आदरणीय पास्टर अगुवाहरू तथा ख्रीष्टका जनहरू तपाईले आफ्नो दातको सुरक्षा गर्नुभएन भने तपाईको हासो वा मुस्कान गुम्छ त्यसरी नै सत्यको सुरक्षा गर्नुभएन भने तपाईको स्वतन्त्रता गुम्छ। सत्यलाई जोगाइ राख्नकोलागि मेरो चर्चमा (आशा चर्च, लुइभील केन्टुक्की) आजदेखि (अगस्ट ४) एउटा अध्ययन श्रेणी सुरू हुन लागेको छ। जसलाई टेवा पुराउन ती पाठहरूको छोटो भिडियोहरू पनि तयार पारिने क्रममा छ। केही तयारी भिडियोहरू https://www.youtube.com/iteentube मा गएर हेर्न सक्नुहुनेछ।

बाइबलले भन्छ, “तिमीहरू मेरो वचनमा रह्यौ भने तिमीहरू साँच्‍चै मेरा चेला हौ। तब तिमीहरूले सत्‍य के हो सो जान्‍नेछौ, र सत्‍यले तिमीहरूलाई स्‍वतन्‍त्र तुल्‍याउनेछ।” यूहन्‍ना ८:३१-३२। आदरणीय ख्रीष्टका जनहरू तपाईले सत्यलाई अवहेलना गर्नुभयो भने तपाई विभिन्न कुराहरूको दास बन्नुहुनेछ। कोही विधीको दास, कोही अनुभवको दास, कोही प्रसिद्धीको दास, कोही प्रसस्तताको दास, कोही आश्चर्यको दास, कोही चंगाइको दास अनि तपाईले जे कुरा अन्तसम्म टिक्छ (वचन र मानिस) त्यसलाई अबमुल्याकंन गर्नुहुनेछ। आउने पुस्ताहरू कम्जोर बन्दै जानेछ, त्यसैले मण्डलीहरूमा, घर परिवारमा वचनलाई सिकाउन नथाकौँ। सत्यस विज्ञान जस्तो चेप्टो पृथ्वीबाट गोलो बने जस्तै परिवर्तन भइ राख्दैन। सत्य आफैमा सधै सत्य रहन्छ तर तपाईले आफूले सत्यमा घर बसाल्नुभएन भने बालुवामाथि बसाल्दै हुनुहुन्छ भने घाटा लाग्ला है।



Leave a Reply