नयाँ पीडीले इतिहास सबै आफैमा अडेको छ, इतिहास हामीलेमात्र रच्दै छौँ भन्ने सोच बोक्नु र अग्रजहरूले नयाँ पीडीमाथि भरोसा राख्न नसिक्नु दुवै कम्जोरी हुन जान्छ। तपाई गनगने बन्दै हुनुहुन्छ कि गुनगुने बन्दै हुनुहुन्छ?
नयाँ पीडीले संसार आफैमा अडेको छ, इतिहास हामी आफै रच्दैछौँ भनी सोच्नुको सट्टा अग्रजले बसाएको जगमा नम्रतासाथ निर्मान गर्नु पर्ने देखिन्छ। जसरी स्कुल जाने केटाकेटीले “सबै घर आफैमा थामेको छ, आफू सिक्षित, बुवाआमाले कुरा बुझ्दैन, यिनीहरू अनपढहरू हुन्” भनी सम्झन्छन्। यद्यपि, विवाह भएर आफ्नै घर व्यवहार गर्न लाग्दा आफ्नो बुवाआमा कति सिक्षित रहेछ भनी बल्ल बुझ्न लाग्छन्। त्यसरी नै अहिलेका इसाइ युवा पीडीहरूमा एक किसिमको जरा नभएको जोस देखिन्छ। अग्रजहरूले जानेनन् हामीले संसार चलाउँछौ भन्ने सोचमा परिपक्वता आउनु पर्ने देखिन्छ। यो ज्ञानमा अघि बढे युवाहरूले अग्रजबाट सहयोग पाउने थियो। युवा पीडी र अग्रजको दुरी पनि घट्दै जानेथियो। आफूले गर्ने कार्यहरूमा अग्रजहरूको सहयोग तथा हौसला बढ्नेथियो। तपाई हामीलाई “इतिहास रच्नुपर्छ” भन्ने सोचसम्म पुराउने इतिसाह कसले रचे? हामी यहाँ उभिनुमा कसको योगदान छ? अहिले इसाइहरूको जमातमा बसेर इतिहास रच्नुपर्छ भनी मिडियावाजी गर्न सजिलो छ तर हामीलाई यति धेरै स्वतन्त्रता ल्याउने जेलनेल भोग्ने इतिहास कसले रचे? के हामीले पितापुर्खाबाट सिक्न विर्सेकै हुन् त? यो जरा नभएको जोस धेरै ठाउँमा देखिदैछ। चाहेँ इस्टर महोत्सवको कमीटी गठन वा कुनै सानो कार्यक्रम होस् अग्रजको रगत पसिनाको मुल्य देख्न र गन्न सिक्दैनौ भने हामीले केही गुमाउनेछौँ।
अर्कोतिर अग्रजहरूले पनि उदाउँदै गरेकाहरूलाई धैर्यता र प्रेममा डोराउनु पर्ने आजको आवस्यकता देखिन्छ। युवा पीडीले केही गरेको देखेमा त्यसको विरोध गर्नु र असयोग जनाउनुकोसट्टा उत्सव मनाउन सिक्नु पर्ने देखिन्छ। तपाई कस्तोखालको अग्रज बन्न चाहनुहुन्छ, गनगने अग्रज कि गुनगुने अग्रज? गनगन गरे तपाई गन्हाउँनुहुन्छ तर गुनगुन गरे तपाईले बनाउनुहुन्छ। नयाँ पीडीमाथि विस्वास नगर्ने, उनीहरूले के गर्न सक्छ त्यसको चित्र नकोर्ने, उनीहरू प्रति अधैर्य  बनी गनगनात्र गर्ने बन्न चाहँनुहुन्छ? कि हाम्रो पालामा हामीले जानेको बुझेको भर मग्दुर प्रयास गयौँ। अब नयाँ पुस्तालाई परमेश्वरले खेलाडी बनाउँदै हुनुहुन्छ भनी गुनगुन गर्ने धन्यवाद अग्रज बन्न चाहँनुहुन्छ? अब तपाई खेल मैदानका खेलाडीहरूलाई उत्साह दिने, प्रेरना दिने प्रेरक अग्रज बन्नुहुन्छ कि तिनीहरूको प्रसंसा गर्न र सहयोग गर्न छान्नुको सट्टा नयाँ पीडीका कामहरूलाई चुनौती ठानेर विरोध गरेर जिउँने अग्रज बन्न चाहँनुहुन्छ? जवान हुँदा आनन्द पाउनुसँग जोडिएको हुन्छ, उमेर पाक्दै गएपछि आनन्द दिनुसँग जोडिएको हुन्छ। दिएर आनन्द मनाउन सिक्नु पाकोपनको चिन्ह हो। अग्रजहरूले युवा पीडीका प्रसासलाई प्रंससा दिन थाल्नु पर्ने देखिन्छ। हौसला दिन थाल्नु पर्ने देखिन्छ।

अव युवा पीडीलाई पनि उनीहरूको आफ्नो दौड धैर्यतासाथ दौडेर इतिहास रच्नु पर्ने देखिन्छ। अग्रजले नयाँ पीडीलाई हौसला र प्रेरनाको इतिहास रज्नु पर्ने देखिन्छ। जवानलाई अग्रज चाहिन्छ, अग्रजलाई युवा पीडी चाहिँन्छ। दुवै मिले हामीले अझ ठूलो इतिहास रच्न सक्छौँ। परमेश्वरले आसीस देऊन्।

Leave a Reply