उपप्रधानमन्त्री मैनालीले टिप्पणी गर्नुभएको छ कि “बालगृहमा धर्म परिवर्तन वढ्दो छ।” उहाँको टिप्पणी एक किसिमले सत्य छ। द्वन्द्व कालमा पीडित बालबालिकाको उद्वारकोलागि इसाइहरूले खोलिएको बालगृहहरूको तथ्याङ्क बढ्दो छ। त्यो अर्थमा बालगृहमा धर्म परिवर्तन पनि बढेको देखिन्छ। अल्पसंख्यक इसाइहरूले गरीव बालबालिकाको उत्थानकोलागि राष्ट्रको समेत ध्यान खिच्ने गरी बालगृहहरू संचालन गरेकोमा म गर्व गर्दछु। वास्तवमा त्यतीले मात्र पुग्दैन, अझ धेरै बालगृहहरू खोलिनुपर्छ। सबै धर्मका मानिसहरू यस्तो असल कार्यमा जुट्नुपर्छ। इसाइ बालगृह अथवा इसाइ स्कुलमा अध्ययन गर्दैमा सबै इसाइ बन्छ भन्ने सोच बोक्नु सरकार अथवा कुनै व्यक्तिको कुण्ठित सोच बन्न पुग्छ। नेपालका धेरै शिक्षितहरू देखि लिएर विष्युको अवतार मानेका राजाहरूले समेत इसाइ स्कुलहरूमा उच्च शिक्षा हासिल गरेको प्रमाण भेटिन्छ। मैले सानो उमेरमा नै महाभारत, रामायण स्कुलमा नै अध्ययन गरेको थिएँ। सानोमा जे सिकायो मानिस त्यसैमा रही रहने भए किन मानिसहरू अहिले धर्म परिपर्तन गर्छन् त? जसरी हिन्दु घरनामा हुर्केकाहरू पछि बढेर इसाइ बन्दै छन्, त्यसरी नै इसाइ बालगृहमा हुर्केकाहरू पनि हिन्दु बन्न सक्छन्। धर्म व्यक्तिको स्वतन्त्र इच्छाले उनले भवीस्यमा छानेर लिने कुरा हुन्।

बालगृह सन्चालकहरूले पनि कानूनको दायरामा बस्न सिक्नुपर्छ भने राज्यका कानून निर्माताहरूले पनि सहगोगी भावना विकास गर्नुपर्दछ। साँचो सवाल “बालगृहमा धर्म परिवर्तन बढ्दो” कुराको विषयमा होइन तर यी भवीस्यका कर्णधारहरूलाई कसरी शिक्षादीक्षा दिने भन्ने कुरामा हुनुपर्छ। तर दुःख लाग्दो कुरा, यो टिप्पणी ती कुराहरूबाट प्रेरित हुनुको सट्टामा इसाइहरूलाई दवाउने उद्देश्यबाटमात्र प्रेरित देखिन्छ। सरकारको ध्यान र सवाल इसाइहरूमा मात्र किन? सरकारको ध्यान कसरी हिन्दुहरुलाई बालगृह खोल्न उत्साह दिने? कसरी बुद्धिस्टहरूलाई यी बालबालिका उत्थानकोलागि प्रयोग गर्ने? कसरी मुस्लिम, बुद्धिस्ट सबैलाई पीडित तथा त्यागिएका बालबालिकाको उद्वारकोलागि जुटाउन सकिन्छ भन्ने कुरामा हुनुपर्छ। अर्को शब्दमा भन्दा सरकारको ध्यान इसाइहरूले खोलेको बालगृह बन्द गराउने तथा इसाइहरूलाई सताउनेमा होइन तर कसरी सबै धार्मिक समूहलाई बालबालिका उत्थानकोलागि जुटाउने र सुव्यवस्थित गराउने भन्नेमा हुनुपर्छ।

जीवित मानिस सबैको आआफ्नो दृष्टिकोण हुन्छ र त्यही दृष्टिकोणले नै मानिसलाई केही कदम उठाउने प्रेरणा मिल्छ। इसाइले खोलेको बालगृहमा अबस्य पनि इसाइ आस्थाको अध्यापन हुन्छ। त्यसरी नै बुध्दिस्ट, हिन्दु या मुस्लिम बालगृहमा पनि मुलत त्हयी आस्थाको अध्यापन हुन्छ। ती आस्थाहरूको अध्यापन हुनु बालअधिकार हनन हुन सक्दैन। मैले ४ कक्षामा रामायण अध्ययन गरेको थिएँ, न त्यो बेला मेरो अधिकार हनन गरेको महसुस गरियो न अहिले आएर महसुस गरेको छु। सबै धर्मको बारेमा जान्न पाउनु बालबालिकाको नैसर्गिक अधिकार हो। बरू अहिलेको सरकारी नीति बालअधिकार हनन गर्ने खालको देखिन्छ। विज्ञानमात्र अध्यापन गराउनुपर्छ तर इसाइ बालगृहमा धार्मिक आस्थाहरूको बारेमा अध्यापन गर्नु बालअधिकार हनन भएको भन्नु तानासाही विचार हो। वास्तवमा सबै बालगृहहरूमा सबै धर्महरूको बारेमा अध्यापन गराउनु पर्ने व्यवस्था मिलाउनुपर्छ र आ-आप्नो धार्मिक आस्थाको अभ्यास गर्न पाउनु पर्ने नियमको आवश्यकता देखिन्छ। विद्यालयमा साना साना नानीहरूलाई कण्डमको बारेमा अध्यापन गराउनु बालअधिकार ठान्ने तर धर्मको बारेमा अध्ययन गराउँदा बालअधिकार हनन भएको ठान्ने समूह बास्तवमा समाजका धमिराहरू हुन्। फरक यति हो कि विज्ञान धर्म मानेर तानासाही बन्ने अनि शिशुको हत्या गर्ने कि धर्म मानेर सबैलाई सम्मान दृष्टिले हेर्न सिक्ने? के हामी हाम्रो विचारलाई फराकिलो बनाउन सक्दैनौ र? धार्मिक स्वतन्त्रा, सहिष्णुता, र धार्मिक परिवर्तन प्रजातान्त्रिक मुलुकको अभिन्न अंग होइन र?

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.