by Dr. ND Lama
हामी दुई जना अर्थात म र मेरी श्रीमति कहिले छुद्रो, कहिले ज्याद्रो, तर जिन्दगी सँगै जिउन सिकेका छौँ। मेरी श्रीमती धेरै मेहनत गर्छिन्। कहिलेकाहीँ म जिस्केर सोध्छु—
“तिमीलाई कसले टाउकोमा बन्दुक ताकेर यति धेरै काम गर भनेको हो?”
उनी दुई कुरा मन पराउनुँदैन—
१) पास्टरकी श्रीमती बन्नु
उहाँको सोच सरल छ—
“मेहेनत गरेर खनजोत नगरी खान मिल्दैन। अर्काको ढोका डुलेर घर चल्दैन।”
त्यसैले उहाँलाई पास्टरको काममा देखिने घुमफिर र बोलाइ मन पर्दैन।
२) मैले फेसबुक चलाएको
उहाँ भन्छिन्—
“मेहेनत गर, तर देखावटी जीवन नजिउ।”
त्यसैले म भिडियो बनाउन चाहें भने लुकेर बनाउनु पर्छ।
नभए भन्नुहुन्छ—
“भिडियो बनाउने भन्दा गमगम खन्न आउनू!”
डाक्टोरल पढ्दा पनि मैले धेरै किताबहरू लुकाएर पढेको हुँ।
आज मेरो कोठामा आएर हेर्नुभयो भने ४०–५० वटा भन्दा बढी किताब देख्न सक्नुहुन्न।
तर यो वर्ष म—
श्रीमतीलाई सघाउने, निरन्तर अध्ययन गर्ने, स्कुलमा पढाउने, र दुई पुस्तक (Beyond Exams र When Goats and Yaks Taught Better) लेख्ने काम गरे।
यी पोस्टहरू किन लेखेको? — तलका दुई उद्देश्य बुझाउन
१) विवाह परफेक्ट हुँदैन—तर सोच्ने शैलीले यसलाई बलियो बनाउँछ।
हामी सबैले पापीसँगै विवाह गरेका छौँ।
तर पाको हुँदै जाँदा विवाह बलियो बन्छ।
विवाह ‘सिद्ध’ बनाउने होइन—
स्वयंलाई सुधार्दै विवाहलाई स्थिर बनाउने हो।
२) सबैसँग समय बराबर छ—तर प्रयोग नै जीवनको दिशा निर्धारण गर्छ।
घाङरी, आशा, र डाइनामिक स्कुलमा मैले गधाजस्तै मेहेनत गरे।
तर महिमित आशा चर्चमा म अति घोटिन छाडेँ।
धेरै अभिभावक भन्छन्—
“पास्टर, हामी पनि चर्च आउँछौँ।”
तर म भन्छु—
“हामीकहाँ घरेलु संगति र शनिवारको संगतिमात्र हुन्छ। बाँकी छ दिन नै मेहेनत गर्नुपर्छ।”
त्यसैले हाम्रो चर्च नआएको नै राम्रो।
यसलाई बुझ्न मेरो बाजेको कथा हेर्नुपर्छ—
🐑 भेडा पाल्ने बाजेको कथा — जीवन र नेतृत्वको पाठ
मेरो बाजे खाम्बा छिरीङ र उहाँका साथी पुबु आन्दीले एकैसाथ भेडा पाल्न थाले।
५ वर्षपछि परिणाम यस्तो आयो—
– बाजेका भेडा: ~१५०
– पुबु आन्दीका भेडा: ~३०
किन बाजेका भेडा १५० पुगे?
बाजेले भेडालाई
– लेख–बेशी दुवैमा चर्न,
– पहाड चढ्न,
– हुरी–बतास सहन,
– जंगलमा आफैँ सिक्न,
– कठिनाइसँग जुध्न
सिकाउनुभयो।
यस्तो कठोर तरिकाले भेडालाई बलियो, जुझारु, र वृद्धि गर्न सक्षम बनायो।
फलस्वरूप—भेडा १५० पुग्यो।
किन पुबु आन्दीका भेडा ३० मा झर्यो?
किनकि उहाँले भेडालाई—
– एकै ठाउँ,
– एकै मौसम,
– छानो भएको खोरभित्र मात्र
राख्नुभयो।
न चुनौती, न प्रयास, न विकास।
आरामले बस्ने भेडा न बलियो हुन्छ, न बढ्छ।
त्यसैले संख्या घट्दै–घट्दै ३० मा पुग्यो।
चर्च नेतृत्वमा पनि यही सिद्धान्त लागू हुन्छ
धेरै पास्टर अगुवाहरूले पुबु आन्दीको शैली अपनाउँछन्—
विश्वासीलाई सानोसानो सबै कुरा बोकेरै पुर्याइदिने।
फल:
– पास्टर थाक्छ,
– विश्वासी कमजोर हुन्छ।
तर अगुवाईको सही तरिका खाम्बा छिरीङको हो—
जहाँ भेडा (विश्वासी) आफैँ
– चर्न,
– सहन,
– सिक्न,
– जिम्मेवारी लिन
सकून्।
अति पुल–पुलाएको विश्वासी अन्ततः घातक हुन्छ।
अहिले महिमित आशा चर्चमा…
अहिले म चर्चमा प्रचार पनि झण्डै तीन महिनामा एकपटक मात्र गर्छु।
किनकि मैले अरू ९ जनालाई वचन सिकाउने तालिम दिएको छु।
र मैले नेतृत्वको जीवनमा यो गहिरो पाठ सिकेँ—
जीवनमा मैले कति दुःख गरेँ भन्दा पनि
जीवनमा मैले कति जिम्मेवारी बोक्न सक्ने मानिसहरू खडा गरेँ—
त्यही सबैभन्दा महत्वपूर्ण रहेछ।
हामी इसाईहरूको मूल मार्ग
हामीले—
– पढाइमा अब्बल,
– काममा अब्बल,
– जिम्मेवारीमा पक्का
बन्नै पर्छ।
श्रीमतीले चिया पकाइ दिएन भनेर रिसाउने,
श्रीमानले सारी किनी दिएन भनेर निराश हुने—
यस्ता कमजोरीले परिवार कमजोर बनाउँछ।
कतिलाई ४० दिनको उपवास चाहिन्छ,
कतिलाई हप्ताभरि संगति।
तर सुनजस्तो समय त्यसरी खर्चे भने
जिन्दगी सधैँ भिकारी बन्छ।
भतुवा भिकारी इसाईले
न आफ्नो घर बनाउँछ,
न इसाई जगतको सम्मान बढाउँछ।
मुख्य सन्देश
मेहेनत, जिम्मेवारी, र परिपक्वता—यी तीनले मात्र परिवार, सेवा, र जीवनलाई स्थिर बनाउँछन्।
Leave a Reply