गधा र बाघको बहस: घाँसको रङको कथा

गधाले भन्छ, “घाँस नीलो हुन्छ।”
बाघले भन्छ, “होइन, घाँस हरियो हुन्छ।”
विवाद बढ्दै जान्छ र अन्ततः गधाले सिंहकहाँ उजुरी गर्छ,
“यो बाघ भन्छ कि घाँस हरियो हुन्छ। तर म भन्छु, घाँस नीलो हुन्छ।”
सिंहले भन्छ,
“हो नि, घाँस नीलो नै त हुन्छ। यो बाघलाई के भएको होला?”
गधा आफ्नो तर्क जितेर धेरै खुशी हुन्छ।
तर उसलाई अझै चित्त बुझ्दैन। गधाले फेरि सिंहसँग भन्छ,
“बाघले मसँग विनाकारण तर्क गर्यो र मेरो समय खेर गयो। मलाई न्याय चाहिन्छ। बाघलाई कारवाही गर्नुपर्छ।”
सिंहले बाघलाई हेरेर भन्छ,
“हो, तिमीले विनाकारण गधासँग तर्क गर्यौ। त्यसैले तिमी तीन दिन चुपचाप बस। तिमीलाई कारवाही भयो।”
बाघले त्यो सजाय स्वीकार गर्छ र तीन दिन चुपचाप बस्छ।
सजाय कटेपछि गधा एकदम उत्साहित हुँदै भन्छ,
“ल, मैले त तर्क जितें, अनि बाघलाई कारवाही पनि गराएँ!”
गधा खुशी हुँदै जान्छ।
गधा गएपछि बाघले सिंहलाई सोध्छ,
“राजा, तपाईंलाई थाहा छ घाँस हरियो हुन्छ। मलाई पनि थाहा छ, घाँस हरियो हुन्छ। दुनियालाई थाहा छ, घाँस हरियो हुन्छ।
तर तपाईंले मलाई किन गलत ठहराउनुभयो र सजाय दिनुभयो?”
सिंहले मुस्कुराउँदै भन्छ,
“हो नि, घाँस हरियो नै हुन्छ। मलाई थहाँ छ, तिमीलाई थाहा छ, दुनियालाई थाहा छ।
तर तिमीले गधासँग किन तर्क गर्यौ?
तिमीलाई दिइएको सजाय घाँसको रङका लागि होइन, गधासँग तर्क गरेकोका लागि हो।”
शिक्षा (Moral):
सत्य नखोज्ने व्यक्तिसँग बहस गर्नु व्यर्थ हुन्छ। सबै तर्क जित्नुपर्दैन। कहिलेकाहीं मौन नै बुद्धिमानी हुन्छ।
अन्तमा केही कडा तर सन्देशमूलक शब्दहरू:
मित्र हो, या त खुरुक्क विदेश जाऊ, या अन्याय सहेर खुरुखुरु काम गर। पसिना बगाऔ।
बाँदरहरूको बीचमा भए पनि मकै रोप्दा, बाँदरले पनि पेट भर्छ, र बचेखुचेको मकैले तपाइले आफ्नो पनि पेट भर्न सक्छौ।
जेसुकै तर्क गर — १८००० जना मारिनु गलत हो।
जेसुकै तर्क गर — घिसिङमाथिको राजनीति ठीक भएन।
जेसुकै तर्क गर — पुन र डा. रुइतजस्ता व्यक्तिहरूलाई नचिन्ने देशमा अधिकार खोज्नुभन्दा, अन्याय सहदै पसिना बगाएर, सहनशीलताका साथ अघि बढ्नु नै ठिक हुन्छ। यसो गरे मुलुक सम्पन्न हुँदै जान्छ र आफ्नो पेट भरिन्छ।
सहीलाई गलत र गलतलाई सही भन्नेको भीडमा न्याय मागेर बस्नु भनेको गधासँग तर्क गर्नु सरह हुन्छ।सरकार तथा आफूलाई मन नपर्ने व्यक्तिको रीसमा आफू केही नगरी बस्नु गधासँग गर्क गर्नु सरह हुन्छ। कुखुराले स्यालबाट पाउने न्याय के हो? बाछोले बाँघबाट पाउने न्याय के हो? आफ्नो अन्त होइन र?
The tiger says, “No, grass is green.”
“This tiger says grass is green. But I say grass is blue.”
“Yes, grass is indeed blue. What’s wrong with this tiger?”
But it still isn’t satisfied. The donkey says to the lion again,
“The tiger argued with me for no reason and wasted my time. I want justice. The tiger should be punished.”
“Yes, you argued with the donkey for no reason. Therefore, you must stay silent for three days. You are punished.”
After the punishment ends, the donkey, extremely excited, says,
“See, I won the argument, and I even got the tiger punished!”
After the donkey is gone, the tiger asks the lion,
“King, you know grass is green. I know grass is green. The whole world knows grass is green.
So why did you declare me wrong and punish me?”
“Yes, grass is indeed green. I know it, you know it, the world knows it.
But why did you argue with a donkey?
The punishment wasn’t about the color of the grass—it was for arguing with a donkey.”
It’s pointless to debate with someone who doesn’t seek the truth. Not every argument needs to be won. Sometimes, silence is the wisest choice.
Friend, either go abroad quietly, or endure injustice and work hard. Sweat it out.
Even if you plant corn among monkeys, the monkeys will fill their stomachs, and with whatever corn is left, you can fill yours too.
No matter how you argue—the politics over Ghising was unjust.
No matter how you argue—in a country that doesn’t recognize people like Pun and Dr. Ruit, instead of seeking rights, it’s better to endure injustice, work hard with patience, and move forward. By doing so, the nation will prosper, and your stomach will be full.