस्को छाप नराम्रो संग मन मस्तिष्कमा बसेको छ । कत्तिहरु यस्लाई कमाई खाने भाडो बनाएर पनि हो । राजनीतिकले यहाँ विशेष भुमिका खेलेको छ कि कुनै काममा सफल हुनको निम्ति भर्र्याङ्कको रुपमा ।
    म लगभग सहमतै छु हजुरको यो लेखमा । हजुरको लेखको आशय बुझे पनि । तर हजुरले माथी हामी आदमको सन्तान भनेर सुरु गर्नु भयो तर तल दलित अदलितको कुरोमा जोड दिनु भयो यी कुरा एकआपसमा अलि बाजिएझै लाग्यो मलाई । दलित समुदाय भन्ने कुरो नै आउदैन यदि भेदभाव छुवाछूत जिउदो छैन भने । हामी बुझ्नेले दलित र छुवाछूत नै छैन जस्तो भावना राखेर कलम चलाउने आवाज उठाउने हो भने धेरै कामको देखिन्छ । यहाँ लेखकहरुको कुरा सर सर्ती हेर्दा दलित समुदाय रहिरहोस भन्ने खाल्को बुझाई पनि लिन पनि म बाध्य भएको छु । समग्रमा यो लेख र आवाजको लागि धन्यवाद पास्टर दाइ । कत्तिले हिम्मत नै गर्नु भएन तर हजुरको हिम्मतको म कदर गर्छु ।
    अन्तमा कतिथ हैन कथित भन्ने गरेको छ । तर तल्लो जात भनिने र दलित भनिने शब्द चलाउदा मलाई राम्रो महशुस हुन्छ ।
    मेरो अलि आक्रोशित उपस्थितिको लागि क्षमा चाहन्छु ।

Leave a Reply