ख्रीष्टमा पहिचान खोज्नेहरूले रास्ट्र निर्मान गर्नेछन्। छुट्टीमा (विदा) पहिचान खोज्नेहरूले रास्ट्रलाई रूआन्डा नबनाउलान भन्न गाह्रो छ। रूआन्डाका जनताहरू करीव ९३% ले आफूलाई इसाइ भनी घोसना गर्दछन् तापनि त्यही मुलुकमा कल्पना नै गर्न नसकिने घटना घटे। उनीहरू बीचको आन्तरिक द्वन्द्वका कारन सन १९९३मा करीव ८ लाख जनता मरे। आफूलाई इसाइ भनी चिनाउनेहरूले कसरी यस्तो हिंसाको बाटो अप्नाए? कसरी “सत्रुलाई प्रेम गर” भन्ने बाइबलको आदेस विरूद्धको घोर कदम उठाएँ? कसरी ती मानिसहरूले एक अर्कोलाई काटाकाट गर्न सके?
त्यसको अन्य पनि कारन होलान्, एउटा कारनचाहिँ गलत सुसमाचार प्रवाह थियो। नेपालमा लामो समयदेखि सेवारत पिए थोमसको भाषामा भन्नुपर्दा रूआन्डाका सुसमाचार बाहकहरू “ड्राइभर” तथा “आर्मी” जस्ता थिए। जहाँ पुगे पनि पेट बोकाउने काममात्र गर्ने तर ती बच्चाहरूलाई जन्माएर सिक्षा दीक्षा दिने, संस्कार सिकाउने काम नगर्ने। वच्चा जन्माएपछि हुर्काउने काम बुवाआमाको रहन्छ। ती व्यक्तिहरूले इसाइ त बनाए तर बाइबल चिनाएनन्। बाइबलको संस्कार सिकाएनन्। फलस्वरूप स्वर्गीय यात्रामा लम्केका नरकीय कार्यमा चम्केका इसाइहरू उत्पादन गरे। नेपालको माहोलपनि सुसमाचार प्रचारको क्षेत्रमा रूआन्डाको अवस्थाभन्दा कम भन्न गाह्रो छ। सुसमाचार बाहकहरू ड्राइभर तथा आर्मी जस्ता नबनौँ। पेट बोकाउन जति सजिलो छ, हुर्काउन त्यती सजिलो छैन। आफ्ना छोराछोरीहरूलाई हुर्काएर सभ्य बनाओँ। विगतमा राम्ररी हुर्काएका छोराछोरीले ख्रीष्टमसको विदालाई यति ठूलो हङ्गामा मचाएर राजनीति गर्ने थिएनन्। चिहानको राजनीति गरेर आफू माथि जाने थलो बनाउने थिएनन्। ख्रीष्टमा पहिचान खोजे ख्रीष्टमस विदा आफै आउँनेछ। अग्रजहरूले पनि आफ्नो अन्त्यस्टी गर्दै आएका थिए। स्थानीयतहमा इसाइहरूले पनि समाधि स्थल पाउँदै आएका थिए। यसको मतलव इसाइहरूले आफ्नो नागरिक हक हित खोज्नुहुँदैन भनेको होइन। बाइबलमा पावलले आफ्नो रोमी नागरिक हकको प्रयोग सुसमाचार फैलाउन प्रयोग गरेका थिएँ। इसाइहरू देसको सबैभन्दा जिम्मेवार नागरिक बन्नुपर्छ। सिक्षा, स्वास्थ्य, गरीवी उन्मुलन, सेवा, मेलमिलाप जस्ता क्षेत्रमा हामी निरन्तर लागि रहनुपर्छ। अन्याय अत्याचार विरूद्धमा हाम्रो आवाजहरू उठ्नुपर्छ। अवस्य पनि मिलेसम्म, बाइबलले दिएसम्म हामीले अनुरोध गर्नुपर्दछ तर इसाइ पहिचान भुलेर लत्ता छार्नुहुँदैन।
अब हामीले निम्न कदम उठाउनु पर्ने देखिन्छः
१. महासँघ, एनसीएस, एनसीएफ एक होस भनी चाहँना गर्नेहरूले यिनीहरू एक भए हुन्थ्यो भनी कामना गर्नुको सट्टा यिनीहरू पाको बनेका होस् भनी अझ जोडदार प्रार्थना गर्नुहोस्। बेमेलको मुख्य कारन काँचोपन हो। जसरी हामी सानोहुँदा दाजुभाइसँग धेरै झगाड गर्थ्यौ त्यसरी नै काँचो अगुवाहरू झगडा गर्दछन्। यी पदाधिकारीहरू एक हुन नसक्नु र विवाहित दम्पतिले विवाह विच्छेद गर्नु उस्तै उस्तै हो। जसरी अपरिपक्व दम्पत्तिले “म मेरो कुरा चाहँन्छु, त्यो नपाए म तपाईसँग छुटिन्छु” भन्छ त्यसरी नै अपरिपक्व अगुवाहरूले मिलापको कामभन्दा आफ्नो कुरालाई प्यारो ठान्दछ। मिलाप हुने बाइबली आचरन धारन गर्नुभन्दा आफ्नो कुरामा पीङ खेल्न प्यारो मान्छ।
