फोटो सौजन्यः सर्जु रिजाल

फोटो सौजन्यः सर्जु रिजाल

नेपाली राजनीतिले जरो नगाडेको ठाउँ खासै छैन भन्दा पनि अब फरक नपर्ने देखिन्छ। घर, शैक्षिक संस्था, व्यापार व्यावसाय देखी मन्डलीसम्म यसको गहिरो उपस्थिति देखिन्छ। लामो समयदेखि अभ्यास गर्दै आएको बानीलाई चट्टै छोड्न पनि त गाह्रो हुन्छ, होइन र? इस्टर महोत्सवमा पनि यसले ठाउँ लिइ सकेको देखियो। इसाइहरूले स्थानीय पदाधिकारीहरूसँग राम्रो सम्बन्ध राख्नु असल कुरा हो। तापनि ती व्यक्तिहरूलाई केन्द्र बनाउनु हाम्रो भुल हुन जान्छ, हाम्रो सबै कार्यको केन्द्र येशू बन्नुपर्छ। मित्र, तपाईकोलागि को ठूलो? मानिस वा परमेश्वर? यहाँनेरी मलाई पावलको क्रन्दनको याद आउँछ, उनले भनेका थिए, “तर शेखी गर्नेहरूले चाहिँ मलाई कैदमा कष्‍ट थपिदिने विचार गरेर, शुद्ध मनले होइन, तर स्‍वार्थको भावनाले ख्रीष्‍टको प्रचार गर्दछन्‌।” (फिलिप्पी १:१७)। यो कुरा अहिले नेपाली इसाइ अगुवाहरूको राजनीतिमा पनि झल्कि रहेको देखिन्छ। कुनै इसाइलाई दुःख परेमा त्यो परिवारको हितमा काम गर्नुभन्दा पनि तीनीहरूलाई प्रयोग गरी आफू माथि कसरी जाने? भन्ने मनसाय बोकेका धेरै इसाइ अगुवाहरू देखिन्छन्। जेलबाट छुटेका व्यक्तिलाई उनीहरूको आफ्नो आफन्त र मन्डली समेत भेट्न नदिएर धन्यवाद प्रार्थनाको नाममा राजनीति गर्दै हिँडेका पनि देदियो। उनीहरूको पक्षमा लडेको भन्दै सहयोगको आवहान गरेको पनि देखियो। यो व्यवहार दुवै पक्षकोलागि (सहयोग लिने र दिने) अबाइबलीय छ। तपाईले त्यसो गर्नुभयो भने तपाईको स्वर्गीय इनाममा घाटा लाग्छ भने अर्को इसाइ भाइ बहिनी तपाईबाट ठगिनुहुन्छ। इसाइकोलागि नाताले- उनीहरूको आत्मिकी वास्ता, उनीहरूको भवीस्य हाम्रोलागि प्यारो वा महत्वपूर्न बन्नुपर्छ तर यसलाई आफूमाथि जाने खुड्किलो बनाउँनु हुँदैन। अरूलाई टेकेर माथि जान खोज्नुको सट्टा उनीहरूको सेवा गरेमा, परमेश्वरले हामीलाई माथि तान्नुहुनेछ।
जसले आफ्नो इस्थानीय मन्डलीमा रगत पसिना बगाउँदैन त्यस्ता व्यक्तिहरू राता रात साह्रा इसाइको हितमा लड्छु भन्दै हिड्छ भने र नेपालका मन्डलीहरू त्यस्ता व्यक्तिहरूको लहै लहैमा हिड्छ भने यो हामी इसाइहरूकोलागि निकै खतराको संकेत हो। जुन कुरा मैले केही समयदेखि चर्को गरी महसुस गर्दै आएको छु। इस्टर महोत्सव तयारीमा पनि यो कुरा प्रस्टै झल्कियो। तापनि, परमेश्वर र मन्डलीलाई प्रेम गर्ने इसाइ समुदायको उचितको कदम र ज्ञानकोलागि धन्यवादी बनेको