रीस पोख्नु अघि सोच्नुहोस्

मूर्खले आफ्‍नो रीस पूरै पोखिन दिन्‍छ, तर बुद्धिमान्‌ मानिसले आफूलाई अधीनमा राख्‍छ। हितोपदेश २९:११

तपाईलाई रीस उठ्यो भने झट्टै रीसलाई खन्याइ हाल्नु हुँदैन। रीसलाई केही समय थाम्नु रीस नियण्त्रणको असल साधन हो। बाइबलले भन्छ, घाम अस्ताउन अघि तिम्रो रीस मरोस्। त्यसैले रीसलाई लामो समयसम्म पालेर राख्नु पनि हुँदैन। तर रीसलाई कम्तिमा पनि पाँच मिनेटसम्म थाम्नु अति उत्तम हुन्छ।

जब तपाई रीसले चुर हुँदै जानुहुन्छ, सेलाउन केही समय चाहिँन्छ। एकछिन रोकेर मनन गर्ने तथा परिस्थितिहरूलाई पनि विचार पुराउन समय केही समय पर्खिनु पर्छ। यदि तपाई केही समय अडिएर सोच्नुहुन्न भने तपाईले गलत कार्य गर्ने प्रसस्त साम्भावना हुन्छ।

रिस पोख्नु अघि सोच्नुपर्छ।

रिस उठेको बेलामा केही कदम पछि हटेर सोच्ने बानी बसाल्नुपर्छ, र केही समय पर्खेपछि त्यो परिस्थितिलाई परमेश्वरको दृष्टिबाट हेर्न सिक्नुपर्छ। बाइबलले भनेको कुरालाई याद गर्नुहोस् कसरी बुद्धिमान मानिसले आफ्नो रीसलाई अधिनमा राख्छ (हितोपदेश २९:११) “रीसलाई अधिन गर्नु” बाइबलीय कुरा हो। बुद्धिमान मानिसले केही समय रोकेर रीसलाई सेलाउन दिन्छ। द डिक्लारेसन अफ द इन्डिपेन्डेन्सका लेखक थोमस जेफर्सनले भनेका थिए, “जब तपाई रिसाउनुहुन्छ अर्थात् रिस उठ्छ, बोल्नु अघि १० सम्म गन्नु। यदि धेरै नै रिस उठेको भए १०० सम्म गन्नु।”

यसको विषयमा छलफल गर्नुहोस्

तपाईले कारण जान्नुभयो भने तपाईले धेरै धैर्यता हासिल गर्नुहुनेछ, सायद तपाईले ती प्रतिरोधलाई सामन्यरुपमा देख्न थाल्नुहुनेछ। (हितोपदेश १९:११) आफैलाई तलका तीनवटा प्रश्नहरू सोध्नुहोस तपाई किन रिसाउनुभएको सो जान्नुहोस्:

  • म किन रिसाएको छु?
  • मैले खासमा के चाहेको छु?
  • कसरी यो मैले हासिल गर्न सक्छु?

Be the first to comment

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.