
📘 GED भनेको के हो?
GED (General Educational Development) एक अन्तर्राष्ट्रिय स्तरको परीक्षा हो जसलाई १२ कक्षाको बराबरी मानिन्छ।
यसको विशेषता:
-
परीक्षा दिएको दिनमै नतिजा आउने।
-
असफल भएमा तुरुन्तै दोस्रो वा तेस्रो प्रयासमा सहभागी हुन पाउने।
-
१७ वर्ष उमेर पुगेपछि मात्र सहभागी हुन पाउने।
-
खर्च: करिब रु. ४०,०००। नेपालको हकमा, अरू मुलुकमा यो भन्दा पनि सस्तो हुन्छ।
-
राम्रो तयारी गरेको विद्यार्थीले ३–४ महिनामै सजिलै पास गर्न सक्ने।
👩🎓 किन मेरी छोरीले GED रोजिन?
-
कक्षा ११ र १२ को नेपाली विषय उनको लागि कठिन थियो।
-
नेपाल सरकारले सामाजिक विषय अनिवार्य रूपमा नेपाली भाषामा लेख्न बाध्य बनाएको कारण, अन्य विकल्प खोज्नु पर्यो।
-
कक्षा ११–१२ दुई वर्षको कार्यक्रम भए पनि नतिजा कुर्दा १ वर्ष खेर जाने सम्भावना थियो।
त्यसैले GED, हाम्रो लागि समय र प्रयास दुवै बचाउने उपाय बन्यो।
🌐 Study.com: GED अगाडिको तयारी
GED परीक्षा दिनुअघि वा त्यसको सट्टामा Study.com मा अनलाइन कोर्सहरू अध्ययन गर्न सकिन्छ।
Study.com बाट पास गरेका कोर्सहरूलाई University of the People मा क्रेडिट ट्रान्सफर गर्न सकिन्छ।
यसले:
-
GED को तयारीमा सहयोग गर्छ,
-
भविष्यको स्नातक अध्ययनमा समय बचत गर्छ।
🎓 University of the People: सस्तो र मान्यताप्राप्त स्नातक डिग्री
GED वा Study.com को माध्यमबाट अध्ययन गरेपछि, विद्यार्थीले University of the People मा स्नातक डिग्री सुरु गर्न सक्छन्।
-
नेपालमै बसेर अनलाइन माध्यमबाट पढ्न सकिने।
-
अमेरिकाबाट मान्यता प्राप्त विश्वविद्यालय।
-
शुल्क: अत्यन्त सस्तो (केही administrative fees मात्र)।
-
विषयहरू: Business, Computer Science, Health Science, Education आदि।
⚠️ GED/Study.com को लागि चाहिने आधारभूत तयारीहरू
-
सरकारी परिचयपत्र आवश्यक
-
सबैभन्दा राम्रो विकल्प: पासपोर्ट
-
-
अन्तर्राष्ट्रिय भुक्तानीका लागि डलर कार्ड आवश्यक
-
बैंकमार्फत अन्तर्राष्ट्रिय डलर कार्ड (Prepaid/Freedom Card) बनाउन सकिन्छ।
-
💡 अभिभावक र विद्यार्थीहरूका लागि सन्देश
प्रिय अभिभावकज्यू,
यदि तपाईंको बच्चाले SEE पास गर्न सकेको छैन, वा कक्षा ११ र १२ मा संघर्ष गरिरहेको छ भने, चिन्ता गर्नु पर्दैन।
आजको युगमा अल्टरनेट शिक्षाको अवसरहरू प्रशस्तै छन्।
✔️ वैकल्पिक योजना
-
कक्षा १० पछि Study.com मा ६–१२ कोर्सहरू पुरा गराउने।
-
GED को तयारी गराउने।
-
१७ वर्ष पुगेपछि GED परीक्षा दिलाउने।
-
GED पास गरेपछि University of the People मा स्नातक पढाउने।
यसरी गर्दा तपाईंको छोराछोरीले:
-
एसईई विना भविष्य गुमाउनु पर्दैन।
-
समय, पैसा, र उर्जा तीनै कुराको बचत हुन्छ।
-
अन्तर्राष्ट्रिय स्तरको गुणस्तरीय शिक्षा पाउँछन्।
📞 थप जानकारीका लागि
यदि तपाईं यो प्रक्रियाबारे थप जान्न चाहनुहुन्छ भने हामी तपाईंलाई परामर्श, सहकार्य र तयारी सहयोग गर्न तत्पर छौं।
Leave a Reply