सन १८०० को दशकमा दुइजना समकालीन मानिसहरू न्यूयोर्क शहर बसेका थिए। ती दुईमा एकजनाले परमेश्वरमा विश्वास नगर्नुका साथै छाडा यौन जीवनलाई अंगाले। उनले कुनै निती र नियम विनाको जीवन जिए। तर दोस्रोले अनुसासित तथा नमूनाको जीवन जिएका थिए। त्यो व्यक्ति पछि पास्टर बने। उनले आफ्नो जीवनकालमा कयौ पुस्तकहरू लेखे र धेरै मानिसहरूलाई सुसमाचार प्रचार गरे। ती दुईजनाको मुल्य र मान्यताको कारण उनीहरूका सन्ततिहरूमा धेरै ठूलो फरक पार्यो।

“पहिलोको सन्तति बढेर १०२६ पुग्यो, तिनीहरूमध्ये ३०० जना दोषीहरू निस्के। २७ जना हत्याराहरू निस्के। ५९० जना लागु ‌औषत तथा मध्यपानको कुलतमा फसे। सन १९५० सम्ममा उनको सन्ततिलाई सम्हाल्न न्यूयोर्क शहरलाई १२ लाख डलर खर्च लाग्यो।

ठीक त्यसको विपरित दोस्रो व्यक्तिको ९२९ जना सन्तति निस्के, जसमा ४०० जना सेवकहरू निस्के। ३०० जनाले विश्य युद्धमा लामोसमय योगदान पुराए। ७५ जना लेखकहरू निस्के। ८६ जना कलेजमा पढाउने प्राध्यापकहरू निस्के। १३ जना कलेजका प्रभुखहरू निस्के। ७ जना अधिकृतहरू निस्के। १ जना अमेरिकाको उप राष्ट्रपति समेत बने।

पहिलो व्यक्तिले परमेश्वरलाई इन्कार गरे। दोस्रो व्यक्तिले परमेश्वरको बाटो पछाएँ। त्यो व्यक्तिको नाम जोनाथान एडवर्ड हो। उनले आफ्नो जीवनमा र उनको भावी पीडीको जीवनमा सही मुल्य र मान्यता छोडे।”

तपाईले आफ्नो जीवनलाई फर्केर हेर्दा, तपाईले कस्तो पैतृक योगदान छोड्दै हुनुहुन्छ? इतिहास लेख्ने मानिसहरूले भवीस्यमा गएर इतिहास लेखेको खण्डमा तपाई आफ्ना सन्ततिकोलागि आशिषकोलागि सही नेतृत्व दिने व्यक्तिको रुपमा पाउँछ कि पाउँदैन? तपाईले आफ्नो भावी सन्ततीकोलागि के छोड्दै हुनुहुन्छ?

जब कानूनको उलंघन हुन्छ त्यहाँ सजाय हुन्छ त्यसरी नै परमेश्वरको व्यवस्थाको उलंघन गरेर जिउँनेहरूले एकदमै ठूलो मुल्य चुकाउनुपर्छ। अनि त्यो मुल्य धेरै चर्को हुन्छ। संसारमा कयौ मानिसहरूले सबै धर्म एउटै हो पुग्ने ठाउँ एउटै हो भनी आफैलाई अन्धो बनाएर बसेका छन्। कतिपटक चर्चमा आउनेहरूले नाम ख्रीष्टयनको लिएको छ अनि भावी पिडीलाई आशिष होइन श्राप छोडिरहेका छन्। आज तपाईले निर्णय गर्नुहोस्। केही संकल्प लिनुहोस्।

तिनीहरूलाई छोडिदेओ, ती अन्‍धा अगुवाहरू हुन्‌। अन्‍धाले अन्‍धालाई डोर्‍यायो भने, ती दुवै खाल्‍डोमा पर्नेछन्‌।”  मत्ती १५:१४ तपाई र म अन्धो व्यक्ति नबनौँ।

Leave a Reply