छु। भक्तपुर, काठमाडौ, ललितपुरका धेरै मन्डलीहरूले आआफ्नो चर्चमा तथा क्षेत्रमा इस्टरको आयोजना गरिए। कतिलाई यसले मन दुखाएको हुन सक्छ। एकता देखिएन भनेर खल्लो लागेको हुन सक्छ तर उक्त कदम मलाई धेरै सकारात्मक लागेको छ। अब इसाइहरूले राजनीतिज्ञले जस्तै जन सागर जम्मा गरेर आफ्नो पहिचान खोज्नुभन्दा पनि ख्रीष्टले हामीलाई दिनुहुने पहिचानमा उभिएर मानिसहरूलाई ख्रीष्टको सन्देस सुनाउने, आफ्ना क्रूस उठाउन तयार व्यक्तिहरू निर्मान गर्नु हाम्रो खाँचो देखिन्छ। मन्डलीहरूले आफ्नो आशाको केन्द्र भोटले सिंहदरबारमा पुराएको व्यक्तिमा होइन, प्रेमले क्रूसमा पुराएको येशूमा स्थिर गराउनु पर्ने आवश्यकता देखिन्छ।
जसले मन्डलीलाई राजनीति गर्ने थलोको रूपमा प्रयोग गर्दै हुनुहुन्छ, पस्चाताप गर्नु र त्यो विचारबाट माथि उठ्नुहोस्। त्यसो गर्नु हामी सबैकोलागि एकदमै हितकर हुन्छ। जो ख्रीष्टको सुमाचारमा समर्पित हुनुहुन्छ, तपाईहरूमा पावलको जस्तो विचार पलाओस्। उनले भनेका थिए, “जे होस्‌! मूल कुरो यही हो– हरकिसिमले, चाहे बहानामा, चाहे सत्‍यमा ख्रीष्‍टको प्रचार गरिओस्‌, र यसैमा म रमाउँछु।” (फिलिप्पी १:१८)। ख्रीष्टको नाउँ प्रचार भएको रमाऔँ। विरोधीहरूसित, अशुद्ध मन भएकाहरूसँग चिढिनुको सट्टा एकदिन सबैको न्याय गर्नुहुनेको नाउँको प्रचार भएको कुरामा आफैलाई उत्साहित बनौँ।
लामो समयदेखि उपत्यकामा एक ठाउँमा भेला भएर इस्टर महोत्सव मनाउँदै आएको परमपरालाई तोडेर विभिन्न ठाउँमा इस्टर महोत्सबको सुरूवात हुनु इसाइको नाउँमा राजनीति गर्नेहरूकोलागि दुःखको कुरा हुन सक्छ तर मन्डलीकोलागि यो एकदम सुःखको कुरा मान्नुपर्छ। यसले मन्डलीलाई सबल बन्न, आफ्नो पहिचान ख्रीष्टमा खोज्न, मन्डलीबाट राजनीतिको पक्कडलाई दूर गराउन निकै ठूलो टेवा पुग्दछ। नेपाली मन्डली बलियो बन्नु छ भने एकरूपतामा होइन एकतामा जोड दिनुपर्छ। इसाइकोलागि अनेकताचाहिँ हाम्रो बल हो। बाहिरबाट हेर्दा हामीमा धेरै विविधदत्ता देखे तापनि हामीहरू ख्रीष्टमा एक हौँ यो कुराले हामीलाई बलियो बनाउँछ। हाम्रो मन्डली तथा मिडिया कर्मीहरूले अब एकरूपतालाई विर्सेर ख्रीष्टमा एक हौँ भन्ने कुरा सम्झेर आफूलाई ख्रीष्टको चरित्रमा हुर्काउनु पर्ने आवश्यकता देखिन्छ। एकताको नारामा एकरूपताको खोजी गर्नु हाम्रो अपरिपक्वताको चिन्ह हो। दुखीलाई टेकेर आफूमाथि जाने राजनीति गर्नु अपरिवर्तित जीवनको सकेंत हो। परमेश्वरले तपाईलाई प्रसस्त आसीस देऊन्।

Leave a Reply