२. सेवा गर्ने अगुवाहरूले स्वर्गमा इनाम पाउने हिसावले सेवा गर्नुहोस्। काम धेरै गर्नुहोस्, मिडियाबाजी कम गर्नुहोस्। सायद तपाईहरूको ध्यय त्यो नहुन सक्छ, तर मलाई एउटा नराम्रो विचार आउन थालेको छ। तपाईहरूको काम मन्त्रीसँग फोटो खिच्नकैलागिमात्र हुन कि जस्तो लाग्न थालेको छ। जति धेरै फोटो, उती धेरै नक्कली लाग्न थालेको छ। हाम्रो सबै अवस्था जान्नुहुने एकजना हुनुहुन्छ। हाम्रा सबै मेहेनतको इनाम उहाँले दिनुहुन्छ। उहाँले यसरी आज्ञा गर्नुहुन्छ, “३ स्‍वार्थ वा अहङ्कारमा केही नगर, तर नम्रतामा एउटाले अर्कालाई आफूभन्‍दा श्रेष्‍ठ ठान। ४ तिमीहरू हरेकले आफ्‍नै हित मात्र नखोज, तर अरूका हितलाई पनि हेर” फिलिप्पी २:३-४। यदि तपाईले आफ्नो कामहरू स्वार्थ तथा अहङ्कार (घमन्ड) कारन होइन भने स्वर्गीय इनाम मिल्नेछन् र तपाईलाई सितीमिती केही कुराले पनि छुँदैन, तर तपाईले आफूलाई आफ्नै कुराले भर्नुभएको छ भने तपाईलाई फूलले (धन्यवाद ज्ञापनले) पनि दुःख्छ। यदि तपाईले साह्रा इसाइको हक हितलाई हेर्दै हुनुहुन्छ भने तपाईहरूको आचरन योभन्दा फरक हुनुपर्ने हो।
३. मन्डलीका सेवक अगुवाहरूले सिंहदरमा राखेको पदाधिकारीलाई होइन क्रूसमा झुन्डिएको परमेश्वर येशूलाई हेर्नुहोस्। हिब्रू १३:१७ले भन्छ, “तिमीहरूका अगुवाहरूको आज्ञापालन गर, र तिनीहरूका अधीनमा बस। किनकि लेखा दिनुपर्छ भन्‍ने कुरा जानेर नै तिनीहरूले तिमीहरूका प्राणको हेरचाह गर्छन्‌। यो काम तिनीहरूले आनन्‍दसाथ गरून्‌। दु:ख मानेर होइन, नत्रता त्‍यसबाट तिमीहरूलाई कुनै लाभ हुँदैन।” स्वर्गमा लेखा दिने बेलामा “तिमीले मन्त्रीलाई भेट्यौ?” भनी अगुवाहरूलाई सोध्नुहुन्न तर “तिमीलाई मैले दिएको विस्वासीहरूको आत्माको रेखदेख कसरी गर्यौ?” भनी सोध्नुहुन्छ। हामी अगुवाहरू राजनीतिज्ञहरूमा होइन तर ख्रीष्टमा आसा राख्न सिकौँ।
४. हामी सबैले आफ्नो पहिचान ख्रीष्टसमको छुट्टीमा (विदा) होइन ख्रीष्टमा खोजौ। ख्रीष्टमा पहिचान खोजे छुट्टी आफै आउँछ। छुट्टीमा पहिचान खोजे भएको छुट्टी पनि जान्छ। येशू संसारको सृष्टिकर्ता हुनुहुन्छ। सबै थोक येशूमा बने, “सबै थोक उहाँद्वारा बनिए, र बनिएको कुनै थोक पनि उहाँविना बनिएन” यूहन्‍ना १:३। जुन दिन तपाईले येशूलाई आफ्नो मुक्तिदाता बनाउनुभयो त्यो दिन तपाई परमेश्वरको सन्तान बन्नुभयो (यूहन्ना १:१२)। अब परमेश्वरको सन्तानहरूले नरकीय जात्रालाई त्यागी स्वर्गीय यात्रा तय गरौँ। अधिकार तथा पहिचान खोज्नेहरू खोलै खोला जान्छ तर सेवा गर्नेहरूले राज्य गर्छ। बाइबलले भन्छ, “धन्‍य नम्रहरू, किनभने तिनीहरूले पृथ्‍वीको अधिकार पाउनेछन्‌” मत्ती ५:५। त्यसैले आफ्नो पहिचान, हक अधिकारमा पीङ खेल्न छोडौँ (फिलिप्पी २:६), सेवा गर्ने मौका खोजौ (फिलिप्पी २:७), दुःखेको बेलामा पनि उचित कदम उठाउँन रोजौ (फिलिप्पी २:८)।
अन्तमा, शारीरिक तन्दुरूस्तीकोलागि रूची नभएको बेला पनि खानामा बल गर्नु। आत्मिक तन्दुरूस्तीकोलागि इच्छा नभएको बेला पनि बाइबल अध्ययनमा बल गर्नु। श्रीमान श्रीमति घनिस्टताकोलागि शारीरिक सम्बन्ध आफ्नो कर्तव्य बनाउनु। परमेश्वरले आसिस दिनुहुनेछ।

नोटः ड्राइभर तथा आर्मीको उदाहरनले तपाईहरू इमानदार सच्चा ड्राइभर तथा आर्मीहरूलाई चोट नलागेको होस्। पिए थोमस सरले ड्राइभर र आर्मीको उदाहरन नेपालको सुसमचारको सन्दर्भमा भन्नुभएको हो। रुआन्डाको सन्दर्भमा होइन।

Leave a Reply