असल कार्य गरे शत्रुले पनि कदर गर्दछ। हिन्दु धर्मालम्बीहरू, बुद्धिष्ट धर्मालम्बीहरू र अन्य धर्मालम्बीहरू हाम्रो शत्रु होइनन्। औलामा गन्न सकिने केही भतुवा हिन्दुवादीहरूले मेडियामा विरोध जनायो भन्दैमा हामीले हरेस खाने कुरै हुन्न। साह्रा हिन्दु मित्रहरूमा उहाँहरूको जस्तो गैह्र जिम्मेवारी भावना तथा स्वभाव छैन। यी भतुवाहरूले बास्तवमा हिन्दु अस्तित्वको वदनाम गरीरहनुभएको छ। आफ्नो स्वार्थ पूर्तीकोलागि कहिले गरीवको काँध चर्ने त कहिले धर्मको आड लिने कस्तो अचम्म? वास्तवमा विरोध डरको उपच हो, जसरी कुनामा थुनेका विरालोले आक्रमण गर्दछ त्यसरी नै उहाँहरूले असल खराव केही विचार नगरी फरक मतलाई घनले हानी राख्नुभएको छ। टोक्ने काम कुकुरले गर्छ, सोच्ने काम मानिसले गर्छ। उहाँहरूको सिको गर्न छोडौ बरू आउने वर्षमा पनि देश र समाजको विकास, असाह, पीडित र गरीबको उत्थानमा निरन्तर लागिरहौँ। बाइबलले भन्छ, “परमेश्‍वर पिताको अगाडि शुद्ध र पवित्र धर्म यही हो: अनाथ र विधवाहरूलाई तिनीहरूको कष्‍टमा हेरचाह गर्नु, र आफूलाई संसारबाट निष्‍कलङ्क राख्‍नु।” हिन्दु मित्रहरूले विधवाको कदर गरेको बेलामा हामीले तारिफ गरौँ। बुद्धिस्ट मित्रहरूले स्कुल खोलेको बेलामा हामीले ताली बजाऔँ। हामी गरीवको काँध चढेर माथि जानेहरू होइनौ बरू गरीवको काँधमा काँध थापेर सँगै हुर्कनेहरू हौँ। अनि हामी आफैलाई निष्कलङ्क राखौँ। आफ्नो निम्ति त भ्यागुता पनि जिउँछन्। दुइ नम्वरी काम, मध्य जन्य काम, धुम्र जन्य काम गरेर जिउनुभन्दा मृत्यू धेरै असल हुन्छ। बाइबलले भन्छ, “यसकारण चाहे तिमीहरू खाओ, अथवा पिओ, वा तिमीहरू जेसुकै गर, सबै परमेश्‍वरका महिमाको निम्‍ति गर। कसैलाई ठेस लाग्‍ने काम नगर, चाहे यहूदीलाई होस्‌, वा ग्रीकलाई होस्‌, वा परमेश्‍वरको मण्‍डलीलाई होस्‌। जसरी म पनि मैले गर्ने सबै काममा सबै मानिसहरूलाई प्रसन्‍न राख्‍ने कोसिस गर्दछु, म आफ्‍नै होइन, तर धेरैको हित खोज्‍दछु, ताकि तिनीहरूको उद्धार होस्‌।” हाम्रो जीवनको सबैभन्दा ठूलो वियोग मृत्यू होइन तर जिउँने उद्देश्य नहुनु हो। अनि हामीले जिउँने आशा येशूमा पाएँका छौँ।

प्रार्थना गरौः धर्मका नाम डाँडाको टुप्पोमा महल बनाएर चैन गर्ने पाखुराहरू, कुटीमा केही नगरी खेर गएका वलहरू बाटो बनाउन, पुल बनाउन, स्कुल बनाउन, अस्पताल बनाउन सदुपयोग भएका हुन्। आफ्नो धर्मको रक्षा गर्छु भन्दै नास पार्ने निर्बुद्धिहरूले सुबुद्धि पाउन्। राष्ट्र निर्माणमा लागेका देश प्रेमीहरूले थप वल पाएका हुन्। चप्पलको भरमा अरूको सेवामा जुटेका गाउँ गाउँका पास्टर अगुवाहरूलाई परमेश्वरको अनुग्रह प्रसस्त रहुन्। विदेशमा रातदिन रगत परिना बगाउने नेपालीहरूको कदर गर्ने र जिम्मेवार बन्ने सदबुद्धि देशका अविभावक र परिवारले पाउन्।

आलोचना आलोपनको चिन्ह हो। विरोध गर्न चरित्रको च पनि चाहिँन्न। कुनै पनि भतुवाले विरोध गर्न सक्छ। चोरले पनि चोर्न पाइन भनी विरोध जनाउँन सक्छ। नचोर्ने कुरा गरेको चोरलाई पटक्कै मन पर्दैन। २०१५ सालमा हामीमा भएको बाँदरे स्वभाव कम भएका होउन्। हामी स्वभिमानमा हुर्कन सकौँ। हामी चरित्रको ख्याल गर्ने व्यक्तिहरू बन्न सकौँ। चेलीबेटी बलत्कार गर्ने राँगाहरूको संख्या घटेका होउन्। ती बलिया पाखुराहरू वृद्ध आमाहरूको सेवामा लागेका होउन्। एउटा नेपालीको मुल्य बढ्नु सिँगो राष्ट्रको मुल्य बढ्नु हो, हाम्रो काम मुल्य बढाउने हो। मुल्य बढाइ रहन सकौँ। यही मेरो शुभकामना।

Leave a Reply